पर्वत भट्टराई | जीवनदर्शन | चैत २०, २०७५
मानिस आफ्नो दुःख, कष्ट, समस्या, तनाव र अरु अन्य अवस्थामा ईश्वरको पुकारा गर्दछ। हे ईश्वर १ मलाई यो अवस्थाबाट पार लगाइ देऊ। म अब आइन्दा यस्तो गर्ने छैन, उस्तो गर्ने छैन। कुनै पाप वा नराम्रो काम गर्ने छैन। मेरो जीवनमा सधैं सुख, समृद्धि, धन, मान, इज्जत, प्रतिष्ठा र ऐश्वर्य प्राप्त होस्। यस्ता अनेक कामनाहरु गर्दै मानिसको जुनी बित्छ। ती मध्ये कति कामना पूरा हुन्छन् र कति भने अपुरै रहन्छन् । यी मध्य पूरा भएका कामना कसले पूरा गरिदिएको हो र अपूरा कामना किन र कसले गर्दा पूरा नभएका हुन् भन्ने मानिसलाई कहिलै पत्तै हुँदैन। सङ्कटका हरेक क्षणमा मानिसको मुखबाट एउटै शब्द आउँछ, हे १ ईश्वर !......। ईश्वरको अस्तित्व मान्ने आस्तिक होस् वा ईश्वरको अस्तित्व नमान्ने नास्तिक जसले पनि अनायासै भनिहाल्छ, हे ईश्वर ......!
सृष्टिको कुन कालखण्डदेखि मानिसको मुखबाट हे ईश्वर १ भन्ने शब्द उच्चारण भयो होला भनेर निश्चित रुपमा केही भन्न सकिदैँन। ईश्वरको बारेमा बहस गर्नु फलामको चिउरा चपाउनु जस्तै हो। ईश्वर छ भन्न र छैन भन्न पनि कारण, प्रमाण र तर्क चाहिँन्छ। दर्शन, अध्यात्म, धर्म र विज्ञानमा ईश्वरको अस्तित्व प्रमुख विषय हो। ईश्वर दर्शनशास्त्रको एउटा महत्वपूर्ण वषाय हे, जसमा ईश्वरको अस्तित्वको अध्ययन र विश्लेषण गरिन्छ। पूर्वीय र पश्चिमा जगतमा ईश्वरका लगि परमात्मा, परब्रह्म, परमेश्वर र प्रभु आदि शब्द प्रयोग हुँदै आएका छन् । शब्दमा जे भनिए पनि एउटा विराट, अनन्त, शाश्वत, असीम, अमर, अविनासी, निरन्जन र निराकार परम् तत्वको स्वरुप नै ईश्वर हो भन्ने कुरामा सबै जसो दर्शन, अध्यात्म र धर्मले स्वीकार गरेको पाइन्छ। तर भौतिकवादी दर्शनले यसलाई अस्वीकार गर्दछ। भाषा र व्याकरणको शाब्दिक अर्थमा ईश्वर र भगवानलाई पर्यायवाचीको रुपमा लिने प्रचलन भए पनि दार्शनिक र आध्यात्मिक दृष्टिकोणमा ईश्वर र भगवान् अलग अलग कुरा हुन्।
आस्तिक दर्शनमा ईश्वरलाई एक शक्ति, उर्जा, सृष्टि, सहार र पालनकर्ताको रुपमा लिइन्छ। साथै ईश्वरलाई विश्व ब्रह्माणडको सर्जक र नियणत्रक मानिन्छ। ईश्वरलाई यो जगतको कण(कणमा ब्याप्त शक्ति पनि मानिएको छ। ईश्वर र ईश्वरीय शक्तिको कुनै सम्प्रदाय हुँदैन। तर भगवान भनेको ईश्वरीय शक्तिलाई चिनेको, बुझेको, शुद्ध आत्मा भएको एक विशेष व्यक्ति हो जो आफूभित्र रहेको ईश्वर तत्वलाई अनुभुति गर्न सफल भएको हुन्छ। अङ्ग्रेजी भाषामा ईश्वर लाई …GODÚ र भगवान लाई …LORDÚ भनिन्छ। ईश्वरको कुनै सम्प्रदाय हुँदैन भने भगवान एउटा सम्प्रदाय विशेषको अगुवा भएर एक नयाँ धर्मको प्रारम्भ गर्दछ। जस्तै ब्रह्मा, विष्णु, महेश्वर, भगवती, सरस्वती आदि ईश्वरका प्रतीक हुन्। राम, कृष्ण, गौतम बुद्ध, येशु ख्रिष्ट, मोहम्मद पैगम्बर, नानक आदि भगवान् हुन्। ईश्वर एउटा आदि र असीमित शक्ति हो भने भगवान् त्यसलाई बुझेर, जानेर, अपनाएर अरुलाई ईश्वरको शिक्षा दिने कुनै खास ब्यक्ति हो। यसरी पनि बुझ्न सकिन्छ कि ईश्वरको लागि हामी नवरात्री, शिवरात्री, बसन्त पूजा र तीज जस्ता उत्सव मनाउछौं भने भगवानको लागि रामनवमी, कृष्णजन्माष्टमी, महावीर जयन्ती, बुद्ध पूर्णिमा, क्रिशमस र ईद जस्ता चाडपर्व मनाउछौं।
आधुनिक युगका महान् वैज्ञानिक स्वर्गीय स्टिफन हकिङ्ले भनेका छन् 'God Particle could wipe out The Universe '. । सायद उनले 'God Particle' भनेर ईश्वरीय शक्तिलाई नै भनेका होलान्। हाम्रा महाकवि देवकोटाले पनि जीवनको अन्त्यतिर भनेका थिए 'आखिर श्री कृष्ण रहेछ एक' ।
ईश्वरको अस्तित्व मान्ने र नमान्ने दुई थरीका विचार प्रचलित रहेका छन्। यो जगतमा सानो कणदेखि विशाल ब्रह्माण्सम्मको निर्माण ईश्वरद्वारा भएको कुरा अध्यात्मवादीहरुको निष्कर्ष रहेको छ। तर यो विचारलाई भौतिकवादीहरु अस्वीकार गर्दै भन्छन् कि कणदेखि ब्रह्माण्सम्मको निर्माता ईश्वर हो भने ईश्वरको निर्माता चांही को हो तरु यसरी ईश्वरको अस्तित्व छ र छैन भन्ने कुरामा हजारौं वर्षदेखि बहस चल्दै आएको छ । तर निष्कर्ष आ(आफ्नै छन्। तर ईश्वर कहाँ छन्, कस्ता छन् र के गर्छन् भनेर सबैले मान्न सकिने निष्कर्ष आएको छैन र आउन निकै कठिन पनि छ।
कुनै पनि कुराको अस्तित्व भौतिक रुपमा मात्र हुँदैन भन्ने अध्यात्मवादीहरुको तर्क छ भने भौतिकवादीहरुले मानव इन्द्रियहरुले थाहा पाउने कुरालाई मात्र अस्तित्वमा रहेको मान्दछन्। पूर्वीय दर्शन परम्परामा जसले वेदलाई मान्दछ त्यो आस्तिक र जसले वेदलाई मान्दैन त्यो नास्तिक हो। सांख्य, योग, वैशेषिक, न्याय, मीमांसा र वेदान्त आस्तिक तथा चार्वाक, जैन र बौद्ध नास्तिक दर्शन हुन्। पूर्वीय दर्शनका सबै जसो ऋषि मुनि र विचारकहरुले ईश्वरीय शक्तिलाई स्वीकार गर्दै अनेक ग्रन्थहरुको रचना गरी सबै मानिसलाई त्यस अनुरुप आचरण गर्न सुझाव दिएका छन्। तथापि चार्वाक, महावीर र बुद्धले ईश्वरीय शक्तिलाई स्वीकार गरेको पाइँदैन। पश्चिमा दर्शनमा पनि आस्तिक र नास्तिकको विभाजन छ । पश्चिमा दार्शनिक रेनेँ डेकार्टले हरेक मानिसमा सर्वसक्तिमान, सर्वज्ञ, अनन्त र असीम ईश्वरको प्रत्यय हुन्छ भनेका छन्। साथै विश्व ब्रह्माण्डलाई एउटा कार्य मानेर सो को कारण वा कर्ताको रुपमा ईश्वरलाई स्वीकार गर्न सकिन्छ भन्ने उनको विचार थियो। उनका अनुसार मस्तिष्क र शरीर दुबै सापेक्षतामा आधारित द्रव्य वा तत्वहरु हुन। यी दुबैको भिन्न भिन्न अस्तित्व छ। मस्तिष्क तथा शरीरको सम्बन्ध मेसिन र त्यसको चालक जस्तै रहेको हुन्छ। त्यसै गरी दार्शनिक स्पीनोजाले पनि डेकार्टले जस्तै ईश्वर, प्रकृति र द्रव्य आफ्नै कारणबाट उत्पन्न भएको भन्दै ईश्वर र प्रकृतिको अस्तित्वलाई स्वीकार गरेका छन्। उनले मस्तिष्कको गुण चेतना र शरीरको गुण विस्तारलाई ईश्वरीय गुणको रुपमा व्याख्या गर्दै ईश्वर र प्रकृतिको असीमित अस्तित्व हुन्छ भनेका छन्। अर्का पश्चिमा दार्शनिक लाईविनिजले पनि डेकार्ट र स्पीनोजाको समर्थन गरेका छन् । तर कार्ल मार्क्सले आफ्नो ऐतिहासिक भौतिकवादी ९साम्यवादी० दर्शनमा ईश्वरको अस्तित्वलाई पूर्ण रुपमा अस्वीकार गर्दै ईश्वर र धर्मलाई अफीमको संज्ञा दिएका थए ।
पूर्वीय र पश्चिमा दर्शनको क्षेत्रमा ईश्वरको अस्तित्वलाई स्वीकार गर्ने र अस्वीकार गर्नेको लामो भीड यो दुनियाँमा हिजो पनि थियो र आज पनि छँदैछ। अध्यात्मवादले ईश्वरको अस्तित्वलाई स्वीकार गर्ने र भौतिकवादले ईश्वरको अस्तित्वलाई अस्वीकार गर्ने दुई विपरित ध्रुव यो ब्रह्माण्ड रहेसम्म नै रहिरहने छन्।
आधुनिक युगका महान् वैज्ञानिक स्वर्गीय स्टिफन हकिङ्ले भनेका छन् 'God Particle could wipe out The Universe '. । सायद उनले 'God Particle' भनेर ईश्वरीय शक्तिलाई नै भनेका होलान्। हाम्रा महाकवि देवकोटाले पनि जीवनको अन्त्यतिर भनेका थिए 'आखिर श्री कृष्ण रहेछ एक' ।
माथिका दुईवटा भनाईहरु उल्लेख गरेर म यो बहसबाट उम्कन चाहन्छु। किनकी ईश्वरको अस्तित्वलाई स्वीकार वा अस्वीकार गर्ने कुराको बहसबाट पार पाउन कठिन छ। हे १ ईश्वर १ हामी मानिसलाई तिम्रो अस्तित्व वा अस्तित्वहीनताको पर्याप्त ज्ञान प्राप्त होस्। हामी मानिसहरुको यही कामना छ ।
parbat.bhatta@gmail.com