दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या

दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या

लोकसंवाद संवाददाता  |  समाचार  |  असोज २६, २०७७

वाग्मती  । वाग्मती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या देखिएको छ । 

मन्त्रालयका अनुसार विभिन्न पदमा विभिन्न सेवा, समूह र उपसमूह  तर्फका गरी कूल ५५ कर्मचारीको दरबन्दी रहे पनि हाल ३४ जनामात्र कर्मचारी कार्यरत छन् । दरबन्दीअनुसार कर्मचारी नहँुदा थोरै कर्मचारीले कार्यालयको सबै काम सम्पादन गनुपर्दा समस्या भएको मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिनुभयो । 

मन्त्रालयका अनुसार हाल इन्जिनीयरतर्फ विभिन्न सेवा, समूह र उपसमूहमा गरी १६, शाखा अधिकृत तीन, सिनियर डिभिजन इन्जिनीयर ९सिभिल० एक र उपसचिव ( सामान्य प्रशासन) तर्फ  एक गरी कूल २१ कर्मचारी रिक्त छन् । 

प्रदेश लोक सेवा आयोगसँग थप कर्मचारीको व्यवस्थापनका लागि माग गरिएको मन्त्रालयले जनाएको छ । यद्यपि तत्कालका लागि करारमा भए पनि केही कर्मचारी माग गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयका सूचना अधिकारी पोखरेलले जानकारी दिनुभयो  ।