मुलुक सङ्गीन सङ्कटमा: आफू अनुकूल बोल्ने ! व्यक्तिगत स्वार्थमा मात्र कार्य गर्ने ?

मुलुक सङ्गीन सङ्कटमा: आफू अनुकूल बोल्ने ! व्यक्तिगत स्वार्थमा मात्र कार्य गर्ने ?

ऋतु आशिक  |  दृष्टिकोण  |  फाल्गुन २३, २०८०

 देउवा प्रचण्डको गठबन्धन भए पनि ओली र प्रचण्डको गठबन्धन भए पनि एकल एजेन्डा देश र जनता लुट्ने त हो नि ? 

कृष्ण अधिकारी
२०८० फाल्गुण २१ को फेसबुकबाट

पत्रकार मित्रका यी माथि दिइएको अभिव्यक्तिको जवाफ दिँदै मैले यसरी लेखे– आफूलाई पत्रकार या विभिन्न पार्टीको कलेवर ओढ्नेहरूले यो तीतो सत्यलाई स्वीकार्नुको विकल्प छैन । पत्रकार मित्रहरु हो आऊ सबै देशप्रति जिम्मेवार हौं । हाम्रो देश दोस्रो सिक्किम हुनु अघि हातेमालो गरौं । देशको स्वतन्त्रताको लागि कलमलाई उठाऊ । देशलाई आफ्नो कलमले नझुकाऊ ।

जब जब पाकिस्तानको विभाजनको अन्तिम तयारी हुँदै थियो । भारतीय शासन सत्ताबाट पूर्वी पाकिस्तानमा भारतीय ‘रअ’को जालोले यतिसम्म घेरेको थियो । भनिन्थ्यो त्यसबेला पूर्वी पाकिस्तानलाई भारतीय शासन सत्ताको अनुकूल बनाउनका लागि घर–घरमा एउटा ‘रअ’ प्रदत्त तथा पूर्वी पाकिस्तान अर्थात् वङ्गलादेश निर्माणबो बाटो सहजका लागि घरै पिच्छे प्रत्येक परिवारबाट ‘रअ’ ले आफ्नो टुकुडी बनाएको थियो । ती कुराहरु त्यसबेला छ्यापछ्याप्ती गरियो । नभन्दै त्यस्तै मिहिन तरिकाबाट भारतीय ‘रअ’ मिसन लागू गरियो ।

अन्ततः पूर्वी पाकिस्तान बङ्गलादेशमा रुपान्तरण भएको कुरा हाम्रो सामु प्रस्ट भएको थियो । वास्तवमा भारतीय सरकारको घृणित नीतिका कारण आजको यो विश्वमा पनि एउटा ठूलो देशले सानो देशको अस्तित्वलाई आफ्नो प्रभुत्वमा पारेर आफ्नो अनुकूल बनाउँछ भन्ने कुराको प्रमाण नेपालले नै बेहोरिरहेको छ । 

छिमेकी भारतको 'ब्रिटिस भगाओ' आन्दोलनमा नेपालीहरुले पनि ज्यानको आहुति दिएका छन् । रोटी, बेटीका सम्बन्धमा आफूलाई उभ्याउँदै लगेका छन् । वङ्गलादेशको उदय सँगसँगै तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीमा छिमेकमा रहेका सानातिना राष्ट्रलाई भारतमा आफ्नो अनुकूलता सहित समावेश गरिने महत्वकाङ्क्षालाई यसबेला नेपालीहरुलाई प्रस्ट पार्दै लगेको देशप्रति घातप्रति घातका स्वरहरु पनि झन्–झन् चर्को रुपमा झन् झनाई रहेछन् । 

कम्युनिष्ट हुनु त्यति सजिलो ?

नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहका तत्कालीन लेखौट गरिएका आफ्ना भनाइहरु यसबेला पनि शाश्वत भएर हाम्रो अगाडि पढिने गर्छ । अर्थात हामी नेपालीलाई अगुवाइ गरिरहेको हुन्छ । यी यस्ता जीवन्त देशभक्तको अथाहतालाई झन्–झन् ऊर्जा दिइरहेको हुन्छ । हामी ती ऊर्जाहरू आफूमा समाहित गर्दै, ती शब्द संयोजनलाई देशभरि नै फिँजाउने महानतालाई कसैले बिर्सन हुँदैन । 

आफ्ना गल्तीहरूलाई सच्याएर हामीलाई निर्देश गर्न विनम्र अनुरोध गर्दछु । हामी आफूलाई अझै पनि कम्युनिष्ट कित्तामा उभ्याएका छौ । हामीले आफ्ना व्यवहार र देशद्रोही हरकत जोसुकैले गरोस् त्यसलाई आँखा चिम्लिएर छुट दिने हामी होइनौ । पछिल्लो पिँढीले हाम्रो यस्तो किसिमको घृणित व्यवहारप्रति खबरदारी गरिरहेको हुन्छ । हामी यो भूमिमा जन्मियौँ । हामी यो भूमिमा मर्छौँ । राष्ट्रको लागि बाँचौँ । देशद्रोही जुनसुकै कलेवरमा होस् घृणा गरौँ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष मनमोहन अधिकारी मात्र यस्ता व्यक्ति हुनुहुन्थ्यो । नेपाल भारत बिच भएको १९५० का असमान सन्धि सच्याउने एवम् पुनर् मूल्याङ्कन गरिने अठोटता दोहोर्‍याउने आदि बिच सहमतिको वातावरण बनिएको थियो । 

 माओले कुनैबेला भन्नुभएको थियो, 'सानो देशले ठुलो देशलाई हराउन सक्छ, वशर्ते उसले आफूलाई नैतिक धरातलमा उभ्याउने कोसिस गर्दछ र आफैँ उभिने हिम्मत गर्दछ ।' 

मेरो जीवनमा आदरणीय कमरेड मनमोहन अधिकारीप्रति उच्च सन्मान थियो । अझै छ र रहिरहने छ । ऐतिहासिक योद्धा मनमोहन अधिकारी नामक ग्रन्थको सम्पादन गर्ने अवसर प्राप्त भयो । मेरो जीवनको अमूल्य समय थियो । महिनौं दिनसम्म उहाँले मलाई १ घण्टा समय मात्रै दिनुहुन्थ्यो । उहाँले घडी हेर्नुपर्दैनथ्यो । उहाँ उठ्दा भयो भन्दा १ घण्टा ठ्याक्कै पुग्थ्यो । म आफैँ छक्क परेको छु । समय–समयमा उहाँको वात्सल्यताले अझै मेरो आँखामा आँसु भरिन्छ । मेरो जीवनलाई इस्पात बनाउने दृढताका कडी, राष्ट्रप्रतिको अगाधता, देशप्रति समर्पण हुनु, देशप्रति गद्दारी गर्नुभन्दा मृत्युवरण गर्नु यस किसिमका ओजस्विताले मलाई नुहाइ दिनुहुन्थ्यो । कम्युनिष्ट हुन त्यति सजिलो छैन किनभने कम्युनिष्ट जहिले पनि सत्य आगोको रापमा सेकिनु नै र देशप्रति जिम्मेवार हुनु नै कम्युनिष्ट हुनु हो । यी शब्दहरूले मलाई अभिषेक गर्नुहुन्थ्यो । 

मैले ऐतिहासिक योद्धा मनमोहन अधिकारी नामक ग्रन्थको सम्पादकीय (२०५३) मा लेखेको थिए– '२१औँ शताब्दी प्रतिस्पर्धात्मक युग भएकोले अत्यन्त कुशल सक्षम मानिसहरुको आवश्यकता पर्छ । त्यसैले यस युगलाई आफू अनुकूल बनाउन आजका युवाहरु साहसी हुनुपर्छ । अर्कोतिर अघिल्लो पुस्ताबाट भएका गल्तीहरूलाई आँखा चिम्लेर समर्थक गर्ने होइन । गल्ती सच्याएर सुधार गर्दै जानुपर्छ ।'

कमरेड मनमोहन अधिकारी करिब ५३ वर्ष त कम्युनिष्ट शैलीमा आफ्नो जीवन व्यतित गरिसक्नु भएको छ । कुनै समयमा जसको मातहतमा कम्युनिष्टको विशाल फौज हुन्थ्यो । कहिले कार्यकर्ता बिनाको नेता पनि हुनुभयो । एमाले हुनुभन्दा अगाडि एउटा सानो माक्र्सवादी समूहको नेता हुनुहुन्थ्यो । जीवनमा उहाँ हतास हुनु भएन । जीवनमा उहाँले थुप्रै आँधी बेहरीसँग जुझ्नुभयो । माक्र्सवाद, लेनिनवादप्रति उहाँको आस्था अटुट र अक्षुण्ण रह्यो । 

अग्रज कृष्ण पोखरेलको २०२४ जनवरी २४ को फेसबुकबाट 

एलिट क्लबले क्लबका सदस्यहरुको प्रतिनिधित्व गर्छ । उबेलाको महामन्त्रीले कहाँ के बोले त्यसका आधारमा अहिलेका महामन्त्रीलाई नबोल्न दिने ? हो त सरकारले जुत्ता बनाएर बस्ने होइन नि ! अहिले त्यो ठाउँको गंगालाल हृदय केन्द्रले पनि राम्रो सेवा दिएको छ र निजी क्षेत्रका विभिन्न कम्पनीले बनाएका जुत्ताले भारतीय जुत्तालाई विस्थापित गरेको छ । 

ऋतुवर्ण पराजुलीको जवाफ 

बाँसबारी छाला जुत्ता कारखाना तत्कालीन चिनियाँ सरकारद्वारा नेपाली जनतालाई दिएको उपहार थियो । कारखाना चलेकै थियो । नेपालीले रोजगारी पाएकै थिए । चिनियाँ सरकारद्वारा दिएको उपहारलाई संरक्षण गर्ने कि ? चिनियाँ सरकारको उपेक्षा गर्न मिल्छ ? 

हामी आफूलाई वामपन्थी बुद्धिजीवी भन्छौ भने हामीले आफूलाई त्यस्तै अनुकुलका आचरणमा आफूलाई निर्दिष्ट गरिनुपर्छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी जे जुन सुकै नाम धारण गरेका दिन नहुन् ती देशप्रति जिम्मेवार छन् छैनन् । आफू अनुकूल  मात्र  बोल्ने, ती पार्टीका व्यक्तिहरुको स्वार्थ भावनामा मलजल गर्ने मात्र होइन्, व्यक्तिगत स्वार्थको मात्र कार्य मुलुक सङ्गीन सङ्कटमा  फसेकाे छ । चिनियाँ सरकारद्वारा नेपालको अर्थ नीति विकासमा टेवा पुर्‍याएका बाँसबारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना, हेटौडा कपडा उद्योग, चिनी कारखाना जे जति उद्योगहरु हुन् त्यसको टेवा संरक्षण गर्ने राष्ट्रिय नीतिप्रति, नेपाली काँग्रेसको ठेट्नाले बाँसबारी छाला जुत्ता कारखाना नेपालीले चलाउने होइन भन्दै हिँड्नेलाई एलिट क्लबले संरक्षण र सम्बर्द्धन गर्दै हिँड्न मिल्छ ? तपाईं हाम्रा आदर्शका प्रतीक, वामपन्थी बुद्धिजीवी कहलिनु भएका कृष्ण पोखरेलद्वारा मौकापरस्त अभिव्यक्ति दिनु शोभनीय छ ? 

तपाईंले आत्म आलोचित हुनु पर्दैन ? आफ्ना गल्तीहरूलाई सच्याएर हामीलाई निर्देश गर्न विनम्र अनुरोध गर्दछु । हामी आफूलाई अझै पनि कम्युनिष्ट कित्तामा उभ्याएका छौ । हामीले आफ्ना व्यवहार र देशद्रोही हरकत जोसुकैले गरोस् त्यसलाई आँखा चिम्लिएर छुट दिने हामी होइनौ । पछिल्लो पिँढीले हाम्रो यस्तो किसिमको घृणित व्यवहारप्रति खबरदारी गरिरहेको हुन्छ । हामी यो भूमिमा जन्मियौँ । हामी यो भूमिमा मर्छौँ । राष्ट्रको लागि बाँचौँ । देशद्रोही जुनसुकै कलेवरमा होस् घृणा गरौँ । देशद्रोहीका हरकतको विरोध गरौँ । 

मुलुक सङ्गीन सङ्कटमा

मुलुक यसबेला बाँच्ने र मर्ने दोसाँधमा उभिएको छ । ब्रिटिस कालीन शासनको जगजगीमा पनि यो टसमस नभइकन आफूलाई स्थिरता दिँदै उभ्याएको थियो । यहाँसम्म कि १०४ वर्षे राणा शासनकालमा पनि मुलुकको वैभवतामा आँच आउन दिएको थिएन । राणाकालीन समयमा पनि देशले यसरी हण्डर खानु परेको थिएन ।

पञ्चायती शासनकाल राष्ट्रिय सम्बर्द्धन, राष्ट्रियताको पहिचान, विदेशमा यसको गौरव गाथाले गर्दा नेपाल एउटा स्वतन्त्र राष्ट्रको पहिचान बनाएको थियो । पञ्चायती व्यवस्था मुलुक औद्योगिकीकरण तर्फ अग्रसर हुनु राजा महेन्द्र हुँदै वीरेन्द्रसम्म आइपुग्दा देशको सार्वभौमसत्ता अडिग र स्थिरता भएको स्पष्टतालाई नकार्न सकिन्न । पञ्चायती व्यवस्थाले मुलुक भरि छरपष्टसँग भएका कलकारखानालाई पञ्चायती व्यवस्थाले जलमल दिएर ठडाएका हाम्रा गौरव गाथालाई हामीले बचाउन सकेनौँ । ती फैक्ट्रीहरु कौडीको मोलमा बिक्री गरेर यहाँका युवा शक्तिलाई विदेशमा रोजगारीका लागि पठाउँदै छौँ ।

पञ्चायती व्यवस्थाको यही हो विकल्प । भारतीयहरुलाई युद्धस्तरमा नेपाली नागरिकता बाँडेर नेपाल नै खाली गरिरहेका छौं । मुलुक भित्रका जुनसुकै पार्टीहरु यसबेला लैनचौरका आज्ञापालक भएका छन् । देशलाई विभिन्न कोणबाट अस्तव्यस्त बनाइँदै छ । भारतीय र अमेरिकी सरकारको लागि यो चीनलाई चिढाउने, चीनप्रति घात प्रतिघातका लागि युद्ध स्थलको निर्माण गरिरहेका छौ । एम.सी.सी. नेपालको बहुमूल्य युरेनियमलाई अमेरिका सहजसँग लैजानका लागि विभिन्न पार्टीका नेताहरुलाई लोभ लालचका लड्डु खुवाएर लट्ठ पारेको स्पष्ट छ । देश यसबेला निकै संकट अवस्थामा गुज्रिरहेको छ । देशको अस्तित्वलाई कसरी निरन्तर राख्ने यो अहम् सवालको निदान पनि युद्धस्तरमा देशभक्त नेपालीले खोज्न पर्छ । देश बाँचे मात्र हामी बाँच्छौ यो अहम् सवाल नै निदान हो । 

२०८० फाल्गुण १४
तरहरा, इटहरी