अभियुक्तलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्धा

अभियुक्तलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्धा

लोकसंवाद संवाददाता  |  अपराध  |  असोज २९, २०७७

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ मा भाउजु हत्याको अभियोगमा पक्राउ परेका २६ वर्षीय देवर मानसिंह खुनालाई कर्तव्य ज्यानमा मुद्धा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । अभियुक्त खुनाले स्थानीय गौडी खोलाको डिलमा भाउजु ३५ वर्षीया कलावतीदेवी खुनाको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

'अभियुक्त देवरलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्धा चलाएर दश दिन म्याद थप गरेका छौं', प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, 'घरायसी विवादले हत्या गरेको देखिन्छ ।' गत मंगलबार खोलामा माछा मार्न गएकी खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला पारेका थिए ।