विदेशबाट नेपाल फर्किएकालाई सरकारले तोकेअनुसार सुरक्षाका मापदण्ड अपनाउन  गैरआवासीय नेपाली सङ्घकाे अनुरोध

विदेशबाट नेपाल फर्किएकालाई सरकारले तोकेअनुसार सुरक्षाका मापदण्ड अपनाउन  गैरआवासीय नेपाली सङ्घकाे अनुरोध

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २८, २०७७

काठमाडौं । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गर्नुभएको छ । विदेशमा पिसीआर परीक्षण गराएर नै स्वदेश जाने भए पनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा सापकोटाले आग्रह गर्नुभएको हो ।  

सङ्क्रमण जुनसुकै बेला पनि हुनसक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्नेजस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि उहाँले अनुरोध गर्नुभयो । यसका साथै स्वदेश फर्कन चाहने नेपालीलाई पनि संयमित भएर आफ्नो उडानको प्रतीक्षा गर्न र त्यसका लागि आवश्यक पिसीआर परीक्षण समयमै गर्न समेत डा सापकोटाले आग्रह गर्नुभएको छ ।