भीर खनेर भालुवन पुग्ने गोरेटो बाटो निर्माण

भीर खनेर भालुवन पुग्ने गोरेटो बाटो निर्माण

लोकसंवाद संवाददाता  |  समाज  |  कात्तिक २७, २०७७

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीदेखि भालुवनसम्म पैदल यात्रु हिँड्नका लागि करीब तीन किलोमिटर भिरमा थालिएको गोरेटो बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वर्षौँदेखि छङ्गाछुर भीरमा भुण्डिएर हिँड्नुपर्ने भालुवनबासीका लागि दैनिक आउजाउमा सहज बनाउन विश्व खाद्य परियोजनाले पूर्णिमाको कार्यक्रमसँगको साझेदारीमा  बाटो निर्माण शुरु गरेको हो ।

वडाध्यक्ष रामकुमार गुरुङले ३ दशमलव २३ किलोमिटर दूरीमा ढुङ्गाको सिँढी बनाएर करीब चार फिट चौडाइको बाटो निर्माणको काम भइरहेको बताउनुभयो । करीब ४३६ मिटर भागमा भने रेलिङ बनाएर जाली लगाउने काम भइरहेको छ  । 

मनास्लु संरक्षण क्षेत्रभित्रको उक्त बाटो तिहारलगत्तै निर्माण सम्पन्न हुने निर्माणमा खटिनुभएका इञ्जिनीयर आशिष श्रेष्ठले बताउनुभयो । 
चुमनुब्रीमा फोरजी सेवा शुुरु हुँदै

विकट हिमाली क्षेत्र  चुमनुब्री गाउँपालिकमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आउने भएको छ । इन्टरनेटको पहुँच नपुगेको त्यस क्षेत्रमा ढिलोमा तीन महिनाभित्र फोरजी सेवा सञ्चालनमा आउने नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

गाउँपालिकाको सिर्दीवासस्थित न्याक डाँडा, चुम्चेत र विहीमा २५ फिट अग्लो टावर निर्माण गरी फोरजी सेवा प्रदान गर्न लागिएको छ ।