ज्ञानमित्र | ज्ञानविज्ञान | चैत २१, २०७५
जनआस्थाका सम्पादक किशोर श्रेष्ठले धेरै पटक आग्रह लेखी पठाउनुभो, ‘प्रेस काउन्सिलबाट छापिने म्यागजिनका लागि लेख्नु पर्यो ।’
म अन्यौलमा परे, यस्तो गरिमामय संस्थाले प्रकाशित गर्ने म्यागजिनका लागि म के लेखौ ? मैले कुनै महत्वपूर्ण विषयमा लेख्ने पात्रता राख्छु जस्तो म स्वयंलाई लाग्दैन । त्यो त युवराज घिमिरे, जिवेन्द्र सिंखडा जस्ता अग्रज, मलाई माया गर्नु हुने दाइहरुको स्नेह हो कि उहाँहरुले मलाई लेख्न, प्रेरित गरिराख्नु हुन्छ । दुबैले मलाई राजधानी दैनिक र अन्नपूर्ण पोस्टमा सम्पादक हुँदा लेखनमा फर्काएको सत्य म अस्वीकार गर्न सक्दिन ।
म लेख्छु नै के ? धर्म अध्यात्म चर्चा अथवा विज्ञान विषयी साना तिना प्रसङ्ग हदै भए कहिले काहीं फिल्म समीक्षा । कान्तिपुर दैनिकमा यज्ञेश पंडित, नयाँ पत्रिकामा उमेश चौहान, नागरिकमा छत्र कार्की र गुणराजजी, रातोपाटीमा उनै जिवेन्द्र दाई, देश संचारमा युवराज दाई र मनोज दाहाल, लोकसंवादमा भूपराज खड्का जस्ता मित्र नहुने हो भने मैले लेखेको केही पनि प्रकाशित हुँदैन । किनकि मेरो लेखन र मैले लेख्ने विषयवस्तु न त सान्दर्भिक हुन्छन र न त महत्वपूर्ण नै ।
मैले किशोर श्रेष्ठलाई सोधें, प्रेस काउन्सिलको म्यागजिनका लागि म जस्तो गफास्टिकले के लेख्ने ? उहाँले चिरपरिचित अन्दाजमा भन्नु भयो, ‘होइन हउ नेपाली पत्रकारितामा अध्यात्म र विज्ञानको स्तर के छ ? यस सम्बन्धी कतिको ‘आथेन्टिक’ समाचार, लेख, रचना प्रकाशित हुन्छन् ? यसलाई सुधार्न के गर्नु पर्ला ? यसैलाई विषयवस्तु बनाएर लेखाैं न !
नासाले ध्वस्त पारिएको स्याटेलाइटका टुक्रा गनिसक्यो । चार सय मध्ये ६० वटा टुक्रा ‘आइडेन्टिफाई’गरी सक्यो । केही टुक्रा उछिट्टिएर स्पेश स्टेशन (इन्टरनेशलन स्पेश स्टेशन) माथि पुगेका अनुसंधान रिपोर्ट सार्वजनिक गरी सक्यो । नेपाली पत्रकारितालाई भने स्याटेलाइटका टुक्रा उनका कार्यालयमै नसखेसम्म विश्वास गर्न अप्ठेरो भइरहेछ ।
मैले उहाँको आग्रह बमोजिम लेख्ने दुस्साहस गरिन । ‘कर्पोरेट मीडिया हाउस’लाई अर्ती सुझाव दिने मेरो हैसियत होइन । अर्बौका लगानीमा संचालित ‘बिग हाउस’हरुलाई म सडक छापले परामर्श दिने ! वर्षमा एकदुई पटक छापिने मेरो लेखलाई पनि ‘ब्लैक लिस्टेड’ मा पर्ने जोखिम किन उठाउने ?
किशोर श्रेष्ठको आग्रह बमोजिम मैले लेख्ने जाँगर नचलाए पनि उहाँले सम्प्रेषित गरेको विचार भने मेरो मस्तिष्कमा गुम्फित भई रह्यो । पत्र पत्रिकामा विज्ञान र अध्यात्म विषयी बकम्फुसे, तथ्यहीन, आधारहीन समाचार लेख–रचना पढ्दा लेखौ लेखौ लाग्ने भाव जागृत हुन्थ्यो, तर ‘वेलकम’ फिल्मका नाना पाटेकर झै ‘कन्ट्रोल उदय कन्ट्रोल’ सम्झेर मैले नेपाली पत्रकारिता माथि कटाक्ष गर्ने भाव र विचारलाई शब्दको वस्त्राभूषणले सुसज्जित गर्ने चेष्टा गरिन ।
तर आज एउटा अनलाइनको समाचारले मेरो संयम ध्वस्त भयो । त्यो अनलाईनले लेख्यो - भारतले ‘एन्टी स्याटेलाइट मिसाइल’बाट स्याटेलाइट खसालेको होइन । यो नरेन्द्र मोदीको चुनावी फन्डा मात्रै हो । समाचारमा यो पनि लेखिएको थियो, ‘स्याटेलाइट खसालेको भए त्यसका टुक्रा पृथ्वीमा कहाँ खसे, पृथ्वीमा कहीं त्यसका टुक्रा देखिएका छैनन् ।’
१० क्लास पढ्ने भाइ बहिनीहरुले त्यो समाचार पढेर के सोचे होलान ?
कुनै अनलाईन अथवा पेपरलाई विज्ञानका विषयमा ज्ञान हुनुपर्छ भन्ने आवश्यक होइन, तर समाचारको प्रमाणिकता बारे त उसको दायित्व हुन्छ । अखबारका सम्पादकलाई ‘ओअर अर्थ आर्बिट,’ ‘मीडियम अर्थ आर्विट’ र ‘हाई अर्थ आर्बिट’मा कुन र के कस्ता प्रकारका स्याटेलाइट स्थापित गरिन्छन् जान्नु आवश्यकता होइन । तर यदि कुनै पेपरले यस सम्बन्धी समाचार दिन्छ भने कम्तिमा एकपटक गुगल अथवा विकिपिडिया खगालेर त हेरोस कि अन्तरिक्षबाट कुनै पनि वस्तु सोझै पृथ्वीमा खस्दैन ।
नासाले ध्वस्त पारिएको स्याटेलाइटका टुक्रा गनिसक्यो । चार सय मध्ये ६० वटा टुक्रा ‘आइडेन्टिफाई’गरी सक्यो । केही टुक्रा उछिट्टिएर स्पेश स्टेशन (इन्टरनेशलन स्पेश स्टेशन) माथि पुगेका अनुसंधान रिपोर्ट सार्वजनिक गरी सक्यो । नेपाली पत्रकारितालाई भने स्याटेलाइटका टुक्रा उनका कार्यालयमै नसखेसम्म विश्वास गर्न अप्ठेरो भइरहेछ ।
ध्वस्त पारिएका स्याटेलाइटका टुक्रा अहिले अन्तरिक्षमा रहेर झण्डै २५–२७ हजार किमिको गतिले घुमिरहेका भए पनि एक डेढ महिनामा ति सबै पृथ्वीको गुरुत्वाकर्षण शक्तिले पृथ्वीतिर तानिन्छन । तर पृथ्वीसम्म आइ भने पुग्दैनन ।
नासा प्रमुखकै वक्तव्यलाई हेरौं– जिम ब्रिडेन्सटाइन (JIM BRIDENSTINE) का अनुसार अहिलेसम्म ४०० टुक्रा हामीले पत्ता लगायो, यी मध्ये ६० वटा टुक्रा १० सेन्टिमिटर भन्दा ठूला छन् । यो भन्दा सानो टुक्राको आकार ज्ञात गर्नु गाह्रो छ । यी मध्ये २४ टुक्रा इन्टरनेशनल स्पेश स्टेशनका लागि खतरा हुन सक्छन । यो खतरा १० दिनसम्म रहन्छ ।
तपाई काठमाडौंमा हुनुहुन्छ, तपाईको प्रेमिका विराटनगरमा छिन् । एउटा लामखुट्टाले उनलाई हैरान पारिसक्यो । उनले तपाईलाई फेसबुक म्यासेन्जरमा खबर गरेर लामखुट्ट मार्न भनिन । अब लामखुट्टे मार्न तपाईलाई कुनै बम आवश्यक पर्दैन । तपाईको हातमा दाँत कोट्याएर रहेको टुथपिन थियो । तपाईले विराटनगरमा उडीरहेको लामखुट्टेलाई निशाना बनाई टुथपिन प्रक्षेपित गर्नु भयो । झण्डै २५ हजार किमि प्रतिघण्टाको वेगेल गएको टुथपिनले १ मिनेट भित्रै उडीरहेको लामखुट्टे (यसको उड्ने गति पनि २५००० किमि. प्रति घण्टा मान्नुस) लाई ठक्कर दियो, लामखुट्टे मात्रै होइन तपाईको टुथपिन पनि टुक्रा टुक्रा भयो ।
उनका अनुसार पृथ्वीको ‘ओअर आर्बिट’मा यो घटना भएका कारण अन्तरिक्षमा रहेका यी सबै टुक्रा पृथ्वीतिर तान्छिन
(Mr. Bridenstine Said It is true this would enventually happen, the good thing is that, it is in low enough in earth orbit that over time this will all dissipate.)
उनले २००७ मा चीनले गरेको यस्तै घटना स्मरण गर्दै भने – चीनले गरेको परीक्षण ८०० किमिको ‘अर्थ आर्बिट’मा थियो । त्यसका टुक्रा अहिलेसम्म अन्तरिक्षमा पौडी रहेका छन् ।
अन्तरिक्ष, विभिन्न पृथ्वी आर्बिट र कहाँ कुन स्याटेलाइट स्थापित गरिन्छन् भन्ने बारे चर्चा आगामी लेखहरु क्रमबद्ध रुपले गर्छु । अहिलेलाई भारतले ध्वस्त पारेको स्याटेलाइटका टुक्रा बारे नै चर्चा ।
तपाई काठमाडौंमा हुनुहुन्छ, तपाईको प्रेमिका विराटनगरमा छिन् । एउटा लामखुट्टाले उनलाई हैरान पारिसक्यो । उनले तपाईलाई फेसबुक म्यासेन्जरमा खबर गरेर लामखुट्ट मार्न भनिन । अब लामखुट्टे मार्न तपाईलाई कुनै बम आवश्यक पर्दैन । तपाईको हातमा दाँत कोट्याएर रहेको टुथपिन थियो । तपाईले विराटनगरमा उडीरहेको लामखुट्टेलाई निशाना बनाई टुथपिन प्रक्षेपित गर्नु भयो । झण्डै २५ हजार किमि प्रतिघण्टाको वेगेल गएको टुथपिनले १ मिनेट भित्रै उडीरहेको लामखुट्टे (यसको उड्ने गति पनि २५००० किमि. प्रति घण्टा मान्नुस) लाई ठक्कर दियो, लामखुट्टे मात्रै होइन तपाईको टुथपिन पनि टुक्रा टुक्रा भयो । यही हो एन्टी स्याटेलाईट मिसाइलले गर्ने काम । अन्तरिक्षमा कुनै पनि वस्तु छ भने त्यो झण्डै २५ हजार किमिको गतिले पौडी रहेको हुन्छ । अन्तरिक्षको विभिन्न आर्विटमा यस्ता हजारौं वस्तु पौडी रहेका छन् । पृथ्वीको ‘लोअर आर्किटमा रहेका टुक्रा भने एक डेढ महिनाको अवधि भित्रै पृथ्वीको गुरुत्वाकर्षणले तानेर पृथ्वीतिर आउने गर्छन ।
तर कुनै पनि अन्तरिक्षबाट पृथ्वीमा प्रवेश गर्न पाउदैन । प्रकृतिले पृथ्वीको सुरक्षाका लागि अनुपम व्यवस्था गरहेको छ । पृथ्वी सतह देखि सुदूर अन्तरिष सम्म वातावरणका अनेकौ तह (लेयर) छन् । त्यस मध्ये एउटा तह हो, 'मेसोस्फेयर' (Mesosphere) ।
पृथ्वी सतह देखि झण्डै १५ किमि. माथि सम्म रहेको घना वातावरणीय तह ‘ट्रोपोस्फेयर’ (Troposhpere) र दोस्रो तह स्ट्राटोस्फेयर (Startosphere) जुन ‘ट्रोपोस्फेयर’ को सीमाना बाट प्रारम्भ भइ झण्डै ५० कि.मी माथि सम्म रहेको हुन्छ, यसलाई ‘ओजोन लेयर’ पनि भनिन्छ ।
यसपछिको अर्को वातावरणीय तह ‘मेसोस्फेयर’ प्रारम्भ हुन्छ, जुुन ८५ किमि. माथिसम्म हुन्छ । यस वातावरणीय तहले बाहिरी अन्तरिक्षबाट आएका वस्तुलाई पृथ्वीमा प्रवेश गर्न दिदैन । ‘मेसोस्फेयर’मा प्रवेश गर्नासाथ बाहिरी अन्तरिक्षबाट आएका वस्तु जलेर नष्ट हुन्छन् ।
भारतले ध्वस्त पारेको ‘स्याटेलाइट’का टुक्रा पृथ्वीको गुरुत्वाकर्षण शक्तिले तानिएर पृथ्वीतिर आउँछन्, तर ‘मेसोस्फेयर’मा प्रवेश गर्नासाथ जलेर खरानी हुन्छन् । त्यसका कुनै पनि टुक्रा पृथ्वी सम्म आइ पुग्दैनन् ।
अन्तरिक्षमा ३–४ सय किमि. माथि रहेका वस्तु पृथ्वीको गुरुत्वाकर्षणले एक डेढ महिनामा तानिएर ‘मेसोस्फेयर’मा आएर नष्ट हुन्छन् तर त्योभन्दा माथि रहेका वस्तु धेरै लामो समयसम्म अन्तरिक्षमा पौडी राख्छन् । यसको कारण जति माथि गए पृथ्वीको गुरुत्वाकर्षण त्यति नै मात्रामा क्षीण हुँदै जान्छ ।
एउटा मनस्थितिमा लेखिएको एउटै लेखनमा सबै कुरा लेख्न सम्भव छैन । यो लेख पढेर यस सम्बन्धी तपाईलाई कुनै जिज्ञासा उठ्छ भने लेखी पठाउनुस् । म त्यसबारे लेखेर तपाईको जिज्ञासा एवम् विज्ञान चर्चालाई निरन्तरता दिने प्रयास गर्नेछु ।
याे पिन