निरीह नेपाल पत्रकार महासङ्घ: चौथो अङ्गको नाङ्गे झार

निरीह नेपाल पत्रकार महासङ्घ: चौथो अङ्गको नाङ्गे झार

ऋतु आशिक  |  दृष्टिकोण  |  बैशाख २१, २०८१

राष्ट्रियता प्रतिका घात प्रतिघातमा सञ्चार माध्यमहरूको मौनता

तत्कालीन राणा सरकारद्वारा गरिएको हुकुमी शासनताका पनि शारण शासनकाल भरि राष्ट्रिय अस्मिता तथा देशको सुरक्षाका सवालमा उसका अडान यस बेलाको प्रजातान्त्रिक सरकार तथा कतै काँग्रेस, कतै एमाले तथा माओवादी भन्दा राष्ट्रिय सुरक्षाको मापनमा राणा शासन नेपालको सार्वभौमिकता सवालमा उसको अडान धेरै माथि थियो भनेर भन्न सकिन्छ । 

तत्कालीन राणा सरकारले गरेका राष्ट्रियताका अडानमा यसबेला माओवादी तर्फबाट अल्पमतमा रहेको माओवादी पार्टीका मठाधीश प्रचण्डले मुलुक भित्रका ठूला पार्टीहरू एमाले र काँग्रेसलाई भारतीय सरकारका मठाधीशहरूको आडमा मुलुकमा शासन सत्ताको बागडोर हाँकी रहेका छन् । संसारमा यस किसिमको दुरुत्साहन तथा माओवादीको भेषमा उनले गरेका देशद्रोही कार्यहरूलाई क्षमा दिन सकिँदैन । राष्ट्रप्रति उनका घात प्रतिघातका सिलसिलेवार फेहरिस्तहरू खोलिँदै जाँदैछन् । 

त्रिशक्ति देशप्रति घात गर्दै 

देशप्रति घात गर्ने, देशलाई शक्ति राष्ट्रको गुलामका लागि मुलुक छेदन गरेर, देशलाई छिमेकीलाई सुम्पने घृणित क्रियाकलाप जे जति भएका छन् ती सबै कार्यहरू देशप्रति घात दृश्यले प्रष्ट बनाएको छ । यी पङ्क्ति लेखुन्जेलसम्म मुलुकमा रहेका पार्टीहरूको राष्ट्रियता प्रति उनीहरूद्वारा गरिने, उनीहरूद्वारा राष्ट्रको हितलाई सर्वोपरि राख्नुपर्ने नैतिक दायित्वलाई बिर्सेर भारतीय सरकारका हली, गोठालोप्रति आफूलाई सुपुर्दगी गर्न पुगेका छन् । मुलुक भित्रका सबै निकायहरूलाई पार्टीहरूका आदेश र उनीहरूको स्वार्थ र दलीय इच्छामा ढाल्दै, तिनीहरूलाई अपाङ्ग जस्तै बनाइएको छ । विशेषत एमाले, नेपाली काँग्रेस एवम् माओवादी आदि तथा अन्य पार्टीहरू पनि देशप्रति भन्दा पनि छिमेकीको आदेश अनुसार कार्य गर्न थालेका छन् त्यस किसिमको व्यवहारको झलक पाउन थालिएको छ । 

पत्रकार वर्गलाई राज्यको चौथो अङ्गको दर्जा 

संसारका विभिन्न भेगमा पत्रकारिता पेशामा लागेका व्यक्तिलाई सम्मान सूचक दृष्टिले हेरिन्छ र यसरी जीवन उत्सर्गका साथ लागेका व्यक्तिहरूलाई आदर, सन्मान तथा पत्रकारलाई राष्ट्रको चौथो अङ्गको रूपमा यसलाई दर्जा दिएर अङ्गीकार गरेको छ । नेपाली पत्रकारितामा देखिएका विकृति विसङ्गति तथा राष्ट्रप्रति उनीहरूको देशभक्ति भन्दा स्वार्थ परक किसिमका पत्रकारिताको अभ्यूध्यले पत्रकारको ठगी टोली जसलाई रविको भाषामा ‘१२ भइया पत्रकार’ को विभूषणले सुशोभित गराइएको छन् । उनी उसबेला १२ भइया पत्रकारहरूको नकाव उतारी रहेका थिए । ती १२ भइया स्वार्थ जडित पत्रकारहरूलाई नाङ्गे झार पार्दै ती सबैको भण्डाफोर गर्ने कार्य उनकै लागि महँगाे सावित हुँदैछ ।  

नेपाल पत्रकार महासंघ निरीह 

तत्कालीन पञ्चायती व्यवस्थाताका पत्रकारिता स्वतन्त्रता माथि अङ्कुसका कारण पत्रकारहरू ती अ‌ंकुशका विरुद्ध खुलेर नै लागेका थिए । तत्कालीन नेपाल पत्रकार महासंघको विशेष अधिवेशनको तयारीमा जुटेका पदम ठकुराठी माथि सांघातिक हमलाको विरुद्धमा देशभरिका पत्रकाहरू ऐक्यबद्धता प्रदर्शन गरिएको थियो । तत्कालीन पञ्चायतका हिमायतीका आसेपासेद्वारा चलाइएको हरकत विरुद्ध नेपाल नै जुरुक्क उठेको थियो । 

नेपाल पत्रकार महासंघ अर्थात् मुलुकभरका पत्रकारहरूको ऐक्यबद्धताका कारण नेपाल पत्रकार महासंघले आफूलाई स्थापित गर्न, पत्रकारिताका मूल्य र मान्यतालाई जीवन्त दिनका लागि पत्रकारको कलमबाट त्रसित भएकाहरूको मालिकप्रति बफादार देखाउन गरिएको हमलाले पूर्णता पाएन । पदम ठकुराठीको रगत बग्दै गर्दै, ती रगतको पृष्ठभूमिमा नेपाल पत्रकारहरू ज्यूँदो जाग्दो मिहिनेतका कारण नेपाल पत्रकार महासंघ आफ्नो पूर्णता आकार ग्रहण गरेको थियो । नेपालमा पत्रकारहरूको कलमले देश विकासका परिदृश्यमा आफ्नो–आफ्नो लेखनी श्रमका लागि मार्ग प्रशस्त गर्‍यो । तत्कालीन पदम ठकुराठी ती गोलीको मारलाई छेक्दै उहाँले नयाँ जीवन वरण गर्नुभयो ।  

देशको सार्वभौमिकताका सवाल सम्बन्धमा 

२०७० कार्तिक ७, बिहीबारका दिन उज्यालो दैनिकमा संयुक्त राष्ट्रसंघमा नेपाली स्वतन्त्र पत्रकारका तर्फबाट एउटा अपिल गरेको थिँए । ती अपीलमा रहेका पूर्ण पठ यहाँ प्रस्तुत गर्न समय सान्दर्भिक ठानेकाे छु । 

महामहिम महासचिव वान की मून 
संयुक्त राष्ट्रसंघ
महोदय,
सबभन्दा पहिला म आफ्नो परिचय यसरी दिन चाहन्छु । म माक्र्सवादी स्कूलिङबाट प्रशिक्षित भएको माक्र्सवादी आधार स्तम्भमा विश्वास गर्ने, निम्न मध्यम वर्गीय नेपाली नागरिकको रूपमा आफुलाई चिनाउन चाहन्छु । पेशाले म स्वतन्त्र पत्रकार हुँ । आफू पत्रकार हुनुभन्दा पहिला म नेपाली हुँ । राष्ट्रको हितमा राष्ट्रियताको लागि म एक्लै पनि राष्ट्रियता विरोधीसँगको मोर्चा वन्दीमा आफूलाई उभ्याउनै पर्छ । यसै मोर्चामा प्राणको आहुति दिनुपर्ने भए पनि म यसलाई आफ्नो तर्फबाट नैतिक कर्तव्य र जिम्मेवारी हो भन्ने सम्झिएको छु ।

दुई सय ५० वर्षे देखि निरन्तर राजतन्त्रले यस मुलुकमा शासन गरिरहेको थियो । हामी आफ्ना धार्मिक, साँस्कृतिक रीतिरिवाज तथा आफ्ना नेपालीत्व झल्कने चाडपर्व तथा हाम्रा सम्प्रदायका धार्मिक मान्यता आदिलाई कुशलतापूर्वक निर्वाह गरिरहेका थियौँ । उत्तर र दक्षिणतिर प्रजातन्त्रको बहावले यस मुलुकमा पनि मानवीय मूल्य मान्यताका नैसर्गिक अधिकारका लागि नेपाली जनताले आवाज बुलन्दी गरे ती आवाजलाई पञ्चायती तानाशाहीले दबायो । कतिको जीवन हरण गरियो ।

मुलुक भित्रभित्रै पञ्चायती तानाशाहको विरुद्धमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टीहरूले आफ्ना विचारका लागि आफ्ना आधारमा संगठनको सञ्जाल बनाउँदै थिए । यसबीच दुवै पार्टीका कतिपय निष्ठावान कार्यकर्ताको जीवन हरण गरियो । कतिलाई जेल सार्ने बहानामा हत्या गरियो । पञ्चायती तानाशाहका विरुद्धका स्वरहरू भित्रभित्रै भूसको आगोको रूप लियो । यो भित्रभित्रै तेजोमय रापिलो भएर आ–आफ्ना सिद्धान्त अनुरूप आफ्नो आकार बढाउँदै गएका थिए ।

तानाशाही पञ्चायती व्यवस्थाको आफ्नो ३० वर्षीय जवानी सँगसँगै अझ बाँच्ने उसका उत्कर्ष इच्छामाथि मुलुक भित्रबाटै यसको प्रतिरोधमा जनता विभिन्न ठाउँबाट इन्कलाबी गर्दै उठे । यसैको फलस्वरूप २०३६ सालमा सुधारिएको पञ्चायती व्यवस्थालाई विभिन्न हर्कत गरेर जिताउने काम भयो । आखिरमा पञ्चायती व्यवस्थालाई निर्विकल्प भन्ने गरिन्थ्यो । आखिरमा व्यवस्थाका विरुद्ध आफ्नो अभिव्यक्ति सुधारिएको पञ्चायती व्यवस्थालाई मत हालेको प्रष्ट छ । जबकि सुधारिएको पञ्चायती व्यवस्थाका विरुद्ध अभिमत दिइएको प्रष्ट भयो ।

राजा वीरेन्द्र र उनको परिवारको अपत्यारिलो हत्या प्रकरणले राजा ज्ञानेन्द्रलाई महाराजाधिराज घोषित गरियो । राजा ज्ञानेन्द्रका पूर्व जीवन पद्धतिहरू विचार गर्दा उनी व्यापारीका रूपमा राष्ट्रको ढुकुटीलाई निजी किसिमबाट प्रयोग गर्ने, राष्ट्रको सम्पत्ति दुरूपयोग गर्ने रूपमा चिनिन्छ । राजा वीरेन्द्र वंशको हत्यामा उनको मौन सहमतिले ज्ञानेन्द्रको पनि संलग्नता तत्कालै चर्चा उपचर्चा उठेको थियो । ती चर्चाको तहसम्म जाने कोसिस गरिएन । वीरेन्द्र वंशको नष्ट हुनु र त्यसको प्रत्यक्ष लाभ ज्ञानेन्द्रलाई हुनुमा यसै कागताली परेको मात्र भन्न मिल्दैन ।

मुलुक भित्र माओवादीको संलग्नतामा भएको जनआन्दोलनले उथलपुथल ल्यायो । विश्व कम्युनिष्ट आन्दोलनको आरोह अवरोधमा यसको असर विश्वका विभिन्न भेगमा हने जनआन्दोलनमा यसको प्रभाव पर्ने कुरामा दुई मत हुन सक्दैन । माओवादीले चलाएको १० वर्षे जनयुद्धको सबभन्दा सकारात्मक पाटोको भोटो प्रदर्शनको अन्तिम सत्य महामहिमलाई विदित छ ।

जातीयताको लागि एशियाको प्रयोग थलोको रूपमा यसको विकास हुँदै गइरहेको छ । यो सानो मुलुक हो । दुई ढुङ्गा बिचको तरुलका रूपमा रहेको नेपाललाई आज भोलि भारत र चीन बिचको भएर होला यसलाई ‘सेन्डवीच’ पनि भन्न सकिन्छ । सानो मुलुक भए पनि विभिन्न जातिको बाहुल्यता छ । वर्षौंदेखि एकअर्का बिचको सद्भावना एक अर्काको संस्कृतिमा मिसिँदै त्यसलाई मलजल दिदै आपसी सम्बन्धको जालोमा कसिएका थिए । पञ्चायती व्यवस्थाको पतन पछि यो सञ्जालमा भुइँचालो आएको छ । एक अर्कालाई जातीयता विरोधी संस्कारमा यसलाई हुर्काइँदै छ । आपसी वैरभावलाई मलजल दिने कार्य पनि प्रकाशमा आइरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीका पुष्पकमल दाहाल उर्फ प्रचण्डका आफ्ना क्षणिक स्वार्थको लागि पार्टीलाई विभिन्न साम्प्रदायिकमा आफूलाई टाँस्ने, आफूलाई स्थापित गर्ने गरिएको जातीयताको विषले मुलुकलाई अकारान्त बनाउनुका साथै एक अर्का प्रति वैमनस्यताको बीउ रोपिरहेको छ । जातीयताको प्रयोग भूमिको रूपमा यसलाई विकास गरिदै छ । सुडानमा भएका जातीयता दङ्गामा भएका मानव क्षतिलाई यहाँ प्रयोग गरिने सम्भावनाहरू बढेर गएको छ । जातीयता र साम्प्रदायिकताको भित्रि ‘पुट’ दिने भारतीयद्वारा प्रदत्त प्रत्येक पार्टी इस्तमाल गरिएका बिकाउ नेताको भरमार छ । राष्ट्रियता भन्दा व्यक्ति महत्वाकांक्षाका लोभीपापी, राष्ट्रियताप्रति चिन्ता नभएका घूस पैठी नै राष्ट्रको लागि झन्–झन् अभिषाप हुँदै गइरहेको छ ।

विश्वका विभिन्न भेगमा भएका जातीयता दङ्गाले राष्ट्रलाई कति कमजोर तथा राष्ट्रको विखण्डनका साथै निम्छरो बनाउँछ भन्ने कुरा सोभियत संघ, युगोस्लाभिया, सुडानमा भएका जातीयता दङ्गाको लपेटले निम्त्याएको नरसंहारबाट पनि पाठ सिक्न पर्छ भन्ने मलाई लाग्दछ ।

यसबेला मुलुकमा राष्ट्रियता खोज्नेहरू, राष्ट्रियताप्रति लगाव राख्नेहरू परिदृश्यमा छन् । शासन व्यवस्थाका आधार स्तम्भहरू आदिमा मुलुकप्रति घात गर्नेहरूको बोलवाला कायम भएको देख्न सकिन्छ । आम नेपाली जनतालाई के कुरा प्रष्ट भएको छ भने मुलुक यसबेला काठमाडौंबाट सञ्चालन भइरहेको छैन । यो मुलुकको कन्ट्रोल यसबेला दिल्लीको हातमा थामिएको छ । नेपाल र नेपाली जनताको भाग्य विधाता नेपालीकै हातमा हुनुपर्ने कुराको अवगत गराउँछु ।

न्याय व्यवस्थाको यसबेला खिल्ली उडाइएको छ । घरायसी झगडाबाट उत्पन्न भएको रिस बढेर नन्दप्रसाद र गंगामायाको छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो । पारिवारिक स्वार्थका लागि माओवादी पार्टी प्रयोग भएको छ । हत्यारालाई बचाउन पार्टीका शीर्षस्थ नेताहरू लागिपरेका छन् । कृष्णप्रसाद अधिकारीको हत्यारालाई पक्रने हो भने प्रचण्डले हामीलाई पक्रेर देखाउ त ? हाम्रै आदेशमा हत्या भएको कुरा स्वीकार्नु आदि सार्वजनिक भएका छन् । द्वन्द्वकालका नाममा एउटा निहत्था युवालाई नियन्त्रणमा लिएर हत्या गर्ने निर्देशन आफूले दिएको भन्नु नै मानवता विरोधी त्यसका विरुद्धको अपराध स्वीकारोक्ति हो ।

यस किसिमका सयकडौं व्यक्ति हत्यालाई छोप्नु, पीडित पक्षले न्याय नपाउनु, संयुक्त राष्ट्रसंघका मानव विरोधी व्याख्याको प्रतिपालन अब देशले गर्दैन भने ऊ संयुक्त राष्ट्रसंघको सदस्यको पंक्तिमा कसरी बस्छ ? यो त जङ्गली राजको कुरा भएन र ? पार्टीका नाममा जसले जे गर्न पनि छुट पाउँछ । संयुक्त राष्ट्रसंघले मानवता विरोधीलाई राज्यको संयन्त्र सूचीमा राखी रहन सुहाउँछ ? मानव विरोधी जोसुकै शिर्ष स्थानमा पुगेको नै होस् कारवाहीको निसाना बनाउन पर्छ र पीडित पक्षलाई न्याय दिलाउनका लागि आवश्यक दबाव दिनु, संयुक्त राष्ट्रसंघको दायित्वमा पर्छ भन्ने कुरा संवव्यापी मान्यता हो । यसलाई नकार्न तथा टालटुले जवाफ दिएर जिम्मेवार व्यक्तिले उम्किन तथा कुनै पनि बहाना बनाउन पाइँदैन ।

संयुक्त राष्ट्रसंघ आफ्ना सदस्य देशहरूमा त्यहाँको शासन व्यवस्थामा भएको भ्रष्ट तथा असक्षम व्यक्तिको हालीमुहाली तथा त्यसका निदानका उपायहरू पनि वडापत्रमा स्पष्ट लेखिएका छन् । हामी त्यसको प्रयोग भएको हेर्न चाहन्छौं ।

महामहिम,

दलीय प्रतिष्पर्धामा आधारमा हुने प्रजातान्त्रिक प्रणाली, लोकतान्त्रिक गणतन्त्र, वाक स्वतातान्त्रता र मानव अधिकारको प्रत्याभूति हुनु आफैँमा खराब कुरा होइन । तर मेरो मुलुक राष्ट्रियता, संरक्षण सम्वर्द्धनका सम्बन्धमा पञ्चायतकालमा आजको स्थितिभन्दा राम्रो स्वर्णकाल थियो । हो वाक स्वतन्त्रता, लेखन स्वतन्त्रताको बन्देज थियो । राष्ट्रियताको पकड आम नेपाली जनतासँगै टाँसिएर बसेको थियो म आत्मादेखि नै स्वीकार्छु । पञ्चायती व्यवस्था कालरात्री व्यवस्था थियो । तर, राष्ट्रियतालाई बाँधेर एक सूत्रमा राखेको कुरालाई नकार्न सकिन्न ।

नेकपा माओवादीका प्रचण्डद्वारा यसबेला जातीयताको खेती पश्चिमा विशेषतः क्रिश्चियन र भारतीय चासोमा गरिरहेका छन् । झट्ट हेर्दा कम्युनिष्ट ब्राण्डका देखिए पनि उनी कम्युनिष्ट विचारलाई नामोनिसान बनाउने कम्युनिष्टका कलङ्कको रूपमा उनको चेहरा प्रष्ट भएको छ । जातीयताको नाममा प्रदेशको निर्माणले मुलुकलाई झन् झन् कमजोर बनाउने, भारतीय स्थितिलाई झन् झन् मजबुत बनाउने लेण्डुपे दोर्जेका दोस्रो संस्करणको रूपमा पनि लिन सकिन्छ । संसारको कुनै पनि कम्युनिष्ट पार्टी राष्ट्रियता विघटन तथा भारतीय नागरिकलाई बेरोकटोक नागरिकता वितरणको भूमिकालाई सही ठहराउन सक्दैनन् । भारतीय नागरिकलाई बेरोकटोक नागरिकता वितरणको अहँ भूमिका खेलिएको फलस्वरूप आज यहाँका मूल नेपालीहरू विस्थापित हुँदै गइरहेका छन् । शहरी क्षेत्रबाट विस्थापित हुँदै गाउँतिर बसाइँ सर्नेको ताँती बढिरहेको छ । यसबेला शहरी क्षेत्रमा सिमाना पारिबाट आएका नयाँ नेपाली बग्रेल्ती रूप देख्न सकिन्छ ।

म्याक्ट नेपालले भनेको छ ‘यो भारतीय पत्रिका हिन्दुस्थान दैनिक अक्टुबर ५, २०१२ मा प्रकाशित समाचार र लेखको कटिङ हो । यस लेखको दोस्रो अन्तिम प्याराग्राममा यस्तो लेखिएको छ – क्यालिफोर्निया से एक अखबार निकलती है न्यूज ब्लिज । इस अखवार में सेन्ट्रल बैंक अफ स्वीटजरलैण्ड के सहायक मेनेजर हलासी वास का एक लेख छपा है कि प्रधानमन्त्री पद छोड्नेके वाद प्रचण्ड अपने साथ बाबुराम भट्टराई, हिसिला यमी और कृष्णबहादुर महरा को स्वीटजरलैण्ड ले गए थे । माओवादी नेताओ ने यहाँ एकाउन्ट खुलाया और दशअर्ब रूपैया भारतीय बैंकों से ट्रान्सफर कराएँ ।

सेन्ट्रल बैंक अफ स्वीटजरलैण्डका सहाय मेनेजर हलासी वासको स्वीकारोक्तिक सो लेखले प्रचण्ड र उनको टोलीको राष्ट्रियता र्छलङ्ग भएको छ । राष्ट्रप्रति गद्दारी गरेर नेपाली जनताको आर्जित सम्पत्तिलाई फिर्ता गरिदिनका साथै नेपालप्रति गद्दार गर्ने ती राष्ट्रद्रोहीलाई दण्ड सजायको माग गर्दछु । यी सबैप्रति सुक्ष्म अध्ययन गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउनका साथै मुलुकको प्रचलित कानुन अनुसार कृष्णप्रसाद अधिकारी जस्तै व्यक्ति हत्या गरिएका अन्य पीडित परिवारको लागि संयुक्त राष्ट्रसंघको तर्फबाट पहलदकदमीका लागि सादर अनुरोध गर्दछु ।