काेराेनाका कारण विदेशमा अलपत्र ६१ हजार ७१० नेपालीको उद्धार

काेराेनाका कारण विदेशमा अलपत्र ६१ हजार ७१० नेपालीको उद्धार

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २८, २०७७

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धारकार्य जारी छ ।

हालसम्म गैरआवासीय नेपाली सङ्घ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७१० नेपालीको उद्धार गरिएको छ ।