लोकसंवाद संवाददाता | समाचार | भदौ २८, २०७७
काठमाडाौँ । नेपाल अडिटर्स एशोसिएसन (अडान) को २०७७ भाद्र २७ शनिबार चौथो पूर्ण बैठक अध्यक्ष मोहन राज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको जनाइएकाे छ।
बैठक पश्चात जारी प्रेस विज्ञप्तीमा 'राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान' नारा सहित भएकाे बैठकमा महासचिब झलकमणि लम्सालले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिबेदन, कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन सुझाव सहित पारित गरेको उल्लेख छ । बैठक पश्चात महासचिव झलक मणि लम्साल बैठकले आगामी २०७७ मंसिर २० गते प्रदेश परिषद र २०७७ मंसीर २७ गते केन्द्रीय परिषद गर्ने निर्णय गरेको छ ।
बैठकमा अडानका देशभरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, बिशेषज्ञहरु, बिभिन्न समितिहरु जस्तो अनुशासन, लेखापरीक्षक, सल्लाहकार, बिशेषज्ञका संयोजक एबं सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकले बिभिन्न निर्णयहरु गर्दै पेशागत दक्षता अभिबृद्घि, बर्ग बृद्घि, गैर लेखापरीक्षकहरु माथि बन्देज गर्न, आईक्यानमा समानुपातीक प्रतिनिधित्व हुनु पर्ने, स्थानीय तथा प्रदेशमा रहेको सुचीकृत गर्नु पर्ने गलत परिपाटीको अन्त्य गर्न, बिश्वभर त्रासदीको रुपमा फैलिएको कोरोना भाईरसका कारण कोरोना महामारी रोक्न प्रभावकारी कदम चाल्न माग गर्दै बैठकले १२ बुँदे बिशेष प्रस्ताबहरु पारीत गरी नेपाल सरकार, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था, नियमनकारी निकायहरु तथा सम्बन्धीत सवैमा सोको कार्यान्वयनमा बिषेश ध्यानाकर्षण समेत गराएकाे छ ।
यस्ताे छ नेपाल अडिटर्स एशोसिएसनले ०७७ भाद्र २७ शनिबार जारी गरेको बिशेष प्रस्ताबसहितकाे प्रेस विज्ञप्ती