विविध कारणले मृत्यु भएका ६० नेपालीकाे शव साउदीमा अलपत्र

विविध कारणले मृत्यु भएका ६० नेपालीकाे शव  साउदीमा अलपत्र

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २८, २०७७

काठमाडौं । साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ ।

साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् ।

हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३०० नेपालीहरुको शव नेपाल ल्याइएको छ ।