विश्वको भू–आर्थिक परिदृश्य: पुरा हुन नसकेको नेपालीको आर्थिक सपना

विश्वको भू–आर्थिक परिदृश्य: पुरा हुन नसकेको नेपालीको आर्थिक सपना

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  चैत्र २, २०८०

कुनै पनि देशको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा भू–राजनीतिक परिदृश्यले ठुलो असर पारेको हुन्छ । मुख्यतः भू–राजनीतिक भू–आर्थिक गतिविधि नै प्रमुख कारक तत्त्व हो । मुख्यतः भू–अर्थशास्त्र आर्थिक तथा भौगोलिक आधारमा निर्मित रणनीतिक मान्यताहरू हुन् । हालको विश्वमा परिवर्तित सामाजिक तथा आर्थिक गतिविधिहरू, विज्ञान र प्रविधिको विकास, सूचना तथा सञ्चार प्रविधिको विकासले गर्दा विश्वको आर्थिक अवस्थालाई नाटकीय तवरले परिवर्तन गर्दछ ।

कुनै देश आर्थिक तवरले सबल हुनुमा त्यस देशले लिएको आर्थिक एवं राजनीतिक पद्धति, भौगोलिक अवस्था प्राकृतिक स्रोत र साधनको पहुँच, देशमा विद्यमान जनशक्ति तथा विज्ञान र प्रविधिमा आधारित गरिएका अध्ययन तथा अनुसन्धान प्रमुख कारक तत्त्व हुन् ।

मुख्यतः संसारमा दोस्रो विश्वयुद्ध पछि पुँजीवाद र साम्यवादको धारणामा विश्वको राजनीतिक ध्रुवीकरण भएको पाइन्छ । हुन त कसैले समाजवाद कसैले नामकरण दिएको छ र प्रजातान्त्रिक पद्धतिलाई राजनीतिक अवधारणा प्रस्तुत गरिएको छ । तर आर्थिक तवरले सबल बन्नुमा पुँजीको अधिकतम प्रयोग गरी उदार अर्थतन्त्रको अवधारण नै महत्पूर्ण हुन पुगेको छ । कसैले चीनको आर्थिक विकासलाई कम्युनिस्ट सिद्धान्तसँग जोड्न खोज्छन् । तर वास्तविकतामा चीनको चमत्कारी विकास आर्थिक उदार पनबाट निर्मित हो न कि कम्युनिस्ट सिद्धान्तमा भएको हो । 

कम्युनिस्ट सिद्धान्तमा सामाजिक विकासको अवधारणा भएता पनि आर्थिक सिद्धान्तको अभाव देखिन्छ । त्यसै कारणले विश्वभरि करिब ५० वर्ष भित्र सम्पूर्ण कम्युनिस्ट राष्ट्रहरू पतन भए अथवा यी राष्ट्रहरूले आफूलाई समय अनुकूल आर्थिक उदारीकरण नीति अवलम्बन गरेको पाइन्छ । हालको अवस्थामा विश्वका सबै देशले आर्थिक उदारीकरणको नीति नै अवलम्बन गरेको देखिन्छ । 

भारत स्वतन्त्र भएपछि प्रजातान्त्रिक र समाजवादी सिद्धान्त अन्तरगत आर्थिक नीति अवलम्बन गरेको थियो । तर सन् १९९० मा आर्थिक दुरवस्थालाई भारतले भारतले आर्थिक उदारीकरणको नीति अन्तर्गत पुर्न जिवित हुन सफल भयो । चीनले त सन् १९७० देखि आर्थिक उदारीकरणको नीति अवलम्ब गर्दै आर्थिक तवरले सफल राष्ट्र बन्न सक्यो । अमेरिकाले त सुरु देखि नै आर्थिक उदारीकरणको नीति तथा पुँजीवादको अवधारणा अवलम्बन गरेको पाइन्छ र हाल युरोपका राष्ट्रहरूले आर्थिक उदारीकरणको नीति अवलम्बन गर्दा गर्दै पनि आर्थिक मन्दीको अवस्था व्यहोर्ने परेको छ । अतः आर्थिक समृद्धिको लागि आर्थिक उदाहरण महत्त्वपूर्ण कारक भए पनि अन्य आन्तरिक तथा बाह्य तत्त्वहरूले पनि असर गरेको हुन्छ । 

नेपालको आर्थिक विकास गर्ने सम्भावना जलस्रोत तथा पर्यटनलाई लिइन्छ । तर प्रस्ट नीति नहुँदा यसको पर्याप्त विकास गर्न सकेका छैनौ । जलस्रोतमा आधारित जलविद्युतको सपना नेपालीको धेरै अगाडिबाट देखेका छौँ । तर ५० वर्षे यात्रामा कहाँनेर चुकेका छौ । हालको वैकल्पिक क्षेत्रको विकासले गर्दा अगामी दिनमा जलविद्युत ऊर्जाको बजार भारत मात्र हो, यो यथार्थता बुझ्न जरुरी छ ।

आर्थिक समृद्धि प्राप्त गर्न देशमा रहेको प्राकृतिक स्रोतहरू पनि महत्त्वपूर्ण भूमिका खेल्दछ । मध्यपूर्वका देशहरू जस्तै साउदी अरब,युएई तथा कुवेतले प्राकृतिक तेल तथा ग्यासको बिक्रीबाट आफूलाई आर्थिक तवरले सबल बनाउन सकेको छ ।  तर इरान तथा भेनिजुयला जस्ता पेट्रोलियम पदार्थ तथा प्राकृतिक तवरले धनी देशहरू अव्यवहारिक राजनीतिक तथा कूटनीतिक परिपाटी अवलम्बन गर्दा आर्थिक समृद्धि प्राप्त गर्न सकिरहेका छैनन् । अतः प्राकृतिक तवरले धनी भए पनि भू–राजनीतिक अवस्थालाई नबुझी  अव्यवहारिक नीति अवलम्बन गर्दा असफल राष्ट्र बन्ने सम्भावना रहन्छ । अफ्रिकाका देशहरू प्राकृतिक तवरले धनी भए पनि आन्तरिक गृहयुद्धले गर्दा असफल राष्ट्र भएका छन् । 

आर्थिक तवरले सबल बन्नमा देशले विज्ञान तथा प्रविधि क्षेत्रमा गरेको लगानी, अनुसन्धान तथा व्यवस्थापन महत्त्वपूर्ण हुन्छ । इजरायलमा प्राकृतिक स्रोत र साधनको अभावमा पनि विज्ञान र प्रविधिको क्षेत्रमा उच्च सफलता प्राप्त गर्न सकेको छ । 

हाल आएर चिन तथा भारत पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा ठुलो लगानी गर्दछ, जसले अगामी दिनमा आर्थिक तवरले महत्त्वपूर्ण राष्ट्र बन्ने सम्भावना देखिन्छ । 

कुनै पनि राष्ट्र आर्थिक तवरले सबल बन्नमा त्यस देशका देश उच्च जनशक्ति पनि हो । यस क्षेत्रमा भारत अग्रणी मानिएको छ । विश्वस्तमा भारतका आइटी तथा व्यवस्थापन विज्ञ व्यक्तिहरू पनि रहेका छन् । देशमा रहेको जनसङ्ख्या पनि आर्थिक बजारको निम्ति सबल कारण र तत्त्व बन्न  सक्दछ । 

कुनै पनि देश आर्थिक तवरले सबल बन्नमा देशको भौगोलिक अवस्था पनि महत्त्व कारण हुन सक्दछ । विश्वका जलमार्गको महत्त्वपूर्ण नाका स्वेज क्यानल तथा पानामा क्यानलको भौगोलिक अवस्थाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । 

आर्थिक तवरले सम्पन्न देशले मात्र विश्वको भू–राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । अतः अगामी सन् २०५० सम्ममा केही उदयमान राष्ट्रहरू अग्रणी रुपमा आउने सम्भावना देखिन्छ । जुन देशले उच्च आर्थिक नीति र आधुनिक प्रविधिलाई आत्मसाथ गर्दछ । त्यही देश नै आर्थिक तवरले सबल हुन्छन् । र, भू–राजनीतिक तवरले प्रभावकारी हुन्छन् । 

नेपालको सन्दर्भमा हामी कहाँ चुकेका छौ ? नेपाल एउटा सानो राष्ट्र होइन, यो मझौला राष्ट्र हो र जनसङ्ख्याको आकारमा पनि विश्वको अग्रणी राष्ट्रको अवस्थामा छौँ । तर सधैँ हीन भावनाले ग्रस्त भई सानो राष्ट्र गरिब राष्ट्रको रुपमा चित्रित गर्दै आएका छौँ । 

सैद्धान्तिक रूपले नेपालको आर्थिक नीति नै अस्पष्ट छ । हामी आर्थिक उदारीकरणको रुपमा आफूलाई व्यक्त गरे पनि समाजवाद उन्मुख राष्ट्र भनेर चित्रित गर्दछौँ । जो सैद्धान्तिक रूपले मेल खाँदैन । आर्थिक तवरले उदार राष्ट्रले निजीकरण तथा खुल्ला अर्थतन्त्रको पक्षधर हुन्छ । तर देशले सधैँ अनावश्यक संस्था खोलेर तथा अव्यवहारिक गतिविधिबाट अड्चन राख्दैछौँ । देशले सञ्चार,यातायात,ऊर्जा क्षेत्रमा निजीकरणलाई आव्हान गर्दछ तर आफैँले प्रतिस्पर्धा भई कार्य गर्दछ । त्यसले गर्दा कसरी निजी क्षेत्रको विकास हुन्छ । 

दि आर्थिक तवरले सबल हुनु छ भने देशले नागरिकका आधारभूत आवश्यकता शिक्षा तथा स्वास्थ्यमा मात्र ध्यान केन्द्रित गर्नुपर्छ । अन्य संस्थाहरू जसले खाद्य, दूरसञ्चार, विद्युत्,खानेपानी, ऊर्जा तथा यातायातलाई निजी क्षेत्रलाई जिम्मा दिनुपर्दछ । सरकारले यसको निगरानी मात्र गर्ने हो । 

नेपालले उच्च जनशक्ति उत्पादन गर्न सकेमा पनि आर्थिक विकासमा मद्दत गर्दछ । तर हालको शिक्षा नीति तथा विद्यालय तथा विश्वविद्यालयको अवस्था हेर्दा अति नै टिठ लाग्दो छ ।  हामी आफूमा मै प्रस्ट छैनौ कि हाम्रो जनशक्ति राष्ट्रिय आवश्यकताको हो कि तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक जनशक्ति पुरा गर्ने खालको शिक्षा नीति जरुरी छ ।  यदि अन्तर्राष्ट्रिय आवश्यकता पुरा गर्ने हो भने त्यस अनुरूप नीति हुनु पर्दछ । 

अतः घरेलु आवश्यकता  पुरा गर्नको लागि सरकारी विद्यालय तथा विश्वविद्यालय त्यस अनुसार रुपान्तरित हुनु पर्‍यो । अन्तर्राष्ट्रिय आवश्यकता पुरा गर्नु छ भने निजी क्षेत्रलाई जिम्मा दिनु पर्‍यो ।  अन्यथा अवस्थाले हामी कहिल्यै पनि माथि उठ्दैन । 

नेपालको आर्थिक विकास गर्ने सम्भावना जलस्रोत तथा पर्यटनलाई लिइन्छ । तर प्रस्ट नीति नहुँदा यसको पर्याप्त विकास गर्न सकेका छैनौ । जलस्रोतमा आधारित जलविद्युतको सपना नेपालीको धेरै अगाडिबाट देखेका छौँ । तर ५० वर्षे यात्रामा कहाँनेर चुकेका छौ । हालको वैकल्पिक क्षेत्रको विकासले गर्दा अगामी दिनमा जलविद्युत ऊर्जाको बजार भारत मात्र हो, यो यथार्थता बुझ्न जरुरी छ । अतः राष्ट्र अनुकूल हुने गरी यस क्षेत्रमा बाह्य लगानी ल्याउन सकेमा केही हदसम्म आर्थिक प्रगति गर्न सकिन्छ । 
अर्को सम्भावना भनेको पर्यटन हो । पर्यटनमा पनि प्राकृतिक तथा संस्कृतिको मात्र सम्भावना छ । प्राकृतिक तवरले पर्यटनको विकास गर्न भौतिक विकास विना सम्भव छैन ।  ग्रिटो भौतिक संरचनाबाट कसरी प्राकृतिक पर्यटन विकास हुन्छ । संस्कृति तथा धार्मिक पर्यटन विकास गर्न धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्दछ । तर धर्म र संस्कृति माथि निषेधबाट कसरी धार्मिक तथा संस्कृति पर्यटनको विकास हुन्छ त ?

अतः नेपालको विकास गर्न उन्नत र बौद्धिक शिक्षा नीति हुन अति जरुरी छ । उदार आर्थिक नीति तथा निजी क्षेत्रलाई  सहभागी गर्न जरुरी छ । देशको हालको भ्रष्टाचार युक्त राजनीतिक परिपाटी नसुधारी  कुनै हालतमा नेपालको विकास सम्भव छैन । अतः प्रत्येक नेपालीले आफ्नो आर्थिक विकासमा ध्यान दिन जरुरी छ अन्यथा कालान्तरसम्म गरिब राष्ट्रको रुपमा हामी रहन बाध्य हुनेछौ‌ं।