सात दिन, दिनै पिच्छे फरक पुरुषको अनुभव

सात दिन, दिनै पिच्छे फरक पुरुषको अनुभव

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत १९, २०७५

यी हुन अष्ट्रेलियन महिला नदिया बोकोडी । अचेल इन्टरनेटमा यिनको कथाले निकै चर्चा बटुली रहेको छ ।

 

नदियाले बताए अनुसार, उनले सात दिनसम्म लगातार फरकफरक पुरुषसँग रात विताएकी छन । उनले कुनै पनि पुरुषलाई अर्को राती सुत्ने अनुमति दिइनन । 

नदियाका अनुसार यस्तो गरेपछि उनको जीवनमा सकारात्मक सुधार आयो । आफ्नो सात वर्ष लामो वैवाहिक सम्बन्ध विच्छेद भएपछि उनले यस्तो गरेको बताइन । 

‘सात रातमा सात पुरुषसँग सुतेपछि मैले ठूलो पाठ सिके’ उनको भनाई छ । यसले मलाई मेरो आजादी र स्वतन्त्रताबारे महत्वपूर्ण ज्ञान दियो ।

नदियाले भनिन सातवर्षे बैबाहिक जीवनले म ‘इमोशनली’ थाकी सकेको थिए, सम्बन्ध विच्छेद पश्चात म निकै दुःखी थिए ।  एक दिन मेरो कार्यालयको एक जना महिला सहयोगीले मलाई कुनै पुरुषसँग रात विताउने सुझाव दिइन । पहिला त मलाई अप्ठेरो लाग्यो तर अन्ततः मैले उनको सुझाव माने ।

पेशाले वेवसाइड डिजाइनर रहेकी नदिया भन्छिन– यी सात रात्री पछि मलाई लाग्यो म भित्र मरसिकेका भावना फेरी जागृत भए । अहिले नदिया आफ्नो नयाँ ‘ब्यायफ्रेण्ड’ संग समान्य जीवन यापन गरिरहेकी छन ।

 उनले आफ्नो सात दिने यौन अनुभवलाई ‘सेक्सुअल रेनबो’ को उपमा दिएकी छन ।