बसन्त कुमार उपाध्याय | दृष्टिकोण | चैत १४, २०७५
झार र मसिना छेस्काहरुको मद्दतले बनाएको गुँडमा एउटा पोथी गिध्दले अण्डा पार्छे र त्यसबाट बच्चा कोरल्छे अनि एउटा गिध्दको ‘जीवन चक्र’ शुरु हुन्छ ।
केही दिन अघि इलाममा संसारमै अति संकटापन्न सूचीमा परेका गिध्दलाई वासस्थानको संकट भन्ने शिर्षकको समाचार पढेको थिएँ । सानो छँदा आकाशमा उडिरहेका गिध्दका दृश्य स्मृतिमा आएर फन्को मार्न थाले । बाल्यकालमा गिध्दका प्रजातिको बारेमा त केही थाहा थिएन् । न त नाम नै थाहा थियो । खैरो डगंर,लामो ठुँडे, सुन गिध्द र सेतो गिध्द भन्दै हामी उ चिल आयो, गिध्द आयो भनेर औंलाले चिनाउन खोज्थ्यौं ।
मानव जीवन सँगसँगै गिध्दको संरक्षण र सम्पूर्ण प्रकृतिको संरक्षण हुनुपर्ने मान्यतालाई आधार बनाएर गिध्द संरक्षण अभियान नेपालमा पनि शुरु नभएको होइन । नवलपरासी, दांग, बाँके, रुपन्देही, कास्की, कैलाली र इलाम लगायतका जिल्लाहरुमा गिध्द संरक्षणका नाममा थुप्रै एनजिओले काम गरिरहेको भेटिन्छ तर गिध्दको वासस्थान र आहारको व्यवस्थापनमा गतिलो प्रगति हुन सकेको छैन ।
‘इको सिस्टम’मा प्रकृतिमा रहेका सबै जीव जन्तुहरुको भूमिका महत्वपूर्ण हुन्छ र सबैको भूमिकबाटै सन्तुलन कायम हुनसक्छ भन्ने आवश्यकता महसुस गर्दै सन २०१०को सेप्टेम्बर २४–२६ मा पर्यटन ब्यवसायलाई समेत प्रर्वद्धन गर्ने उद्देश्यले नवलपरासीको बासा–बसाईमा ‘ गिध्द संरक्षण महोत्सव’ सम्पन्न भएको थियो । त्यस कार्यक्रममो एक सहभागिका नाताले आज यस विषयमा केही लेख्न मन लाग्यो ।
पर्यावरण, जैविक विविधताको संरक्षण, ‘इको सिस्टम’लाई सन्तुलनमा राख्न गिध्दको भूमिका महत्वपूर्ण रहने विषयमा आयोजकहरु गम्भीर देखिएका थिए नवलपरासीको उक्त तीन दिने महोत्सवमा ।
हरेक सजीवको जीवन पद्धति एक अर्काको गतिविधीबाट कुनै न कुनै रुपमा प्रभावित हुन्छ, भन्ने मान्यताका आधारमा लोपोन्मुख गिध्दको संरक्षण आवश्यक रहेको महसुस गर्देै ‘ गिध्द संरक्षण महोत्सव’ नेपालमा आयोजना गरिएको थियो ।
मरेका पशु गिध्दको आहाराको मुख्य श्रोत भएकाले मानव वस्तीको आसपासको साल र साजको वन जगंललाई गिध्दले सुरक्षित वासस्थान मान्ने गर्छ ।
नेपालमा करीव ८ देखि ९ वटा प्रजातिका गिध्दहरु सूचीकृत रहेका छन् । Long-billed or Indian vulture, Gyps indicus, the oriental white-rumped G. bengalensis and the slender-billed vultures tenuirostris. । नेपालमा सन १९९०को दशकमा पाइने गिध्दका प्रजातीहरु हुन् । तर ९०को दशककै मध्यतिरबाट गिध्दहरु लोपोन्मुख भएको अनौपचारिक तथ्यांक भेटिन्छ । तर नेपाल सरकारसँग भने यसको औपचारीक तथ्यांक छैन् ।
सन् १९९०को दशकमा विभिन्न फर्निचर बनाउन आवश्यक पर्ने प्लाइउड उत्पादनमा सिमलको रुख उपयुक्त कच्चा पदार्थका रुपमा आवश्यक पर्ने थाहा भएपछि बजार क्षेत्र र उत्पादक कम्पनीका प्रतिनिधिहरु गाउँ गाउँमा गएर सिमलका रुख खरिद गर्ने लहर नै चलेको थियो त्यो अहिलेसम्म पनि निरन्तर जारी नै छ ।
दक्षिण एशियामा झण्डै ९८ प्रतिशत गिध्द असुरक्षित अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएको छ । बढ्दो मानव बस्तीको प्रभावबाट गिध्दको मुख्य वासस्थान सिमल, साल र साजका रुखको फँडानी नेपालमा निरन्तर बढेकाले यिनीहरुको जीवन सकंटमा पर्दै गइरहेको विभिन्न सर्वेक्षणबाट ज्ञात हुन आएको छ ।
वासस्थान र आहारको अभावले गिध्दको संख्या प्रत्येक वर्ष घट्दै गईरहेको छ । प्रायः वर्षभरिमा एक वा दुई पटक मात्र प्रजनन प्रक्रियामा भागलिने गिध्दको जन्म वृद्धिदर निकै सुस्त हुन्छ । गिध्दलाई संरक्षण गर्न सक्नु ठूलो चुनौती बनेको छ । अन्तराष्ट्रिय प्रकृति संरक्षक संघले नेपालमा पाइने गिध्दलाई अति संकटापन्नको सूचीमा समावेश गराएको छ ।
पछिल्लो दशकमा सिमल र साजका रुखहरुको कटान तीव्र भएको छ । मरेका पशु– चौपाया पनि जमीनमा गाड्ने प्रचलन बढेकाले आहारा र वासस्थान नै लोप हुनुका कारण गिध्दको अस्तित्वमा संकट देखापरेको हो । साथै पशु–चौपायामा प्रयोग हुने विभिन्न औषधि जस्तै डाइक्लोफेनेक -diclofenac_पनि कारकका रुपमा लिन सकिन्छ । यस औषधिको प्रभावले गिध्दका सबै प्रजाति सकंटमा परेको अवस्था छ ।
यसरी प्रकृतिमा रहेको एउटा सजीव प्राणीको अप्राकृतिक रुपमा संख्या घट्नुले ‘इको सिस्टम’लाई नै असंतुलित बनाउने अवस्था नआउला भन्न सकिंदैन् । सन् २००२ देखि २०१० सम्मका विभिन्न अध्ययनलाई केलाउने हो भने अबको दस वर्षमा गिध्द प्रजातिको संख्या लोप हुने अनुपातमा वृद्धि हुन जाने संकेत देखिन्छ । जुन मानव जातिका लागि हितकर विषय होइन् ।
‘इको टुरिज्म’ -eco-tourism_लाई समेत टेवा पुग्नेगरी थारु समुदायको बाहुल्यता रहेको नवलपरासीको बासा–बसाई क्षेत्रमा अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था ‘रुट्स एण्ड शूट्स’ (चययतक ७ कजययतक)नेपाल च्यापटरले ‘गिध्द संरक्षण महोत्सव’को आयोजना गरेको थियो । जुन पछि गएर नेपाल सरकारको ‘इको टुरिज्म’ क्षेत्रका रुपमा सूचीकृत भयो ।
राष्ट्रसघंकालागि शान्ति दूत रही सकेका वैज्ञानिक डा.जेन गुड्लले विश्वभरिका युवालाई समेट्ने गरी स्थापना गरेको ‘रुट्स एण्ड शूट्स’ले सन २०००देखी नेपालमा पनि कार्यक्रम संचालन गरिरहेको छ । यो कार्यक्रम विश्वभरिका १ सय ११वटा देशमा विस्तारित भइसकेको छ ।
युएनडिपि अन्तर्गत ‘ग्लोबल इन्भाएरोमेन्ट फ्यासिलिटी’ -undp – global environment facility_ कार्यक्रमले ‘बर्ड कन्जरभेसन नेपाल’ लगायतका विभिन्न संघ संस्थालाई गिध्द संरक्षण कार्यक्रम सञ्चालन गर्न विभिन्न खाले सहयोग प्रदान गर्दै आइरहेको छ ।
नेपालको पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको बासा–बसाईबाट करीब ५ किलोमिटरको उत्तर चुरे पर्वतको फेदीबाट शुरुहुने खोलाको मुहान गिध्द संरक्षणका लागि संरक्षित क्षेत्र गिध्दखोलाका नामले परिचित बनेको छ । त्यहाँका स्थानीय बासिन्दाहरु गिध्द संरक्षण अभियानमा सक्रियताकासाथ जुट्नुले ‘इको सिस्टम’मा सन्तुलन आवश्यक रहेकोे सन्देश सर्वत्र गएको अनुभव गर्न सकिन्छ ।
उक्त क्षेत्रमा भ्रमणकालागि पुग्ने आन्तरिक र बाह्य पर्यटककालागि स्थानीय बासिन्दाले थारु संस्कृतिको प्रदर्शन समेत गर्ने गराउने गरेका छन् । त्यहाँ गुँड बनाएर बसेका गिध्दको अवलोकनकालागि ‘भ्यू टावर’को समेत व्यवस्था मिलाइएको छ ।
पहिलो पटक आयोजना भएको त्यस महोत्सवमा काठमाण्डौबाट पुगेका पर्यटक र सञ्चारकर्मीहरुले (कान्तिपुर टेलिभिजका सोमेस बर्मा, रिपब्लिकाकी आकाक्षां शाह, एभिन्यूज टेलिभिजनका टिका ) महोत्सव र गिध्द संरक्षणका बारेमा प्रमुखताका साथ समाचार खोज्ने र प्रकाशित गर्ने भूमिका निर्वाह गरेका थिए ।
अझै रोचक प्रसगं त के छ भने त्यस क्षेत्र वरपर मरेका पशु चौपायालाई ‘गिध्द रेष्टुरेण्टमा’ राखेर स्थानीयवासीले हरेक दिन गिध्दलाई लोभ्याईरहेका दृश्य अझै पनि मेरो स्मृतिमा ताजै छ ।
नेपालमा हालसम्म दांगको लालमटीया र विजौरी दुई स्थानमा, पोखराको गहचोकमा, कैलालीको खुटियामा, रुपन्देहीको गैडाताल र नवलपरासीको वासा वसाई क्षेत्रमा गिध्द रेष्टुरेन्ट सञ्चालनमा आएको पाइन्छ ।
नेपालको हिमाल, पहाड र तराई क्षेत्रमा प्रशस्तै पाइने विभिन्न प्रजातिका गिध्दहरुको संख्यामा ह्रास आउँदा राज्यले भरपर्दो नीति र व्यवस्थापन गर्न नसकेको देखिन्छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवको चासोमा नेपाल सरकारले शुरु गरेको चुरे क्षेत्र संरक्षण अभियानले केही हदसम्म ती क्षेत्रमा वन फँडानी रोक्ने प्रयास भएपछि गिध्दको वासस्थान सुरक्षित हुन सक्ने संभावना देखिएपनि उक्त कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढ्न नसकेको वर्तमान अवस्था छ । नेपाल पंक्षी संरक्षण संघ लगायतका सरोकारवालाहरुले गिध्द संरक्षणमा काम गरिरहेको भएपनि अझैं गिध्दको वासस्थान र आहारलाई संरक्षण गर्नुका साथै व्यवस्थापन गर्न नसकिरहेको परिस्थिति विद्यमान छ । ‘डिपार्टमेन्ट अफ नेशनल पार्क एण्ड वाइल्डलाइफ कन्जरभेसन’, ‘नेशनल ट्रष्ट फर नेचर कन्जरभेसन’ र ‘बर्ड कन्जरभेसन’ लगायतका निकायका प्रयासले गुणात्मक रुपमा प्रभावकारी काम गर्न नसकेको अध्ययनले देखाउँछ । यी निकायले सञ्चालन गरेका विभिन्न कार्यक्रम मध्ये समुदायमा गिध्दको महत्वबारे सर्वसाधारणलाई सचेत बनाउने र संरक्षण गर्नुपर्ने कारणबारे जनचेतना सहितका कार्यक्रम प्रभावकारी हुन सकिरहेका छैनन् ।
यसरी प्रकृतिमा रहेको एउटा सजीव प्राणीको अप्राकृतिक रुपमा संख्या घट्नुले ‘इको सिस्टम’लाई नै असंतुलित बनाउने अवस्था नआउला भन्न सकिंदैन् । सन् २००२ देखि २०१० सम्मका विभिन्न अध्ययनलाई केलाउने हो भने अबको दस वर्षमा गिध्द प्रजातिको संख्या लोप हुने अनुपातमा वृद्धि हुन जाने संकेत देखिन्छ । जुन मानव जातिका लागि हितकर विषय होइन् ।