हेल्पिङ हेन्डस दाङद्वारा मास्क तथा खाद्यान्न बितरण अभियानको  सुरुवात

हेल्पिङ हेन्डस दाङद्वारा मास्क तथा खाद्यान्न बितरण अभियानको  सुरुवात

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २८, २०७७

 दाङ । हेल्पिङ हेन्डस दाङले अहिले ' हुनेले छोडेर जाउ,नहुनेले लगेर जाउ' भन्ने उदेश्य सहित फुड बैंक सुरु गरेको छ ।

तुल्सिपुरको बीरेन्द्र चोक देखि मास्क तथा खाद्यान्न बितरण एक कार्यक्रमका बिच सुरुवात गरेको हो । पछिल्लो समयमा बिश्व कोरोना महामारिबाट आक्रान्त भएकोबेला गरि खाने मजदुरहरु खान नपायर भोकै मर्न नपरोस भन्ने उद्देश्यका साथ आफ्नो संस्थाले एस्तो कार्यक्रमको आयोजना गरेकोअध्यक्ष सालिकराम गौतमले जानकारी  दिनु भयो ।

'भजन गाउने ओठ भन्दा सहयोग गर्ने हातहरु पबित्र हुन'भन्दै  हेल्पिङ हेन्डस दाङ सचिव प्रमोद रियाज अचार्यले यो अभियान थालेको बताउनु भयो ।  

निम्न आयस्रोत भएका गरिब मजदुरहरुको लागि सहयोग गर्ने सहयोगी मनहरुद्वारा खाद्यन्न सहयोग गरि आफ्नो संस्थाले चालेको अभियानलाई सफल बनाइदिन पनि स‌ंस्थाले सबै समक्ष अपिल समेत गरेको छ । 

 मास्क तथा खाद्यान्न बितरण अभियानकाे पहिलो दिन  दाल, चामल, नुन, तेल ,साबुन र मास्क सहयोग गरियको सस्थाका उपाध्यक्ष दिपेस ढकालले जानकारी  दिनुभएको छ ।