कोरोनाबाट ललितपुरमा मात्रै ४८ को मृत्यु

कोरोनाबाट ललितपुरमा मात्रै ४८ को मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  असोज २९, २०७७

ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै  अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । 

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०३ पुगेको स्वास्थ्य कार्र्यालय प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो । उहाँले भन्नुभयो, 'धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेकाले यहाँ दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढीरहेको देखिन्छ, सार्वजनिक यातायातमा हिँड्ने आधाजसो मानिसले मास्कको उचित प्रयोग नगर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि हेलचक्र्याइ गरिरहेका छन् ।' 

कोभिड सङ्क्रमित स्वयंले सजक भएर घरमा एकान्तबास बसिदिँदा यसको न्यूनीकरण चाँडै हुने गेलालले जानकारी गराउनुभयो । लपु महानगरपालिकामा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ५८८ र मृतकको सङ्ख्या २७ पुगेको छ