राष्ट्रपतिद्वारा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी

राष्ट्रपतिद्वारा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ०३, २०७७

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । सो अध्यादेश आएपछि मुलुकका कोभिड–१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ ।