लोकसंवाद संवाददाता | समाचार | चैत २०, २०७५
अमेरिकी ‘थिंक टैंक’ ‘प्यू रिसर्च सेंटर’ले विश्वमा हुने मुस्लिम आबादीलाई लिएर नयाँ तथ्यांक सार्वजनिक गरेको छ । उसले सन् २०६०मा संसारका शीर्ष दश मुस्लिम आबादी हुने देशको सूची सार्वजनिक गरेको छ ।
वर्तमान विश्वमा सबैभन्दा धेरै मुस्लिम आबादी भएको देश इण्डोनेशिया हो । जहाँ सन् २०१५ को तथ्यांक अनुसार २१ करोड ९९ लाख ६० हजार मुस्लिम आबादी रहेको छ । दोस्रोमा रहेको भारतमा १९ करोड ४८ लाख १० हजार छ भने, तेस्रोमा रहेको पाकिस्तानमा १८ करोड ४० लाख मुस्लिम आबादी रहेको छ । चांैथो स्थानमा बंगलादेश रहेको छ भने पाँचौमा भने नाइजेरिया रहेको छ ।
‘प्यू रिसर्च’का अनुसार सन् २०६०मा भारत सबैभन्दा धेरै मुस्लिम आबादी भएको देश बन्नेछ । जहाँ सन् २०६०मा ३३ करोड ३० लाख ९० हजार हुनेछ । २८ करोड ३६ लाख ५० हजार मुस्लिम जनसंख्या सहित पाकिस्तान दोस्रोमा रहनेछ भने, २८ करोड ३१ लाख ६० हजार मुस्लिम जनसंख्या सहित नाइजेरिया तेस्रो देश हुनेछ ।
भारतको कुल जनसंख्याको १९.४ प्रतिशत तथा विश्व मुस्लिम जनसंख्याको ११.१ प्रतिशत सहित पहिलो देश हुनेछ, पाकिस्तान कुल जनसंख्याको ९६.५प्रतिशत तथा विश्व मुस्लिम जनसंख्याको ९.५प्रतिशत सहित दोस्रो साथै नाइजेरिया कुल जनसंख्याको ६०.५ प्रतिशत तथा विश्व मुस्लिम जनसंख्याको ९.५प्रतिशत सहित तेस्रो देश हुनेछ ।
२०१५ मा पहिलो स्थान ओगटेको इण्डोनेशिया चौंथो तथा बंगलादेश पाँचौ स्थानमा रहने छन् ।
इजिप्ट, इराक, टर्की, इरान तथा अफगानिस्तान क्रमशः छैठौं देखि दशौं स्थानमा रहने छन् ।
सन २०१५ मा १७ अरब, ५५ करोड २६ लाख २० हजार रहेको मुस्लिम जनसंख्यामा भारी वृद्धि भई सन् २०६०मा २९ अरब ८७ करोड ३९ लाख पुग्ने प्यू रिसर्च सेन्टरको तथ्यांकले देखाएको छ ।