आन्दोलनका सबै कार्यक्रम फिर्ता

आन्दोलनका सबै कार्यक्रम फिर्ता

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असोज २५, २०७७

काठमाडाैं । नेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । सङ्घले सरकार र अनशनरत डा गोविन्द केसीका बीच गए राति आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जनाएको छ । 

सङ्घले आज देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र  कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो ।  सङ्घका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा  केसी पक्षबीच सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जानकारी दिनुभयो ।