ट्रम्प नोबेल शान्ति पुरस्कारको मनोनयनमा

ट्रम्प नोबेल शान्ति पुरस्कारको मनोनयनमा

लोकसंवाद संवाददाता  |  विदेश  |  भदौ २४, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका छन् । 

नर्वेको प्रोग्रेस पार्टीका सांसद तथा नाटो संसदीय सभाका अध्यक्ष क्रिष्चियन टाइब्रिङ गजेडले ट्रम्पलाई नोबेल पुरस्कारका लागि छानेका हुने । 

उनले इजरायल र संयुक्त अरब इमिरेड्स (युएई) बीचको शान्ति वार्तामा ट्रम्पको भूमिका रहेको भन्दै नोबेल पुरस्कारका लागि मनोनयन गरेका हुन् । टाइब्रिङले सन् २०१८ मा पनि डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि मनोनयन गरेका थिए । 

टाइब्रिङले ट्रम्पले इजरायल र युएईबीच शान्ति सम्झौताका साथै उत्तर कोरिया र इरानसँग समेत शान्तिपूर्ण वार्ताको पहल गरेको दाबी गरेका छन् । 

वैश्विक शान्ति स्थापनाका लागि ट्रम्पले ठूलो भूमिका खेलेको भन्दै नोबेल शान्ति पुरस्कारको हकदार भएको बताएका छन् ।