प्रदेश १ प्रमुख समक्ष आयोगको प्रतिवेदन पेश

प्रदेश १ प्रमुख समक्ष आयोगको प्रतिवेदन पेश

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २८, २०७७

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष  प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले आयोगको प्रथम वार्षिक प्रतिवेदन २०७६/७७  आज पेश गर्नुभएको छ  । 

प्रदेश प्रमुख अधिकारीले प्रतिवेदन ग्रहण गर्दै कोरोना जोखिमका बीचमा  पनि आयोगले प्रतिवेदन पेश गरेकामा अध्यक्षसहित आयोगमा  कार्यरत सबैमा धन्यवाद दिनुभयो । प्रदेश प्रमुखसमक्ष आयोगले वार्षिक प्रतिवेदन पेश गर्ने प्रावधान रहिआएको छ ।