अन्जु स्मारिका | साहित्य | कात्तिक २२, २०७७
लुटपुटिएर तिम्रै छातीमा
निदाउन मन थियो रातभर
कसेर अङ्गालोमा तिमीलाई
बेस्सरी रुन मन थियो दिनभर
हेर्न मन थियो बिउझँदा
तिम्रो प्रेमिल मुहार पनि
हरदम आखामै
राख्न मन थियो
मैले चुमेको त्यो
भाग्यमानी निधार
खुशी हुनलाई तिमी आउछौ
दुखी हुनलाई तिमी जान्छौ
के सम्भब छैन र ?
तिमी मेरो सामुन्यबाट
एकछिन पनि टाढा नजान !
के सम्भब छैन र ?
तिम्रो आँखाको आँसु
तिम्रो मनको उदाशी
मैले कब्जा गर्न
भुगोल, उमेर ,परिबेश र समाजले
छेकबार नगरेको मेरो
प्रेममा कुनै कुराले पुर्णबिराम
लगाउला कि नलगाउला !
के सम्भब छ ?
हाम्रो प्रेमको बेग कहिलै नरोकिन,
बनाएर तिम्रो हातको सिरानी
मलाई लामो निन्द्रा निदाउन मन छ
फेरि नबिउझने गरि
के सम्भब छ ?
मेरो मृत्यु तिम्रै काखमा होस
र मेरो जन्म फेरी तिम्रै लागि होस ।
के सम्भब छ ?
मेरो धडकन तिम्रै कारण चलोस
मेरो जिन्दगी तिम्रै कारण बाचोस !
यादहरुको आगनमा
एकैछिन पाईला टेकेर जाने
ए मेरो प्राण !
मेरो जिन्दगीमा प्राण भर्न
तिमी कहिले आउछौँ
दुई देह एक आत्मा भएर
मलाई फेरि हराउन मन छ
मलाई फेरि आफैलाई बिर्सन मन छ
मलाई फेरि तिमीलाई सताउन मन छ
चुमेर त्यो निधारमा आफ्नोपन
जताउन मन छ
के यो सम्भब छ ?
मलाई फेरि फेरि तिमीसङ भेटिरहन मन छ !