पृथ्वीजस्तै अर्को पनि पृथ्वी

पृथ्वीजस्तै अर्को पनि पृथ्वी

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  चैत १७, २०७५

ट्रैप्पिस्ट —१, सूर्य जस्तै हामी बसोबास गर्ने ‘मिल्की वे’ नामक आकाशगंगाको एउटा अर्को सदस्य हो । खगोलीय पिण्डहरुमा यसको संरचना सूर्य जस्तै हो । भनौ यो हाम्रो सूर्य जस्तै अर्को सूर्य अथवा तारा हो ।  

 ट्रैप्पिस्ट —१ को  हामी बसेको पृथ्वीबाट दूरी ३९.५ प्रकाशवर्ष रहेको छ । 

प्रकाश वर्ष भनेको प्रकाशले एक वर्षमा तय गर्ने दुरी हो । प्रकाश एक सेकेण्डमै २ लाख ९९ हजार ७ सय ९२ किलोमिटर दुरी तय गर्छ । यही गतिले एक वर्षमा प्रकाशले तय गर्ने दुरीलाई एक प्रकाश वर्ष भनिन्छ । 

आकारमा हाम्रो सूर्य भन्दा निकै सानो अथवा हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पति (जुपिटर) भन्दा अलिक ठूलो यस ट्रैप्पिस्ट —१ को खोज १९९९ मा भएको थियो । 

२०१५ मा बेल्जियमको ‘यूनिभर्सिटी अफ लेज’ का बैज्ञानिक माइकल गिलोनले चिलीको ‘ला सिला अव्जरभ्याट्री’ मा शोध गर्दै यसको परिक्रमा गर्ने पृथ्वी जस्तै तीन वटा ग्रह पत्ता लगाएका थिए । यस खोजलाई नासाको २००३ मा प्रक्षेपण गरिएको ‘स्पित्जर स्पेश टेलिस्कोप’ र चिलीकै ‘केरो प्यारनाल’ पर्वत श्रृखंलाको २ हजार ६ सय ३५ मीटर ऊचाईमा रहेको ‘भेरी लार्ज टेलिस्कोप’ ले अगाडी बढाए । र आफ्नो निष्कर्षलाई २२ फेब्रुअरी २०१७ का दिन नासाले पत्रकार सम्मेलन गरी घोषण गर्‍यो । 

आधुिनक विज्ञानले हाम्रो सौर्यमण्डल बाहिर अर्को सौर्यमण्डल रहेको पत्ता लगायो । ट्रैप्पिस्ट —१ ताराको परिक्रमा गर्ने ग्रहको संख्या बढेर सात हुन पुग्यो । झण्डै हाम्रो सौर्यमण्डलको हाराहारीमा  । 
विज्ञान जगतमा कौतुहल र खलबली मच्चिनु स्वभाविक नै थियो । संसार भरीका पत्रपत्रिकाले यस खबरलाई प्रमुखताका साथ छापे । ट्रैप्पिस्ट —१ का सातैवटा ग्रहलाई आ–आफ्नो कक्षको

परिक्रमाको अवधि बढोत्तरीका आधारमा बि.सि.डि.ई.एफ.जि.एच. नामाकरण गरियो । यो एउटा ठूलो उपलव्धी यस अर्थमा छ, मानवताको इतिहासमा हाम्रो सूर्य र उसको सौर्यमण्डल बाहेक कुनै अर्को सूर्य (ट्रैप्पिस्ट —१) र सौर्यमण्डल बारे ज्ञात हुन आएको यो पहिलो अवसर थियोे । 

माइकल गिलोनका अनुसार ‘यो तारा सानो र चिसो छ’ । यसले यो जनाउँछ कि यी सातवटै ग्रहको तापमान समशीतोष्ण हुन सक्छ । अर्को अर्थमा त्यहाँ पानी द्रव रुपमा पाउने सम्भावना बलियो छ र वैज्ञानिकहरुको सर्वाधिक चासोको विषय यी मध्ये कुनै ग्रहको सतहमा जीवन पनि विद्यमान हुन सक्ने रहेको छ । 

ट्रैप्पिस्ट —१ सानो र कम प्रकाशित तारा हो । तारा जति बढी प्रकाशित हुन्छ टेलिस्कोपबाट उसको अध्ययन गर्न त्यति नै जटिल हुन्छ । यस नयाँ खोजको बारेमा वैज्ञानिकहरु उत्साही हुनुको अर्को कारण यो पनि छ यी ग्रह झण्डै पृथ्वीका आकारका छन र यी मध्येका तीनवटा ग्रह पारम्परिक आवासीय क्षेत्र (गोल्डीलाक जोन अथवा ह्याभिटेबल जोन) भित्र छन । जसले गर्दा यी ग्रहको सतहमा पर्याप्त वायुमण्डलीय दवावका कारण पानी पाइने सम्भावना झनै बलियो छ  । 

ट्रैप्पिस्ट —१ सानो र कम प्रकाशित तारा हो । तारा जति बढी प्रकाशित हुन्छ टेलिस्कोपबाट उसको अध्ययन गर्न त्यति नै जटिल हुन्छ । यस नयाँ खोजको बारेमा वैज्ञानिकहरु उत्साही हुनुको अर्को कारण यो पनि छ यी ग्रह झण्डै पृथ्वीका आकारका छन र यी मध्येका तीनवटा ग्रह पारम्परिक आवासीय क्षेत्र (गोल्डीलाक जोन अथवा ह्याभिटेबल जोन) भित्र छन । जसले गर्दा यी ग्रहको सतहमा पर्याप्त वायुमण्डलीय दवावका कारण पानी पाइने सम्भावना झनै बलियो छ ।

माइकल गिलोन भन्छन, यी सबै ग्रह एक अर्काका नजीकमा छन, साथै आफ्नो तारासंग पनि यिनको दूरी बढी छैन । यो तारा र यसका ग्रहहरुको स्थिति झण्ढै बृहस्पती ग्रह र उसका चन्द्रमासंग मिल्दोजुल्दो छ । ग्रहको ज्ञात द्रव्यमान अनुसार यी ग्रहको सतह ठोस चट्टानबाट बनेको हुन सक्छ  । बृहस्पती अथवा शनि ग्रह जस्तो गैसीय होइन । 

 ट्रैप्पिस्ट —१ शीतल वामन तारो(अल्ट्रा कूल ड्राफ)  हो । सूर्यको तुलनामा यसको ‘द्रब्यमान’ ८% र रेडियस ११% मात्र छ । २ हजार ५ सय ५० केल्विन तापमान र जम्माजम्मी ५० करोड वर्ष आयु रहेको अनुमान गरिएको छ ट्रैप्पिस्ट —१ को । यसको तुलनामा हाम्रो सूर्यको आयु ४.६ अरब वर्ष र सतहको औसत तापमान ५ हजार ६ सय केल्विन छ । वैज्ञानिकहरुका अनुसार यो तारा अहिले आफ्नो शैशवावस्थामा छ । यसले यति विस्तारै हाइड्रोजन दहन गर्छ कि आउने १००,०००,०००,०००,०००,०००,००० वर्ष भन्दा पनि बढी समयका लागी यसको हाइड्रोजनको भण्डारण पर्याप्त हुन्छ । संक्षेपमा यसरी बुझ्न सकिन्छ यसको आयु हाम्रो सूर्य भन्दा ६०० गुना बढी छ । अहिले यसको वरिपरी जीवन नभएपनि आउने समयमा यहाँ जीवन विकसित हुने पूरापूर सम्भावना छ । यो तारा चिसो भएपनि ग्रहहरु नजिक भएका कारण ग्रहको सतहको तापमान पृथ्वी माफिक नै छ । हाम्रो सौर्य मण्डको संरचनामा रहेको बुध ग्रह र  सूर्यसंगको दूरीमै सबै ग्रह अवस्थित छन । एक ग्रहबाट अर्को ग्रहको आकार पृथ्वीबाट देखिने चन्द्रमा जत्तिकै हुन्छ । तर सबै ग्रहमा प्रकाशको कमी र ‘इन्फ्रारेड’ विकिरणले गर्दा ‘भिजुआलिटि’ भने पृथ्वीमा हुने सूर्यास्त झैं हुन्छ । 

यी सबै ग्रहको खोजी संक्रमण विधिबाट (ट्रांजिट फोटोमैटरी) भएको हो । यो विधि अप्रत्यक्ष विधि अन्र्तगत आउँछ । जब कुनै ग्रह आफ्नो मातृताराको अगाडिबाट ट्रांजिट/संक्रमण÷ग्रहण गर्छ तब उसले मातृताराको प्रकाशलाई सानो रुपमा भएपनि छेकी दिन्छ । प्रकाशमा आएको यो कमीले वैज्ञानिकहरुलाई त्यहाँ कुनै ग्रह उपस्थिति रहेको ज्ञात हुन आउँछ । यसै विधिद्वारा खगोलविदहरुले ग्रहको आकारबारे पनि थाहा पाउन सक्छन् । 

पत्ता लागेका यी सातवटा ग्रह मध्ये पाँचवटा ग्रह बी.सी.ई.एफ.र जी. आकारमा पृथ्वी जत्रै छन भने डि.र एच. मंगल ग्रह भन्दा ठूलो एवं पृथ्वी भन्दा सानो रहेका छन । यी सबै ग्रहमा एक वर्षको समय भने पृथ्वीको तुलनामा अत्यन्त छोटो अवधिको हुन्छ । सबै भन्दा छोटो अवधि भएको ग्रहमा हाम्रो पृथ्वीको मात्र डेढ दिनको एक वर्ष हुन्छ । अन्यमा ग्रहहरुमा भने सबैभन्दा बढी १२.३ पृथ्वी दिनको एक वर्ष हुन्छ । 

के पृथ्वीका मानिस यी ग्रहहरुसम्म पुग्न सक्छन ? ३ सय ७८ ‘ट्रिलियन’ किमी. टाढा रहेका यी ग्रहसम्म पुग्न अहिले सम्मको सबैभन्दा वेगले गति गर्ने भोयागर यान (६२१४० किमी÷घण्टा) लाई ७ लाख ९ हजार ५ सय ६० वर्ष लाग्नेछ । हाम्रो सूर्यबाट उत्सर्जित प्रकाशलाई पृथ्वीसम्म आउन ८ मिनेट २० सेकेण्ड लागेझैं ट्रैप्पिस्ट —१ बाट प्रकाशलाई पृथ्वीसम्म आउन ३९.५ वर्ष लाग्छ । भविष्यमा विज्ञानले ‘वार्महोल’ को खोज गर्न सकेको खण्डमा मात्रै यी ग्रहसम्मको यात्रा सम्भव हुन सक्छ होला ।  

याे पनि

विराट अंकः मान्छेलाई गन्न असहज, विज्ञानलाई सहज

पृथ्वीको अभूतपूर्व सुरक्षा कवच, वृहस्पति ग्रह नभएको भए हाम्रो जीवन धरापमा हुन्थ्यो

मंगलग्रहबाट आजका दिन रेडियो सन्देश आउन कति मिनेट लाग्छ

अब पृथ्वीभरी सूर्य,२०२५ सम्ममा पृथ्वीमै पहिलो सूर्य निर्माण हुनेछ

जीवनमा पाँच अंकको महत्व, पृथ्वी र चन्द्रमा मै अंक रहस्य