बालिका बलात्कार गर्ने पक्राउ

बालिका बलात्कार गर्ने पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर ०३, २०७७

काठमाडाैं । प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो ।
 
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । मङ्सिर १ गते सोमबार भाइटीकाको दिनमा घटना घटे पनि लोहार फरार रहेका थिए । पक्राउ लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको वृत्त प्रमुख श्रेष्ठले बताउनुभयो ।