लोकसंवाद संवाददाता | समाचार | असोज २२, २०७७
काठमाडौं । त्रिभुवन विश्व विद्यालय, नेपाली केन्द्रीय विभाग, किर्तिपुरमा कार्यरत नेपाली विषयका प्राध्यापक खगेन्द्र लुइँटेल विरुद्ध 'अदालतकाे अबहेलना' मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
बमकुमार श्रेष्ठको एकल इजलाशले जारी आदेशमा विद्वान अधिवक्ताहरु श्री रत्नकुमार खरेल र मुकुन्द प्रसाद भट्टराईले गर्नुभएको बहसमा निवेदकको माग बमोजिम सजाय किन नहुनु पर्ने हो सो को कारण खुलाई ७ दिनभित्र आफैं उपस्थित भै लिखित जवाफ पेश गर्न भनिएको छ ।
लुईटेल विरुद्ध अदालतको अवहेलना मुद्दामा यो कारण देखाउ आदेश जारी गरेको हो ।