लोकसंवाद संवाददाता | कारोबार | असोज १८, २०७७
काठमाडाैं । स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने २०० ले बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनमा पनि प्रतितोला २०० रुपैयाँ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९३ हजार ८०० रुपैयाँ मा कारोबार भएकामा आज ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीमा प्रतितोला पाँच रुपैयाँ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार १७५ रुपैयाँ रहेको चाँदी आज भने एक हजार १८० रुपैयाँ मा पुगेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा तिब्र उतारचढाव भइरहेको छ ।