अनुसन्धान, आविष्कार र प्रत्यारोपण: अमरताको खोजीमा आधुनिक विज्ञान !

अनुसन्धान, आविष्कार र प्रत्यारोपण: अमरताको खोजीमा आधुनिक विज्ञान !

सरोज ज्ञवाली  |  ज्ञानविज्ञान  |  फाल्गुन २७, २०८०

मानवको ठुलो चाहना हो मृत्यु माथि विजय गर्नु । तर प्राकृतिक नियमका कारण यो सम्भव छैन । तर अमरताको खोजीमा धेरै व्यक्तिहरू लागि परेका छन् । तर हाम्रा पौराणिक ग्रन्थहरूमा पनि अष्ट चिरञ्जीवीको उल्लेख गरेको पाइन्छ । १.हनुमानजी, २.अस्वस्थमा ३.विभिष्ण ४.परशुराम, ५.व्यास, ६.बलि, ७.कृपाचार्य र ८.मार्कण्डेय यी व्यक्तिलाई अमरत्वको वरदान छ, हालसम्म जीवित नै रहेको  विश्वास गरिन्छ ।   

आधुनिक विज्ञान पनि मानव जीवनको आयु बढाउन कोसिस गरिरहेको छ । विभिन्न अध्ययन तथा अनुसन्धान जस्तो जिन थेरापी, आधुनिक औषधी विज्ञान, अङ्ग प्रत्यारोपण, हरमोनहरुको प्रयोग गरेर मनुष्यको सरदर आयु बढाउन केही हदसम्म सफल भएता पनि पूर्ण रूपको अमरत्वको अवस्थामा पुग्न सकिरहेको छैन ।

हालको जेनेटिक विज्ञानले मानवको जिनहरूको अध्ययनबाट केही हदसम्म हालको आयुलाई लम्ब्याउन सम्भव देखिएको छ । केही अध्ययनको निचोडका आधारमा मनुष्यको आयु करिब १२० देखि १५० सम्म पुर्‍याउन सक्ने सम्भावना देखिएको छ । हाम्रो शरीरमा कोष हुन्छ र कोष भित्र डिएनए रहन्छ । जसको आधारमा हाम्रा वायोलोजिकल आयु निर्धारण हुन्छ ।  कोषहरू बन्ने र विभाजन हुने प्रक्रिया रहेको हुन्छ । कुनै पनि कोष निश्चित ५० भन्दा बढी विभाजन हुन सक्दैन र यसै अनुसार क्रमशः कमजोर हुँदै हाम्रो मृत्यु हुन्छ । यो गतिलाई सुस्त पार्न  सकिएमा र विभाजन हुने क्रमको मात्रमा बढाउन सकिएका हाम्रो आयु बढाउन सम्भव देखिएको छ । यसमा अनुसन्धान भइरहेको छ । यदि आधुनिक विज्ञानले कोषहरूको विभाजन र गतिलाई नियन्त्रण गर्न सकेमा अवश्य नै मानव जीवनको अमरताक अवस्थामा पुग्न सकिन्छ । हालको अनुसन्धानका अगाडि बढेमा, सम्भवतः अगामी १०० वर्ष भित्र मानवले अमरताको सूत्र पाउन सक्दछ छ र अमरताको अवस्था पाउन सक्नेछ । 

अमरताको खोजीमा कृत्रिम अङ्ग प्रत्यारोपण विधि नै सफल हुन सक्दछ । हामीलाई थाहा छ कि हाल मानव अङ्ग प्रत्यारोपण धेरै हदसम्म सफल भइसकेको छ । शरीरका महत्त्वपूर्ण अङ्ग जस्तो मुटु, कलेजो, मिर्गौला जस्ता अङ्गहरूको प्रत्यारोपण सफल भइसकेको छ । यस्तै प्रकारले मनुष्यको मस्तिष्क प्रत्यारोपण प्रयास भइरहेको छ र यसमा थोरै मात्रमा सफलता मिलेको छ । मुसाहरूमा प्रयोग गर्दा एउटा मुसाको मस्तिष्क अर्को मुसाको शरीरमा सफलता साथ प्रत्यारोपण भइसकेको छ । मानिसको हकमा केही केही समयको लागि भएको छ पूर्ण रूपले सफल भइसकेको छैन । 

यदि पूर्ण रूपले मस्तिष्क पनि एउटा शरीर वाट अर्को शरीरमा प्रत्यारोपण गर्न सकियो भने मानव एउटा अमरत्वको अवस्थामा पुग्न सक्दछ । सम्भवतः यो विधि पनि अगामी १०० वर्ष भित्रमा विकास हुनेछ र मानवको अमरत्वको चाहना पुरा हुनेछ । 

यस्तै प्रकारले थी–डी प्रिन्टिङ पद्धति रोबरिक विज्ञानबाट विकास भएका मानव अङ्गहरू न्यूरोलिक चिप्सहरू र एआईको विकासले मानव शरीरलाई यान्त्रिक शरीरमा परिवर्तन गर्ने छ । जसलाई आवश्यकता अनुसार नियन्त्रण तथा निर्देशन दिन सकिन्छ । जसबाट मानवलाई अमरत्वतिर अग्रसर बढाउन सम्भव देखिएको छ । 

अर्को विधि हो कृत्रिम अङ्गको प्रत्यारोपण । हालको विज्ञानको अवस्थाले मानको कृत्रिम अङ्गहरूको प्रत्यारोपण भइरहेको छ । हातखुट्टा नभएकाहरूलाई कृत्रिम हात खुट्टा विकास गरी प्रत्यारोपण गर्ने विधि । आधुनिक न्युरो साइन्स तथा कम्प्युटर विज्ञानको सहायताले यी अङ्गहरू केही हदसम्म कार्य गर्न सफल भएको छ । यसलाई धेरै जसो व्यक्तिहरू प्रत्यारोपण गरी दैनिक कार्यहरू आरामका साथ कार्य गरिरहेका छन्, भविष्यमा मानवका महत्पूर्ण अङ्गहरू मुटु, कलेजो तथा मिर्गौला पनि कृत्रिम तरिकाले विकास गरी प्रत्यारोपण गर्ने प्रयास भइरहेको छ । यदि यसमा सफलता प्राप्त गर्न सकेमा मानवको अमरत्व प्राप्त गर्ने  चाहना पुरा हुन सक्दछ ।

तर हाल आएर कम्प्युटर विज्ञान, कृत्रिम बुौद्धिकता (एआई)पुरा हुने सम्भावना देखिएको छ । हाल आएर एलन मास्कको कम्पनीबाट उत्पादित ‘ब्रेन चिफ’ सफलताका साथ मानव मस्तिष्कमा प्रत्यारोपण गरियो । यो चिफबाट न्यरोलोजीक समस्या भएका व्यक्तिहरू, केही अङ्ग काम गर्न सक्षम  भएकाहरूलाई यसको माध्यमद्वारा क्रियाशील गराउन सकिन्छ ।, मोबाइल फोन तथा कम्प्युटर जडित गाडी चलाउन सकिन्छ । 

मुख्यतः ‘ब्रेन चिफ’ दिमागमा उत्पन्न तरङगहरुलाई कम्प्युटर सिंगनन (बाईँनेरि कोड)  मा परिवर्तन गरी दिन्छ र यसलाई ब्लुटुथको माध्यमद्वारा कुनै मेसिन वा कृत्रिम अङ्गलाई  निर्देशन दिन सक्दछ ।  जसबाट मोबाइल चलाउन, पङ्खा चलाउन, घरायसी इलेक्ट्रोनिक समानहरु चलाउन  आदि कार्य गर्न सकिन्छ । त्यस्तै प्रकारले कृत्रिम अङ्गहरू पनि चलाउन सकिन्छ । हुन त कति कार्यहरू एलेक्सा जस्ता बस्तुको सहायताले पनि मौखिक निर्देशनका कार्यहरू गर्न सकिन्छ । तर ‘ब्रेन चिफ’को सफलता भनेको हामीले प्रदान गर्ने मौखिक निर्देशनलाई मानसिक निर्देशनको अवस्थामा विकास गर्ने हो । हाल यसमा केही सफलता मिले पनि भविष्यमा धेरै यान्त्रिक निर्देशन मस्तिष्क तथा मानसिक तरले हुने देखिन्छ ।  

यस्तै प्रकारले थी–डी प्रिन्टिङ पद्धति रोबरिक विज्ञानबाट विकास भएका मानव अङ्गहरू न्यूरोलिक चिप्सहरू र एआईको विकासले मानव शरीरलाई यान्त्रिक शरीरमा परिवर्तन गर्ने छ । जसलाई आवश्यकता अनुसार नियन्त्रण तथा निर्देशन दिन सकिन्छ । जसबाट मानवलाई अमरत्वतिर अग्रसर बढाउन सम्भव देखिएको छ । 

हाल आएर विज्ञानमा कोसिस भइरहेको छ, मानव रहेको बौद्धिक सङ्ग्रह तथा मस्तिष्कमा रहेको सूचना तथा बौद्धिकता कृत्रिम  माध्यमद्वारा कुनै पनि चिप्समा सङ्ग्रह गर्ने । यदि मानवको मेमोरीलाई ट्रन्सफर अथावा कृत्रिम माध्यमबाट प्रत्यारोपन गर्न सकेमा एउटा ठुलो सफलता हुनेछ । यस क्षेत्रमा केही हदसम्म सफलता मिलेको छ ।  वैज्ञानिकहरू आशावादी छन् कि मानव मस्तिष्कमा रहेका सूचना तथा सोचलाई कृत्रिम तवरले सुरक्षित गर्न सकिन्छ । 

यदि हालको आधुनिक विज्ञान मानवको मस्तिष्कमा रहेको मेमोरीलाई प्रत्यारोपण गर्न सफल भएमा कृत्रिम अङ्ग तथा रोबटिक विज्ञान तथा आधुनिक बायोलिजिकल विज्ञानबाट अमरत्वको अवस्थामा पुग्न सकिन्छ । मापनले अनुभव गर्ने भावना, सोच तथा विचारहरू मष्तिष्कबाट नै सञ्चालित छन् ।  शरीर भनेको मस्तिष्कको निर्देशन पालन गर्ने एउटा बायोलिजकल मेसिन त हो । यदि हाम्रो अनुभव तथा वुद्धिता तथा भावना कृत्रिम तरिकाले मेसिनमा प्रत्यारोपण भएका त्यो कृत्रिम मेसिन हाम्रो अर्को स्वरुप बन्न पुग्ने छ । यदि क्लोनिङ पद्धतिबाट आफ्नै मानव शरीरमा हाम्रो भावना तथा सोच प्रतिस्थापन गर्न सकिएमा, त्यो अर्को जन्म हुन्छ । मानव जीवन अमरत्वको अवस्था प्राप्त गर्न सकिन्छ ।

हाम्रो पौराणिक कथाहरूका पनि देवताहरू सोमरस भन्ने पदार्थ ग्रहण गर्दथे जसबाट उनका जीर्ण अङ्गहरू पुनः नवजीवन प्राप्त गर्दथे । फेरी उनीहरू यस अवस्थामा आइपुग्थे । यदि साँचै न विज्ञानले यस्तो पद्धति प्राप्त गर्न सकेमा पनि मानवको अमरत्वको अवस्था पाउन सक्दछ । सायद अगामी २०० वर्ष भित्र कुनै न कुनै रूपले मानवले अमरत्वको खोजी गर्दछ । पुराणहरूमा वर्णित देवत्वको अवस्था प्राप्त गर्दछ । 

तर अमरत्व कुन वर्गलाई उपलब्ध हुन्छ त ? सबै मानवलाई अमरत्व अवस्था उपलब्ध  हुँदैन । त्यस समयमा मानवलाई चार अवस्थामा वर्गीकरण गरिने छ । अल्फा लेबल: यो लेबलमा ठुला वैज्ञानिक चिन्तकहरू पर्दछन् ।  बिटा लेबलः यो लेबलमा उच्च स्तरका व्यवस्थापकहरू पर्दछन् । गाभा लेबल:ः यस स्तरमा व्यावस्थापकहरु पर्दछन् । जी लेaलः यस लेभलमा सर्व साधारण वर्ग पर्दछन् । अमरत्वको असर अल्फा, गामा तथा बिटा लेभलका समुदायलाई मात्र प्राप्त हुनेछ ।  हुन त अहिले पनि कुनै अवसरहरू तथा सुविधा यिनीहरू नै प्राप्त गर्दछन् ।  जि लेभलका मानिसहरू, जो साधारण जीवन बाँची रहेका हुन्छन् । यिनीहरू गाँस,बास,कपासमा बाँची रहेका हुन्छन् । र उनीहरू अल्फा, गामा, बिटा लेभलको निर्देशनमा जीवन गुजारी रहेका हुन्छन् । 

साधारण जी लेभलका मानिसहरू तथा पशुहरूमा मित्र हैनन् । पशुहरूमा सोच्न नसक्ने अवस्था । मानवको आवश्यकता परिपूर्ति मात्र रहेका छन् । जी लेभलका समुदायलाई साधारण बाँच्न सक्ने अवस्थामा राखेर विभिन्न भौतिक संसारमा रम्न दिएर जस्तै मनोरञ्जनका साधनहरू, खेलकुद, सिनेमा,सोसल मिडिया, भ्रमणका अवसरहरू दिएर नै हालको उच्च वर्गबाट निर्देशित छन् ।

आधुनिक विज्ञान तथा एआईको अल्फा, बिटा तथा गाभा लेभलका व्यक्तिहरू लागि हो र अमरत्वको प्राप्ति नै यिनीहरु निम्ति हो । जी लेभलका मानिसहरू जन्म र मरणको चरणमा नै गुज्रिन्छ र विश्व संसारको बारे ज्ञात नै रहँदैन । अतः हामीले आफ्नो बौद्धिक स्तर उच्च प्राप्त गर्न सके मात्र अमरत्वको महत्त्व छ । अन्यथा साधारण जीवन नै बाँचेर मरिरहेका हुन्छौँ ।