लोकसंवाद संवाददाता | समाचार | चैत १६, २०७५
अष्ट्रेलियाको मेलबर्न पार्कमा रहेको एउटा ताल आफैँ गुलाबी भएपछि तस्बिर खिच्ने पर्यटकहरूको घुँइचो लागेको छ ।
मेलबर्नको वेस्टगेटमा रहेको यो मानवनिर्मित ताल हालै गुलाफी बनेको हो
चर्को घाम, कम बर्षा र बढ्दो तापक्रमका कारण पानीको रङ्ग गुलाफी भएको बताइएको छ
त्यस्तो अवस्थामा तालमा रहेका लेउले ‘बेटो कारोटेन’ भनिने रातो रङ्ग उत्पादन गर्छ
गुलाफी रङ्गका कारण सन् २०१३ देखिनै पर्यटकहरू यहाँ झुम्मिन थालेका हुन ।
पर्यटकहरूले तालको रङ्गलाई पृष्ठभूमिमा राख्दा राम्रो देखिने गरि लुगाको रङ्ग समेत छान्ने गरेका छन् ।
अष्ट्रेलिया, स्पेन, क्यानडा र सेनेगलका अन्य तालहरूमा पनि पानी गुलाफी हुने गर्दछ ।
साभार बिबिसि नेपाली सेवा