पोल्याण्डमा साकेला-१ खोटाङका राजेश दाहालको छुरा प्रहार गरी हत्या

पोल्याण्डमा साकेला-१ खोटाङका राजेश दाहालको छुरा प्रहार गरी हत्या

शेरबहादुर परियार  |  अपराध  |  फाल्गुन १५, २०८०

पोल्याण्ड ।आफ्नै जर्जियन सहकर्मीको छुरा प्रहारबाट पोल्याण्डमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट साकेला-१ खोटाङका २९ वर्षीय राजेश दाहालको घटनास्थलमै मृत्यु भएको हो । 

एउटै कम्पनीमा काम गर्ने ३५ वर्षीय जर्जियन नागरिकले दाहाललाई संगै बस्ने होस्टलमा छुरा प्रहार गरेका थिए।मदिराले मातेका निज जर्जियन नागरिकले सामान्य विवाद हुँदा गत शनिबार राति ११ बजे छुरा प्रहार गरेका थिए।

राति ११ बजे छुरा प्रहारबाट ढलेका दाहालको शव प्रहरीको टोलीले आफ्नो प्रकृया पूरा गरि बिहान ४ बजे लिएर गएको दाहालसँगै काम गर्ने एक नेपालीलाई उदृत गर्दे एनआरएनए पोल्याण्डका सचिव उदयराज गिरीले जानकारी दिए। हत्यामा संलग्न सहित सहयोग गर्ने आक्रमणकारीको युक्रेनी श्रीमती र थप अर्की महिलालाई प्रहरीले गिरफ्तार गरेको बताए।

मृतक दाहालको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको र उनको निधनबारे निजको परिवारलाई जानकारी गराइएको गिरीले बताए।दाहाल काम गर्ने कम्पनी सम्पर्कमा रहेको र शवलाई नेपाल लैजाने वा पोल्याण्डमै दाहसंस्कार गर्ने बारे परिवारसँगको परामर्श पछि एनआरएनए पोल्याण्डले सहजीकरण गर्ने  बताए। 

मृतक दाहाल सन् २०२३ को जनवरीमा वैदेशिक रोजगारीका सिलसिलामा पोल्याण्ड आएका हुन् ।दाहाल संगै हत्यामा संलग्नहरु पोल्याण्डको सुप्सक शहरमा रहेको एक माछा कम्पनीमा कार्यरत थिए।