ज्ञानमित्र | ज्ञानविज्ञान | चैत १५, २०७५
कल्पना गर्नुस अंकको ज्ञान अथवा खोजी नभएको भए मनुष्यताको हालत के हुन्थ्यो ? अंकको ज्ञान नभएको भए गणितको जन्म नै हुने थिएन ।
र, अब कल्पना गर्नुस गणितको जन्म नभएको भए मनुष्यता कुन सोपान हुन्थ्यो ?
विकासवादको अवधारणा मैले मात्र होइन, तपाईँ सबैजनाले पढेकै कुरा हो । मनुष्यसम्मको विकास प्रकृतिका विभिन्न आरोह अवरोह पार गर्दै प्राकृतिक रुपमा सम्पन्न भएकोमा किन्चित पनि शंका गर्न मिल्दैन ।
तर, आदिम मानिसदेखि आधुनिकतम मनुष्य कोटिसम्म आइपुग्न, ‘विकासको नेतृत्व प्रकृतिको मुठ्ठीबाट’ मानिसमा हस्तान्तरित भएर मात्र सम्भव भएको हो । विकासवादको प्रक्रियामा जुन दिन मानिससँग प्रश्न गर्ने क्षमता र स्मरणशक्ति उपलब्ध भयो, प्राकृतिक विकास प्रक्रिया गौण भयो । त्यस उपरान्तका सारा विकास मनुष्य आफैंले आफ्नो बुद्धिबाट(BRAIN) गरेको हो ।’
‘क्वाण्टम फिजिक्स’ले भन्छ, ‘एटम’ भित्र इलेक्ट्रोन, न्युट्रोन प्रोटोन, न्युक्लियस भएर पनि ९९.९९९९९ प्रतिशत रिक्त स्थान हुन्छ । र, यो रिक्त स्थान ‘इनर्जी’ हो । इलेक्ट्रोन यो रिक्त स्थानभरि जहाँ पनि हुन्छ । इलेक्ट्रोनले ‘एटम’ को सम्पूर्ण रिक्त स्थानमा ‘इलेक्ट्रोन क्लाउड’ बनाउँछ । जुन समय, जुन बेला पनि इलेक्ट्रोन ‘एटम’ भित्र जुनसुकै ठाउँमा पनि उपस्थित रहेको हुन्छ । क्षमा गर्नुृहोला, मैले ‘ईस्यावास्यमिद्मसर्वम्’ जस्तो आध्यात्मिक कुरा गरेको होइन् । ‘एटम’ को ‘क्वाण्टम मोडल’को चर्चा गरेको हुँ ।
विज्ञान विषयक चर्चामा म मन (MIND) शब्द प्रयोग गर्न उपयुक्त ठान्दिन । यसको सम्यक जबाफ मसँग छैन । मनको अस्तित्व म न त स्वीकार गर्न सक्छु र मनको अस्तित्व नै अस्वीकार गर्न सक्ने योग्यता पनि मसँग छैन ? ‘क्वाण्टम फिजिक्स’ को अति थोरै अध्ययनले पनि कुनै विषयमा ठोस एवम एकदमै स्पष्ट मान्यता व्यक्त गर्ने मेरो शास्त्रीय सोचमा (क्लासिक फिजिक्स) परिमार्जन भएको छ । ‘क्वाण्टम फिजिक्स’ले भन्छ, ‘एटम’ भित्र इलेक्ट्रोन, न्युट्रोन प्रोटोन, न्युक्लियस भएर पनि ९९.९९९९९ प्रतिशत रिक्त स्थान हुन्छ । र, यो रिक्त स्थान ‘इनर्जी’ हो । इलेक्ट्रोन यो रिक्त स्थानभरि जहाँ पनि हुन्छ । इलेक्ट्रोनले ‘एटम’ को सम्पूर्ण रिक्त स्थानमा ‘इलेक्ट्रोन क्लाउड’ बनाउँछ । जुन समय, जुन बेला पनि इलेक्ट्रोन ‘एटम’ भित्र जुनसुकै ठाउँमा पनि उपस्थित रहेको हुन्छ ।
क्षमा गर्नुृहोला, मैले ‘ईस्यावास्यमिद्मसर्वम्’ जस्तो आध्यात्मिक कुरा गरेको होइन् । ‘एटम’ को ‘क्वाण्टम मोडल’को चर्चा गरेको हुँ ।
यस मोडलले भन्छ, ‘एटम ९९.९९९९९ प्रतिशत रिक्त वा ‘इनर्जीले भरिपूर्ण हुन्छ । पदार्थ जस्तो केही ०.००००१ प्रतिशत मात्रै हुन्छ । ‘एटम’को संरचनामा जुन झण्डै झण्डै पदार्थगत रुपमा (materially) केही पनि होइन (just about nothing) ।
‘हामीले त जहाँ पनि पदार्थ मात्र देख्छौं ! सूर्यदेखी पृथ्वी हुँदै आदि यावतका ग्रह, उपग्रह, ऐस्टेरायड, कमेट’... सबै त पदार्थ कै रुप हुन । अनि यसमाथि विज्ञान भन्छ, पदार्थ जस्तो झण्डै झण्डै केही पनि हुन्न (there is just nothing materially)
लेखको थालनी अंक चर्चाबाट गरेको थिएँ । अंकबाट गणित र गणितबाट विज्ञानको यात्रा प्रारम्भ भयो । विज्ञानले खोज्दै जाँदा पायो, ‘प्रकृति गणित कै प्रबन्धमा बाँधिएको छ ।’ र, सम्पूर्ण गणित अंक कै खेल हो, विस्तार हो । ‘एटम’ देखि ठूल्ठूला ताराहरु सबै गणितीय नियममा छन्दबद्ध छन् ।
हाम्रो सौर्यमण्डल कै चर्चा गरौं । समस्त सौर्यमण्डलको ९९.८ प्रतिशत द्रव्यमान सूर्यसँग छ । बाँकीको सारा सौर्यमण्डलसँग जम्मा ०.२ प्रतिशत द्रव्यमान मात्रै छ । यही ०.२ प्रतिशतमा अनेकौं ग्रह, उपग्रह र समस्त खगोलीय पिण्ड आउँछन ।
सौर्यमण्डलका समस्त पिण्डहरु मध्ये पृथ्वीमा मात्र जीवन छ । पृथ्वीमा मात्र जीवन हुनुको पछाडि पनि गणित कै, अंक कै गणितीय खेल हो कि ?
सूर्यसँग पृथ्वीको दुरी ‘ह्याभिटेवल जोन’ मा हुनु जीवनका लागि अनिवार्य शर्त हो । अन्य कुनै पनि ग्रहले यो शर्त पुरा गर्दैनन् । बुध, शुक्र धेरै नजिक छन भने मंगल, वृहस्पति, शनि लगायतका सबै ग्रह धेरै टाढा छन् ।
हामी बसेको पृथ्वीसँग एउटा अंक गणितीय रहस्य पनि छ । त्यो अंक हो नम्बर पाँच ।
अंक पाँच:
सौर्यमण्डलमा रहेका सबै ग्रहमध्ये आकारका हिसाबले पृथ्वी पाँचौ नम्बरमा पर्छ । सबैभन्दा ठूलो ग्रह वृहस्पति को व्यास १३९८२२ किमि छ, पृथ्वीभन्दा झण्डै ११ गुना ठूलो । पृथ्वी जस्ता १३२१ संरचना अट्न सक्छन वृहस्पति ग्रहमा ।
दोस्रो ठूलो ग्रह शनि हो, यसको व्यास १२०५३६ किमी छ । शनिभित्र ७६४ पृथ्वी अट्न सक्छन ।
तेस्रो नम्बरमा अरुण ग्रह आउँछ । यसको व्यास ५१११८ किमि छ । यसभित्र ६३ वटा पृथ्वी जस्ता संरचना अट्न सक्छन ।
चौथो नम्बरमा वरुण ग्रह रहेको छ, यसको व्यास ४९५२८ किमि छ । वरुणभित्र ५७ वटा पृथ्वी अटाउन सक्छन ।
पाँचौ नम्बरको ग्रह पृथ्वी हो, यसको व्यास १२७४२ किमि रहेको छ ।
पृथ्वीपछि छैठौ नम्बरमा शुक्र १२१०३ किमि, सातौं नम्बरमा मंगल ६७९२ किमि र आठांै नम्बरमा अर्थात सबै भन्दा सानो ग्रह बुध हो । यसको व्यास ४८८० किमि रहेको छ ।
सौर्यमण्डलको सबैभन्दा ठूलो चन्द्रमा बृहस्पति ग्रहको परिक्रमारत ‘गैनीमिड’ हो, यसको व्यास ५२६२ किमि छ । दोस्रो ठूलो चन्द्रमा शनिग्रहको परिक्रमा गर्ने ‘टाइटन’ हो, यसको व्यास ५१५० किमि छ । यी दुबैवटा चन्द्रमा बुधग्रहभन्दा आकारमा ठूला छन । यसैगरी वृहस्पति ग्रहकै अर्को चन्द्रमा ‘कैलिस्टो’को व्यास ४८०६ किमि छ । चौथो नम्बरको ठूलो चन्द्रमा पनि वृहस्पति ग्रहकै परिक्रमा गर्छ । ‘आयो’ नाम रहेको यस चन्द्रमाको व्यास ३६४२ किमि छ । पृथ्वी ग्रहको चन्द्रमा आकारका दृष्टिकोणले सौर्यमण्डलको पाँचौ नम्बरमा आउँछ । ३४७६ किमि व्यास भएको चन्द्रमा आकारका दृष्टिकोणले सौर्यमण्डलको पाँचौ नम्बरको ठूलो ग्रह पृथ्वीको जस्तै पाँचौ अंकमा पर्छ ।
सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुध नै हो । यम ग्रहलाई ग्रहको दर्जामा राखिएको छैन । बुध भन्दा आकारमा सानो हुने पिण्डलाई क्षुद्र ग्रह भनिन्छ । यमको व्यास २३७६ किमि मात्रै छ । यसलाई क्षुद्र ग्रह मानिन्छ ।
जस्तो कि तपाईँलाई थाहा छ, सबै ग्रहको परिक्रमा गर्ने पिण्डहरु पनि हुन्छन् । बुध र शुक्र बाहेकका ग्रहको । ग्रहको परिक्रमा गर्ने यी पिण्डलाई उपग्रह भनिन्छ । पृथ्वीसँग एउटा मात्र प्राकृतिक उपग्रह छ । जसलाई चन्द्रमा भनिन्छ । तर अन्य ग्रहहरुसँग थुप्रै प्राकृतिक उपग्रह (चन्द्रमा) रहेका छन् ।
मंगल ग्रहका दुईवटा चन्द्रमा फोबोस र डिमोस छन् । वृहस्पति ग्रहको परिक्रमा गर्ने चन्द्रमाको संख्या ७९ रहेको छ । शनिग्रहसँग ६२ वटा चन्द्रमा छन । अरुण ग्रहको परिक्रमा गर्ने चन्द्रमाको संख्या २७ रहेको छ । यसैगरि वरुणसँग १४ वटा चन्द्रमा, क्षुद्रग्रह यमसँग ५ वटा चन्द्रमा रहेका छन् । अन्य क्षुद्र ग्रहसँग रहेका ज्ञात अन्य चन्द्रमाको गणना गर्दा सौर्यमण्डलमा चन्द्रमाको संख्या झण्डै दुई सय रहेको छ ।
अब यहाँ विचित्रको अर्को गणितिय संयोग फेला पर्छ । जसरी सबै ग्रह मध्ये आकारका हिसाबले पृथ्वी पाँचौ नम्बरमा पर्छ । पृथ्वीको उपग्रह चन्द्रमा पनि आकारका दृष्टिकोणले सौर्यमण्डल भरिरहेका २०० चन्द्रमा मध्ये आकारमा पाँचौ नम्बरमा नै पर्छ ।
सौर्यमण्डलको सबैभन्दा ठूलो चन्द्रमा बृहस्पति ग्रहको परिक्रमारत ‘गैनीमिड’ हो, यसको व्यास ५२६२ किमि छ । दोस्रो ठूलो चन्द्रमा शनिग्रहको परिक्रमा गर्ने ‘टाइटन’ हो, यसको व्यास ५१५० किमि छ । यी दुबैवटा चन्द्रमा बुधग्रहभन्दा आकारमा ठूला छन ।
यसैगरी वृहस्पति ग्रहकै अर्को चन्द्रमा ‘कैलिस्टो’को व्यास ४८०६ किमि छ ।
चौथो नम्बरको ठूलो चन्द्रमा पनि वृहस्पति ग्रहकै परिक्रमा गर्छ । ‘आयो’ नाम रहेको यस चन्द्रमाको व्यास ३६४२ किमि छ ।
पृथ्वी ग्रहको चन्द्रमा आकारका दृष्टिकोणले सौर्यमण्डलको पाँचौ नम्बरमा आउँछ । ३४७६ किमि व्यास भएको चन्द्रमा आकारका दृष्टिकोणले सौर्यमण्डलको पाँचौ नम्बरको ठूलो ग्रह पृथ्वीको जस्तै पाँचौ अंकमा पर्छ ।
पाँच अंकको यो रमाइलो सामञ्जस्य फगत संयोग हो वा प्रकृतिको कुनै अज्ञात रचनाधर्मिता ! यसबारे विज्ञानलाई अहिलेसम्म केही ज्ञात हुन सकेको छैन ।
याे पनि
विराट अंकः मान्छेलाई गन्न असहज, विज्ञानलाई सहज
पृथ्वीको अभूतपूर्व सुरक्षा कवच, वृहस्पति ग्रह नभएको भए हाम्रो जीवन धरापमा हुन्थ्यो
मंगलग्रहबाट आजका दिन रेडियो सन्देश आउन कति मिनेट लाग्छ
अब पृथ्वीभरी सूर्य,२०२५ सम्ममा पृथ्वीमै पहिलो सूर्य निर्माण हुनेछ