मनाइयो काग तिहार

मनाइयो काग तिहार

लोकसंवाद संवाददाता  |  समाज  |  कात्तिक २८, २०७७

काठमाडौँ । साँझको समयमा कात्तिक कृष्ण त्रयोदशी भएका दिनदेखि यमदीप दान शुरु गर्नुपर्ने भएकाले बिहीबार साँझदेखि शुरु भएको समितिले जनाएको छ । सूर्योदय कालमा त्रयोदशी भएका दिन गर्नुपर्ने काग पूजा भने आज बिहान मीठा परिकार खान दिएर गरिएको छ । कागलाई सन्देशवाहकका रुपमा पूजा गरी मीठा चीजबीज खान दिइन्छ ।

कागले यमदूतका रुपमा समेत काम गर्ने विश्वास गरिन्छ । घरमा काग कराएमा केही सन्देश ल्याएको मानिन्छ । काग कराउँदा शुभ बोल, शुभ बोल भन्ने प्रचलन समेत छ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनसम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । तिहारलाई नेपालीले दोस्रो ठूलो चाडका रुपमा मनाउँछन् ।–