नेपालमा घोर कलि व्याप्त भैसकेको हो त !?

नेपालमा घोर कलि व्याप्त भैसकेको हो त !?

आनन्दराम पौडेल  |  दृष्टिकोण  |  भदौ १२, २०८०

घोर कलियुग त बरु नेपालमै छ। 

अमेरिकामा रहँदा घोडाको मासु, कुकुरको मासु, चीलको मासु र गोहीको मासु खाइ हालूँ लाग्ने ! यी जीवलाई मारेको अमेरिकनहरूले देखि नसहने !

मुश्लिम देशहरुमा जाँदा झन् सुँगुरको मासु र कुकुरको मासु खाउँ खाउँ लाग्ने !

अस्ट्रेलियामा बस्ने चाइनीजहरू भन्छन् - 'चीनमा हुँदा बरु कुकुरको मासु त्यति खाइएन होला तर अस्ट्रेलियामा आएदेखि कुकुरकै मासु खाउँ-खाउँ लागिरहन्छ!' जापानमा रहँदा कुकुरको मासु खान इच्छा तिब्र हुने। तर, ती देशमा कुकुर मारेको, त्यहाँका जनताले देखिन सहने !

सिङ्गापुरमा रहँदा सिङ्गापुरमै काटेका खसि, बोका, कुखुरा खान मन लाग्ने ! त्यहाँका जनताले काटमार गर्दै नगर्ने ! 

'चीनमा उद्योग गर्न सहज छ। मैले पनि पाण्डाको फार्मिङ गर्ने सोच बनाएँ। हजारौं पाण्डा उत्पादन गर्न सकिन्थ्यो। तर, काठमाडौँका नेवारहरूले परेवा मारेको देखिनसहे जस्तै चाइनीजहरूले पनि पाण्डा मारेको नसहने रहेछन्। चाइनीजहरूको यो भावनामा चोट पुग्ने काम गर्नुहुँदैन भनेर मैले पाण्डा फार्मिङको योजना त्यागिदिएँ।'

काठमाडौं उपत्यकामा नेवार बस्तीमै बसेको बेलामा परेवा मारेर खान मन लाग्नेहरू झन् धेरै छन्। नेवार बस्तीमै बसेको बेला परेवा मारेर खान खोज्यो भने पूरै टोल उल्टेर आउँछ

शेख अब्दुलजीले भन्नुभयो - 'ब्यापार-बिजीनेशको शिलशिलामा भारतका विभिन्न स्थानमा पुगिरहन्छौ। हिमाञ्चल प्रदेश, पञ्जाब, हरियाणा, उत्तराखण्ड, उत्तरप्रदेश, राजस्थान, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, छत्तीसगढ़,  दिल्ली र चण्डीगढ़का जनताले गाईलाई माता भनेको र गाईलाई पूजा गरेको देख्यौं। त्यहाँका जनताको आस्थालाई सम्मान गरेर र उनीहरूको भावनामा चोट नपुगोस् भनेर ती प्रदेशमा रहँदा हामीले पनि गौ मांस खाएनौ।'

धेरै बर्षदेखि चीनमा व्यापार गरेर बसिरहनु भएका रामसुधन कलवारजीले भन्नुभयो - 'चीनमा उद्योग गर्न सहज छ। मैले पनि पाण्डाको फार्मिङ गर्ने सोच बनाएँ। हजारौं पाण्डा उत्पादन गर्न सकिन्थ्यो। तर, काठमाडौँका नेवारहरूले परेवा मारेको देखिनसहे जस्तै चाइनीजहरूले पनि पाण्डा मारेको नसहने रहेछन्। चाइनीजहरूको यो भावनामा चोट पुग्ने काम गर्नुहुँदैन भनेर मैले पाण्डा फार्मिङको योजना त्यागिदिएँ।'

यो तलको भिडियो हेरौं। 

सिडनीमा यिनले अरु थोक त के नै गरेका थिए र ?  सडक छेउको चौरमा एउटा चरा चरिरहेको थियो। यिनी चरा पक्रन चौपट्टै सिपालु हुन्। आफ्नो शिप प्रयोग गरे र त्यो चरा पक्रे। आफूले पक्रेको चरा छाड्ने कुरो भएन; लगेर मारे। पकाएर खाने तयारी गर्दै थिए; पुलिस आइपुगे। पुलिसले पक्रेर अदालत पुर्‍यायो। अदालतले छ महिना कैद र ८ सय जरिवाना गर्यो। यो भर्खर हिजो अस्तिको कुरो हो।

https://twitter.com/y2k_adhikar/status/1692842733344592346?t=0Gdkc8Je9ETwhWMbgrPCtw&s=19

यदि ती देशहरू पनि नेपाल जत्तिकै छाडा भैदिएकोभए सजिलै इच्छा-तृप्ति गरिन्थ्यो ! काकभुसुण्डी र गरुडको बीच भएको सम्बादमा कलियुगको प्रसङ्ग छ। घोर कलियुग जहाँ प्रवेश गर्छ त्यहाँ मनुष्यका चरित्र र व्यवहार कस्तो हुन्छ, त्यस्को वर्णन छ। नेपालमा घोर कलि ब्याप्त भइसकेछ !