महालक्ष्मी नगरपालिकाका नगर प्रमुखलाई कोरोना पुष्टि

महालक्ष्मी नगरपालिकाका नगर प्रमुखलाई कोरोना पुष्टि

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३०, २०७७

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, 'म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।'