नयाँ घरमा सर्ने तरखरमा प्रचण्ड

नयाँ घरमा सर्ने तरखरमा प्रचण्ड

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २४, २०७७

काठमाडौं । हाल बस्दै आएको खुमल्टारस्थित घरका घरबेटी शारदा प्रसाद अधिकारीको नाम जोडेर पटक पटक आफूलाइ बदनाम गरिएको भन्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरमा सर्ने तरखरमा रहनु भएको छ ।  

एक टिभी अन्तरर्वार्तामा उहाँले सो कुरा स्पष्ट गर्नुभएको हो । 

सर्नका लागि आफू घरको खोजीमा जुटेको र छिट्टै नयाँ घरमा सर्ने पनि उहाँले अन्तरवार्तामा बताउनु भयो । 

दाहाल अहिले शारदाप्रसाद अधिकारीको खुमल्टारस्थित घरमा भाडामा बस्नुहुन्छ ।

दाहाल खुमलटारमा बस्नुअघि लाजिम्पाटमा बस्दै आएको घरलाई लिएरपनि  विवादमा पर्दै आउनु भएको थियो ।