जोखिम बस्तीको अनुगमन

जोखिम बस्तीको अनुगमन

लोकसंवाद संवाददाता  |  समाज  |  असोज ०१, २०७७

जुम्ला । जोखिम बस्तीको विपद् व्यवस्थापन समितिले अनुगमनसमेत गरेको थियो । तिला गाउँपालिका–७ को घोडेसिन गाउँको बीचैमा पहिरो गएपछि प्रमुख जिल्ला अधिकारी थापासहितको टोली त्यस गाउँमा गएर अनुगमन गरी बस्ती जोखिम भएको ठहर गरेको थियो । घोडेसिनमा ८० घरधुरी छन् । सोही अवस्थाकै बस्ती नाग्ममा भदौ १३ गते पहिरो गएपछि  १० जनाको ज्यान गएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढासहित प्रमुखहरुले कोभिडको सामनाका लागि बजेट थपिनुपर्ने, विनियोजन गरिएको बजेट खर्च गर्ने कार्यविधि तयार हुनुपर्नेलगायतका सुझाव दिएका थिए ।