सरकार ! अरुसँग चन्दा उठाई समाज सेवा गर्छु भन्नेहरुको सम्पत्ति छानबिन कहिले ?

सरकार ! अरुसँग चन्दा उठाई समाज सेवा गर्छु भन्नेहरुको सम्पत्ति छानबिन कहिले ?

रुषा थापा  |  दृष्टिकोण  |  फाल्गुन १३, २०८०

चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को सम्पत्ति छानबिनका लागि अहिले सर्वसाधारण जनता सरकारसमक्ष माग गर्छन् । त्यस्तै, इन्द्रेणीका सञ्चालक कृष्ण कडेँलको पनि सम्पत्ति छानबिनका लागि जनताले आवाज उठाउन थालेका  छन् । 

समाज सेवा गर्ने वा क्रिकेट रंगशाला बनाउने भन्दै धुर्मुस–सुन्तली फाउण्डेसन खोलियो । कडेँलले पनि गरिब, असहाय, आर्थिक अवस्था नाजुक भएका, दुखी, पीडितलाई सहयोग गर्ने बताउँदै इन्द्रेणी खोलेका हुन् । उनीहरुको यो कार्य देखेर देश–विदेशका जनता आकर्षक भए । र, विभिन्न ठाउँमा रहेपनि सहयोगको हात अघि बढाए । 

धुर्मुस–सुन्तली फाउण्डेसन र इन्द्रेणीलाई धेरैले आर्थिक सहयोग गरेका छन् । बुढाबुढी हरुले आफ्नो वृद्धभत्ता समेत दिएका छन् । बालबालिकाहरुले आफ्नो खाजा खर्च जोगाएर सहयोग गरेका छन् । आम नागरिकले आफ्नो तलब समेत सहयोग गरेका छन् । 

तर, सर्वसाधारणबाट उठाइएको रकम यिनीहरुले सही ठाउँमा लगानी गरे कि भ्रष्टाचार गरे भनेर अहिले जनता जान्न चाहन्छन् । समाज सेवा गर्ने भन्दै यिनीहरुले रकम संकलन गरेका हुन् । यद्यपि, उनीहरुले साँच्चिकै त्यो रकमले दुःखी, पीडितलाई सहयोग गरे कि व्यक्तिगत सम्पत्ति मात्र जोडे भनेर अब सरकारले छानबिन गर्ने पर्छ । 

यदि साँच्चिकै त्यो रकमले समाज सेवा गरेका छन् भने जनता र सरकारले पनि उनीहरुको सम्मान गर्नुपर्छ । धुर्मुस–सुन्तली फाउण्डेसन र इन्द्रेणीलाई जनताले अर्बौ सहयोग गरिसकेका छन् । एकै व्यक्तिले दश हजारदेखि लाखसम्म सहयोग गरेको पाइन्छ । त्यसैले, सर्वसाधारणबाट यसरी उठाइएको रकमको अब खोजतलास गरिनुपर्छ । 

अहिले बजारमा सुनिन्छ कि धुर्मुस–सुन्तली र कृष्ण कडेँलले समाज सेवा गर्ने भन्दै जनताबाट उठाएको रकम आफन्तको खातामा राखेका छन् । सरकारी कर्मचारीले एक हजार रुपैयाँ घुस खाए पनि उसलाई भ्रष्टाचार मुद्दा लाग्छ । जेल लाग्नुपर्छ । र, उसको जागिर पनि जान्छ । 

धुमुर्स–सुन्तलीले रंगशाला बनाउने र कृष्ण कडेँलले दुखी, पीडितलाई सहयोग गर्ने नाममा लाखौं जनताबाट अर्बै रकम उठाएका छन् । कडेँलजस्तो अहिले अन्य कलाकारले पीडितहरुलाई सहयोग गर्ने भन्दै देश–विदेशबाट पैसा उठाएर ठगी गर्ने क्रम बढ्दो छ । अभिनेत्री स्वेता खड्काले समाज सेवाको नाममा सिन्धुपाल्चोकको सिंगो माझी बस्ती नै जोखिममा पारेकी छन् । 

गरिब, असहय, दुखीलाई निःशुल्क शिक्षा वा स्वास्थ्य सेवा उपलब्ध गराएको छ, सरकारले । तर, यसलाई ओझेलमा पारेर सरकारले केही गर्न नसक्ने भ्रम फैलाई समाज सेवाको नाममा धुर्मुस–सुन्तली र कृष्ण कडेँलजस्ता व्यक्तिहरुले जनतालाई लुट्नु लुटेका छन् । 

समाज सेवा गर्ने भन्दै लक्ष्मी सनराइज बैंकबाट उनले ऋण त लिइन् । तर, माझी बस्ती धितो राखेर । अहिले किस्ता तिर्न नसकेपछि बैंकले माझी बस्ती लिलामीको प्रक्रिया अघि बढाउँदा अदालतले रोकेको छ । कुनै पनि व्यक्तिको सम्पत्ति सरकारले छानबिन गर्न पाउँछ । 

झन उनीहरु त सार्वजनिक वा निजी संघसंस्थाका सञ्चालक हुन् । क्रिकेट रंगशाला बनाउने नाममा धुर्मुस–सुन्तली फाउण्डेसनले जनताबाट कराेडौँ रकम उठायो । बिडम्वना, रंगशाला अलपत्र छ । यता, कृष्ण कडेंलले समाज सेवाको नाममा विगत पन्ध्र वर्षदेखि सर्वसाधारणबाट रकम उठाउने क्रम जारी छ । 
 

त्यसकारण त्यो रकमको यिनीहरुले के गरे ? भनेर अब सरकारले छानबिन गर्नुपर्ने जनता नै माग गर्छन् । कुनै पनि व्यक्तिले विदेश पठाइदिने भनी २० हजार रुपैयाँ ठगेमा पनि प्रहरीले उसलाई समात्छ । र, ठगीसम्बन्धी कसुरमा मुद्दा चलाई जेल पठाइन्छ । त्यस्तै, सापटी रकम पनि समयमै तिर्न नसक्दा ठगी आरोपमै समातिन्छ । 

धुर्मुस–सुन्तली र कृष्ण कडेँलले समाज सेवाको नाममा लाखौं जनताबाट करोडौँ रकम उठाउँदा चाँहि सरकार चासो दिदैन । यिनीहरुले उठाएको रकम कहाँ गयो ? भनेर अहिलेसम्म सरकारले छानबिन गरेको छैन । सरकारका निकायहरु मौन छन् । र, किन ? 

सर्वसाधारण जनता, सञ्चारकर्मी र सरकारले थाहा पाएन धुमुर्स–सुन्तली र कडेँलको ठगीधन्दा । धुर्मुस–सुन्तलीले रंगशाला बनाउन नसकेपछि अहिले सरकार आफैंले त्यो बनाउन थालेको छ । कडेँल देश–विदेशबाट मासिक करोडौं रकम उठाउँछन् । तर, दश जना पीडित ल्याएर पाँच–पाँच हजार बाँड्छन् । 

बाँकी रकम झ्वाम पार्छन् । देशमा सरकार छ । यद्यपि, कुनै पनि व्यक्ति वा संस्थाले मागेर वा रकम उठाएर न विकास हुन्छ न गरिबी हट्छ । मुलुकको विकास र गरिबी न्यूनीकरण गर्न सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ । सरकार बिना कुनै पनि कामले गतिशीलता पाउँदैन । 

हाम्रो देशमा सरकार छ । तर, सरकारमा बसेकाहरु गतिलो नहुँदा यो अवस्था आएको हो । त्यसकै फाइदा उठाएर कतिपय व्यक्ति तथा संस्थाले समाज सेवाको नाममा लुट धन्दा मच्चाएको पाइन्छ । 

दुःखी, पीडितलाई सहयोग गर्ने र सरकारले गर्न नसकेको काम आफुहरुले गर्ने दाबी गरी रकम उठाई भ्रष्टाचार गर्ने र पछि विभिन्न बहाना बनाई योजना अलपत्र पार्ने काम भइरहेका छन् । अहिले पूर्व सरकारी कर्मचारी समेत समाज सेवामा लागेका छन् । तर, उनीहरुले साँच्चिकै समाज सेवा गरेका छन् कि आफ्नो भुँडी मात्र भरेका छन् ? भनेर सरकारले छानबिन गर्न आवश्यक छ । 

विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काएर रवि लामिछानेले चर्चा कमाए । सरकारले गर्न नसकेको काम आफुले गरेको दाबी गर्दै जनताको मन जिति उनी सांसद बनेका छन् । अहिले उनीमाथि सहकारी ठगीको आरोप छ । त्यस्तै, ज्ञानेन्द्र शाही पनि सामाजिक अभियन्ता हुन् । 

समाज सेवा गर्ने भन्दै अभियन्ता बनेका शाहीले अरु केही गरे–नगरे पनि आफुलाई पुग्ने सम्पत्ति जोडिसकेका छन् । उनी पनि अभियन्ताबाट चर्चा कमाएर सांसद बनेका हुन् । अब सरकारले यिनीहरुको पनि सम्पत्ति छानबिन गर्नुपर्छ । सहयोग थोरै गरी चर्चा धेरै गराउने अनि भ्रष्टाचार गर्नेहरुलाई कानूनको दायरामा ल्याउनैपर्छ । 

धर्मगुरु रामबहादुर बम्जनलाई सरकारले पक्राउ गरिसकेको छ । उनको पनि  अरबौँ सम्पत्ति रहेको पाइएको छ । उनले धर्मको नाममा जनताबाट रकम उठाई ठगी गरेका हुन् । भक्तपुरको सिर्जनानगरमा पनि माताको नाममा ठगीधन्दा चलेको छ । यसतर्फ पनि सरकारले ध्यान दिनुपर्छ । 

देशको भूभाग सुरक्षा गर्नु सरकारको दायित्व हो । आफ्नो देशमा जन्मिएको नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न सेवा सुविधा उपलब्ध गराउनु पनि सरकारकै दायित्व हो । कर उठाएर, विदेशबाट अनुदान वा ऋण लिएर देश विकास गर्नु पनि सरकारकै दायित्व हो । 

महिलाले शिशु जन्माएपछि उसमा अभिभावकका भन्दा बढी अधिकार सरकारको हुन्छ । तर, सरकारले केही गर्न नसकेको भन्दै धुर्मुस–सुन्तली र कृष्ण कडेँल जस्ता व्यक्तिले जनता ठगेका छन् । देशमा आर्मी छ, प्रहरी छ, सशस्त्र छ । शिक्षा, स्वास्थ्यका लागि पनि सरकारका निकायहरु छन् ।

गरिब, असहय, दुखीलाई निःशुल्क शिक्षा वा स्वास्थ्य सेवा उपलब्ध गराएको छ, सरकारले । तर, यसलाई ओझेलमा पारेर सरकारले केही गर्न नसक्ने भ्रम फैलाई समाज सेवाको नाममा धुर्मुस–सुन्तली र कृष्ण कडेँलजस्ता व्यक्तिहरुले जनतालाई लुट्नु लुटेका छन् । 

धुर्मुस–सुन्तली गरिब परिवारमा जन्मिएका साधारण कलाकार हुन् भने  कडेँल पनि नेपाली सेनाका पूर्वकर्मचारी हुन् । यद्यपि, आज उनीहरुसँग अर्बौको सम्पत्ति कसरी जम्मा भयो ।  यत्रो सम्पत्ति यिनीहरुले कसरी जोडे ? यसबारे सरकारले छानबिन गर्ने पर्छ । अब सर्वसाधारण जनताले पनि बुझ्दै नबुझी कसैलाई सहयोग गर्नुहुन्न । किनकि व्यक्ति वा संस्थाले गर्दा देश विकास हुदैंन । देश विकासका लागि सरकार लाग्नुपर्छ । 
 

भक्तपुर