लोकसंवाद संवाददाता | समाचार | चैत २०, २०७५
ब्रेक्जिट सम्झौताका शर्तमा जलवायु परिवर्तन (क्लाइमेट चेंज) सम्बन्धि मुद्दा समावेश नगरिएका कारण पर्यावरण समर्थकले उक्त प्रदर्शन गरेका हुन् ।
‘एक्सिंटशन रेबेलियन’ ग्रुपका ११ कार्यकर्ताले संसद को पब्लिक ग्यालरीमा २० मिनेट अर्धनग्न भएर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले ग्यालरीमा रहेको शिसाको भित्तामा टाँसिएर सांसदहरुतिर ढाड फर्काएर प्रदर्शन गरेका थिए ।
उनीहरुको छातीमा ‘यो सबै जिन्दगीको लागि’ भन्ने नारा लेखिएको थियो । सार्वजनिक स्थानको गरिमा उल्लंघन गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।
ब्रिटेन को संसद १७०७ मा बनेको हो । संसारमा रहेका धेरै प्रजातन्त्रको लागि ब्रिटेन को संसद उदाहरण मानिन्छ । यसकारण पनि ब्रिटेन को संसदलाई ‘संसदको जननी’ भन्ने गरिन्छ ।
सन् २००४मा तत्कालीन प्रधानमंत्री टोनी ब्लेयरलाई बैजनी पिठो फ्यालेर प्रदर्शन गरिएको थियो ।
पारपाचुके भएका बाबुले बच्चालाई भेट्ने कानून लचिलो बनाउनका लागि उक्त प्रदर्शन भएको थियो ।
एजेन्सीहरुबाट