परिवर्तित विश्व परिवेश: बहु ध्रुवीय प्रणालीको चपेटामा नेपाल

परिवर्तित विश्व परिवेश: बहु ध्रुवीय प्रणालीको चपेटामा नेपाल

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  फाल्गुन २१, २०८०

प्रत्येक मनुष्यमा शक्तिशाली चाहाना हुन्छ, त्यसको निम्ति उसले सक्दो कोसिस गरिरहेको हुन्छ । त्यस्तै प्रकारले प्रत्येक राष्ट्र पनि शक्तिशाली बन्ने होडमा लागि रहेकै हुन्छन् । तर केही राष्ट्रहरू मात्र विश्व परिवेशमा शक्तिशाली राष्ट्र बन्न सक्छन् । मुख्यतः शक्तिशाली राष्ट्रको पहिचानको लागि चार अवस्था महत्त्वपूर्ण हुन्छ– आर्थिक, सामरिक, राजनीतिक, तथा सांस्कृतिक । 

आधुनिक विश्व इतिहासमा पहिलो र दोस्रो विश्वयुद्ध हुनुभन्दा अगाडि युरोपका राष्ट्रहरू शक्तिशाली थिए । त्यसमा पनि बेलायत नै पूर्ण रुपले शक्तिशाली राष्ट्रका रूपमा चित्रित थियो । दोस्रो विश्वयुद्धको समाप्ति पछि अमेरिका शक्तिशाली राष्ट्रको रूपमा उदाउन सफल भयो । त्यसपछि सित युद्ध ताका रसिया तथा सोभियत सङ्घ र अमेरिका बिच तीव्र प्रतिस्पर्धा रह्यो । त्यस बेला विश्व परिवेश दुई ध्रुवीय अवधारणा विकास भयो । 

तर सन् १९९० ताका बर्लिन पर्खाल ढल्नु तथा साम्यवादी अथवा कम्युनिस्ट विचारको पतनसँगै विश्व पुनः एक ध्रुवीय अवधारणमा अगाडि बढ्यो । तर हाल आएर, विश्वमा देखिएको आर्थिक मन्दी, विभिन्न क्षेत्रमा सल्किएको युद्ध तथा  आधुनिक सूचना तथा प्रविधिको विकासले गर्दा विश्व पुनः बहु ध्रुवीय अवधारणमा प्रवेश गरेको छ । कुनै देश आफूलाई शक्तिशाली रूपमा प्रस्तुत गर्दा देशको जनसङ्ख्या, ऊर्जाको अवस्था तथा शिक्षाको स्तर पनि महत्त्वपूर्ण हुन्छ । अतः भविष्यका बहु ध्रुवीय देशहरूमा चार वटा देशहरूको सम्भावना देखिन्छ, अमेरिका, चीन, रसिया तथा भारत । सम्भवतः भविष्यमा चारवटा देशहरू विश्वको राजनीतिक तथा सामाजिक तथा सामरिक गतिविधिमा ठुलो पकड रहने सम्भावना छ । 

सबैभन्दा पहिला विश्लेषण गरौँ आर्थिक अवस्थाबाट । साधारणतया कुनै पनि देशको आर्थिक अवस्था जिडिपीबाट मूल्यांकन गर्ने गरिन्छ । हालको अवस्थामा अमेरिकाको जिडिपी करिब २८ ट्रिलियन डलर छ । चीनको करिब १८ ट्रिलियन डलर र भारतको ४ ट्रिलियन डलर र रसियाको २ ट्रिलियन डलर रहेको छ । सन् २०३० अमेरिका तथा चिनाको करिब २४–२५ ट्रिलियन डलरको हुनेछ । भारतको तीव्र वृद्धि भई ७–८ ट्रिलियन डलर  र रसियाको ३ ट्रिलियन डलरको वरिपरि रहने पूर्वानुमान गरिएको छ । सन् २०३० सम्म हालको विश्व आर्थिक तवरले शक्तिशाली राष्ट्रहरू बेलायत, जर्मनी, फ्रान्स,तथा जापानमा आर्थिक संकुचन आउने सम्भावना छ । यसले गर्दा आर्थिक रूपमा मुख्यतः अमेरिका चिन र भारत बिच तीव्र सामन्ज्यस्ता तथा प्रतिस्पर्धा देखिने छ । 

सामरिक तवरले पनि हाल अमेरिका उच्च स्थान रहेको छ ।  रसिया पनि सामरिक तवरले शक्तिशाली राष्ट्र हो र चिन तथा भारत पनि तेस्रो र चौथो राष्ट्रको रूपमा रहेका छन् । सन् २०३०  सम्ममा अमेरिका सैनिक खर्च करिब ९६७ बिलियन डलर, चिनाको करिब ६२७ बिलियन डलर, भारतको ३०६ बिलियन डलर र रसियाको करिब १६३ बिलियन डलर हुने अनुमान गरिएको छ ।  कुनै पनि राष्ट्रको शक्ति भनेको जनसङ्ख्या पनि हो । सन् २०३० सम्म भारतको जनसङ्ख्या १५० करोड, चिनाको १४० करोड, अमेरिकाको ३६ करोड र रसियाको १४ करोड पुग्ने छ । भारतको जनसङ्ख्या बढ्ने क्रममा छ भने अमेरिका, चिन र रसियाको घट्नेक्रमा देखिन्छ । जसले गर्दा आर्थिक र सामरिक अवस्थामा ठुलो असर गर्दछ । प्राकृतिक स्रोतको आधारमा हेर्ने हो भने एसियासँग ७५ ट्रिलियन डलरको क्षमता छ भने अमेरिकासँग ४५ ट्रिलियन डलरको क्षमता । ऊर्जाको स्रोतलाई हेर्ने हो भने अमेरिका र रसियामा सम्पन्न राष्ट्र हुन त भारत र चिन अन्य राष्ट्रहरूमा भर पर्नु पर्दछ । 

कुनै बेला जर्मन तथा फ्रान्स शत्रु राष्ट्र थिए हाल आएर मित्र राष्ट्र भएका छन् । नेपालले यस घट्नालाई आधार बनाएर अमेरिका, भारत र चीनसँग  घनिष्ठ र सन्तुलन नीति अवलम्बन गर्नु जरुरी देखिन्छ । अतः भविष्यमा बन्ने बहु ध्रुवीय विश्व परिवेशमा नेपालको पहिचान र गरिमा राख्नको निम्ति अहिलेदेखि नै पहल गर्नु पर्दछ । 

 कुनै पनि देश शक्तिशाली बन्नका निम्ति त्यस देशमा विकास भएको  प्रविधि तथा अनुसन्धान पनि महत्त्वपूर्ण छ । यस क्षेत्रमा अमेरिका अग्रणी नै छ ।, हाल विकास भएका कृत्रिम बुद्धि मता (एआई) रोबोटिक विज्ञान, सूचना र प्रविधि, स्पेस विज्ञान। बायो साइन्स आदि क्षेत्रमा अमेरिका अन्य राष्ट्रहरूभन्दा अग्रणी नै छ ।र, हाल चिन र भारत पनि कोसिस गर्दैछन् । सङ्ख्य सैनिक प्रविधिमा अग्रणी भए पनि अन्य क्षेत्रमा दक्ष जनशक्ति अभावले पछि पर्दैछ । समग्रमा हेर्दा आर्थिक प्रविधि तथा ऊर्जाको आधारमा देशको मापन गर्न सकिन्छ । ऊर्जाको आधारमा मध्यपूर्वका देशहरू विश्व धरातलमा महत्पूर्ण राष्ट्र भएता पनि उन्नत प्रविधि विशेष नभएकाले शक्तिशाली राष्ट्र बन्ने क्षमता कम नै छ । 
देशले अवलम्बन गरेको राजनीतिक परिपाटिले पनि राष्ट्रका महिमामा फरक पर्दछ । अमेरिका र भारत प्रजातान्त्रिक पद्धति अवलम्बन गरेका छन् भने रसिया र चीनको पद्धति गैर प्रजातान्त्रिक छ । यसले पनि विश्व रङ्गमञ्चमा महत्त्वपूर्ण भूमिका रहन्छ । 

कुनै पनि देशले अवलम्बन गरेको धर्म र संस्कृति पनि महत्त्वपूर्ण भूमिका रहन्छ । अमेरिका आफैमा नयाँ राष्ट्र भएको र दोस्रो विश्वयुद्ध पछि अगाडी बढेको देश भएकोले प्रस्ट रूपमा कुनै धर्म र संस्कृति देखिँदैन । तर धेरैजसो युरोपबाट गएका आप्रवासीबाट विकसित देश भएकोले पश्चिमी राष्ट्रको धर्म र संस्कृति प्रधान छ । तर अमेरिकाले आधुनिक जमानतमा आफ्नै खालको संस्कृति जस्तै: कोकाकोला–पेप्सी, माकोनाल्ङ–केएफसी, हलिउड, पप–म्युजिक जस्ता क्रियाकलाप मार्फत एउटा अमेरिकाको प्रभाव ठुलो नै छ । यो अमेरिकाको सफ्ट पावर पनि हो । 

चीन विश्व भरी प्रख्यात थियो तर माओले संस्कृति क्रान्तिबाट सांस्कृतिक रूपमा चीनलाई ठुलो हानी पुग्यो । हाल आएर चिनाको उत्थान गर्न अग्रसर छ । यस्तै प्रकारले लेनिन र स्टालिनले रसियाको अर्थडक्स क्रिसियनलाई ध्वस्त बनाए पनि पुटिन पुनः जीवित गर्न अग्रसर छन् । भारतको हकमा सुरुमा भारत सनातन राष्ट्र भएता पनि मुस्लिम अतिक्रमण र बेलायतको उपनिवेशमा दबिएर रहेको थियो । तर हाल आएर भारतले सनातन धर्मको उत्थानमा अग्रसर भएको छ ।  यसले भारतलाई सफ्ट  पावरको रूपमा  सहयोग पुग्ने देखिन्छ । यसरी सरसर्ती हेर्दा अगामी विश्व बहु ध्रुवीय प्रणालीमा जाने देखिन्छ । यसमा मुख्य रूपमा अमेरिका,रसिया, चिन र भारत नै देखिन्छ । 

हालका शक्तिशाली राष्ट्र बेलायत, फ्रान्स, जर्मनी, जापान जस्ता राष्ट्रहरूको मित्र राष्ट्रको रूपमा रहनेछ । अगामी दिनमा ब्राजिल इन्डोनेसिया, टर्की, इजिप्ट जस्ता देशहरू पनि अगाडि बढ्ने छ । यदि युरोपियन युनियन (इयु)ले आफ्नो भूमिका र गतिविधि स्पष्ट पार्न सकेमा एउटा ध्रुबको रूपमा रहने छ । 

नेपालको सन्दर्भमा हर्ने हो भने नेपालको कुनै पनि प्रस्ट विदेश नीति नभएकोले, कसरी अगामी दिनमा बहु ध्रुवीय प्रणालीमा समायोजन गर्न सक्दछ । नेपाल दुई महत्त्वपूर्ण

 नेपाल  चीन र भारको बिचमा भएकोले अगामी दिनमा  यदि राम्ररी सन्तुलन नीति लिन नसकेको ठुलो दबाब थेग्नु पर्ने हुन्छ । हुन त नेपालको निम्ति अर्को महत्त्वपूर्ण राष्ट्र अमेरिका पनि हो । एसियासँग केही सम्बन्ध भए पनि प्रभावकारी रूपमा खासै छैन । 

अतः नेपालीले मुख्य रूपमा भारत, चिन र अमेरिकाका लागि पनि महत्त्वपूर्ण राष्ट्र हो । नेपाल त्यस्तो भौगोलिक अवस्था तीनै वटा राष्ट्रहरूको चासोको विषय हो । 

नेपालको सबैभन्दा महत्पूर्ण सम्बन्ध अमेरिकासँग राख्न सकेमा मात्र चिन र भारतबाट आउन दवाबलाई थेग्न सकिन्छ । विदेश नीतिमा कुनै पनि राष्ट्र स्थायी मित्र शत्रु हुँदैन र कुनै पनि देशसँग सम्बन्ध र सहयोग आफ्नो देशको स्वार्थसँग गरिएको हुन्छ । अतः नेपालको हित कम छ । त्यसलाई आधारमा राख्नु पर्छ । भारत नेपालको आर्थिक र सामाजिक तवरले नजिक छ भने चिन आर्थिक तवरले नजिक हुनसक्छ । 

अमेरिकाले नेपाललाई आफ्नो नीतिबाट हेरिरहेको छ । नेपालको अस्तित्व राख्नको निम्ति अमेरिकाको ठुलो हात छ । सन् १९४५–५० को समयमा भारतको विस्तार नीति तथा चिनाको पनि तिब्बतसँग नेपालसम्म विस्तार गर्ने नीतिलाई अमेरिका र बेलायतको अप्रत्यक्ष सहयोगबाट बच्ने हो । अमेरिकाको यस बारे आफ्नै स्वार्थ होला तर नेपालको अस्तित्व बच्नमा अमेरिकाको योगदान छ । 

कुनै पनि देशको अस्तित्वमा छिमेकी राष्ट्रको महत्त्वपूर्ण हुन जान्छ । मित्रवत् अवस्थामा रहँदा आर्थिक र सामाजिक उत्थान हुन सक्छ । यदि सत्रुवत् अवस्थामा के हुन्छ । कुनै बेला जर्मन तथा फ्रान्स शत्रु राष्ट्र थिए हाल आएर मित्र राष्ट्र भएका छन् । नेपालले यस घट्नालाई आधार बनाएर अमेरिका, भारत र चीनसँग  घनिष्ठ र सन्तुलन नीति अवलम्बन गर्नु जरुरी देखिन्छ । अतः भविष्यमा बन्ने बहु ध्रुवीय विश्व परिवेशमा नेपालको पहिचान र गरिमा राख्नको निम्ति अहिलेदेखि नै पहल गर्नु पर्दछ ।