लोकसंवाद संवाददाता | समाचार | असोज ०६, २०७७
बागलुङ । बडिगाड गाउँपालिका–२ राक्सेमा सोमबार साँझ खसेको पहिराले अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालनमा आएको छ । स्काभेटर लगाएर पहिरा पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा आएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभयो । लोकमार्ग अवरुद्ध भएपछि सदरमुकाम बागलुङ बजार हुँदै जिल्लाको पश्चिमतर्फ चल्ने सवारीसाधन बीचमै रोकिएका थिए ।
पहिराका कारण स्थानीयवासी दुर्गा अर्याल, जीतबहादुर विक, धनबहादुर थापा, वीरबहादुर घर्ती र गोविन्द अधिकारीको घरमा आंशिक क्षति पुगेको छ । घरमा बस्न जोखिम भएपछि पाँचै परिवारले छिमेकीकोमा आश्रय लिइरहेका छन् ।