निजी विद्यालय शिक्षकहरुद्वारा  आन्दोलनकाे घोषणा

निजी विद्यालय शिक्षकहरुद्वारा  आन्दोलनकाे घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  असोज ०४, २०७७

काठमाडौँ । आफूहरुले तलब र सुविधा प्राप्त नभएको जनाउँदै निजी (संस्थागत) विद्यालय शिक्षक युनियन (इस्टु)ले दशबुँदे माग राखी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सो सङ्गठनले यही असोज ९ गतेसम्म सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपािलकामा पुनः ज्ञापनपत्र बुझाउने र प्याब्सन, एनप्याब्सनलाई स्मरणपत्र पनि बुझाउने इस्टुका अध्यक्ष होमकुमार थापाले बताउनुभको छ ।

निजी विद्यालयमा काम गर्ने शिक्षक/कर्मचारीलाई अहिलेसम्मको खाइपाई आएको तलबसुविधा यथाशक्य चाँडो प्रदान गर्नुपर्ने तथा निश्कासित शिक्षक तथा कर्मचारीलाई पुनःबहाली गरी काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने सङ्गठनको माग  छ ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षक/कर्मचारीका अधिकार सुनिश्चित गरिनुपर्ने र ऐननियम र कानूनमा भएका प्रावधान अक्षरशरु पालना गरिनुपर्ने बताउनुभयो ।