लोकसंवाद संवाददाता | समाचार | असोज १८, २०७७
जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सोती घटनाका पीडित परिवारसँग आज भेट गर्नुभएको छ ।
सो अवसरमा उहाँले पीडित परिवारलाई सरकारले राहत दिने निर्णय गरिसकेको जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले पीडितलाई न्याय दिन प्रतिबद्ध भएको बताउनुभयो ।