बीरेन्द्र बिवसी | साहित्य | भदौ २६, २०७७
कति लड्छौ देशलाई
बिसाउन एकैछिन
जिउदैमा दुङ दुङ
गनाउने छौ कुनै दिन
गर्ने काम अड्का दाम
दिन्छ घुसखोरी
सुलि चढ्नस पर्ला है होस
राखे फोहरी
देशको साख नै गिर्यो
भ्रष्टाचार चुलिएर
जागरिलो जवान खाडी
मुलुक बाटो भुलिएर
सोझा सिधा निमुखाको
घाँटी लौ थिचि थिचि
दरबार ठडिए है घरबार
मिचि मिची
सिमा नाघिसकेको छ नि
असिमित पापले
दोषिलाई अब त हौ
जोगाउदैन नाथले
हुनु नहुनु चित्र बिचित्र भयो
यो देशमा
चारैतिर भत्किएर रह्यो
नेपाल शेषमा
इटहरी, सुनसरी