बसन्त कुमार उपाध्याय | दृष्टिकोण | चैत २४, २०७५
ईश्वरले नै व्यक्तिलाई सबै कुरा दिएका हुन भन्ने मान्यतालाई चुनौती दिंदै ईश्वरले सबै कुरा नदिएको तर्क गर्दै जेनोेफेनसले -Xenophanes, , ५७० –४७५ B.C._ समय परिवर्तन भइरहँदा मानिसहरुबाट नै समाज निर्माण भएको भन्ने विचार अघि बढाएका थिए । मानव संस्कृति, कार्य र सामाजिक संरचनाका विभिन्न विषयको अध्ययन गर्ने विषय मानवशास्त्रमा नै जेनोफेनसले आफ्नो पूरै जीवन समर्पित गरेका थिए ।
जेनोेफेनसले सांस्कृतिक पक्ष, भाषा, चाडपर्व, धर्मकर्म, विवाह र विवाहपद्धति, मृत्युसंस्कार त्यतिमात्रै नभएर सम्बन्धविच्छेद सहितका विषयमा गहन अध्ययन अनुसन्धान पनि गरेका थिए ।
‘परस्पर विरोधी वर्ग बीचको द्वन्द्वबाट समाज गुज्रिरहेको हुन्छ’, भन्ने द्वन्द्वात्मक भौतिकवादको दर्शनले दावी गर्छ । द्वन्द्व विना कुनै पनि परिवर्तन सम्भव हुन सक्दैन भन्ने मान्यता नै माक्र्सवादी द्वन्द्वात्मक दृष्टिकोण हो ।
आज हामी त्यही समाजको एक अगंका रुपमा बाँचिरहँदा समाज कता जाँदैछ भन्ने भ्रममा छौं । अथवा हाम्रो समाज कस्तो अवस्थामा छ ? वा समाजको मनोविज्ञान के छ ? यावत कुराहरुमा मानिस कतै न कतैबाट जोडिएकै छ । चाहे त्यो एक अभिभावकलाई आफ्ना सन्ततिको भविष्यको चिन्ताले सताएको विषय होस वा कुनै नवदम्पतिको सम्बन्धविच्छेदको घट्ना होस । यतिमात्रै नभएर जन्मदिने बाबु आमालाई नै जीवनको अन्तिम घडीमा वृद्धाश्रममा छाडेर जाने सन्तानले समयको महत्वको अतिरञ्जना गराएका विषय हाम्रो समाजमा अब नौला रहेनन् । सुकरातले -Democritus,४७०–३९९B.C._ भने झैं शिक्षाबाट ज्ञानको मार्ग त खुल्छ तर प्रत्येक समाज निश्चित सर्वव्यापी मूल्य र सिद्धान्तबाट निर्देशित हुन्छ । त्यतिमात्रै नभएर त्यहाँ सामाजिक तथा सांस्कृतिक प्रथाहरुले भूमिका खेलिरहेका हुन्छन् । यहाँनेर एउटा प्रश्न खडा हुन्छ के वृद्धाश्रममा आफ्ना बाबु आमालाई छाड्ने सन्तानले शिक्षा पाएका थिएनन् त ? यस्को जवाफ हामी हाम्रै समाजमा भेट्न सक्छौं ।
मानवशास्त्रको थुप्रै अध्येयता मध्येका एक डेमोक्रिट्स -Democritus,४६०–३७०B.C._ समाजलाई मानिसको आवश्यकताले जन्माएको मान्यता राख्ने विचारक हुन् । उनको विचारमा आफ्नो सहज जीवनयापनका लागि मानिसले समाजको परिकल्पना गर्दै समाज निर्माण गरेको हो । आज हामी त्यही समाजको एक अगंका रुपमा बाँचिरहँदा समाज कता जाँदैछ भन्ने भ्रममा छौं । अथवा हाम्रो समाज कस्तो अवस्थामा छ ? वा समाजको मनोविज्ञान के छ ? यावत कुराहरुमा मानिस कतै न कतैबाट जोडिएकै छ । चाहे त्यो एक अभिभावकलाई आफ्ना सन्ततिको भविष्यको चिन्ताले सताएको विषय होस वा कुनै नवदम्पतिको सम्बन्धविच्छेदको घट्ना होस । यतिमात्रै नभएर जन्मदिने बाबु आमालाई नै जीवनको अन्तिम घडीमा वृद्धाश्रममा छाडेर जाने सन्तानले समयको महत्वको अतिरञ्जना गराएका विषय हाम्रो समाजमा अब नौला रहेनन् ।
सुकरातले -Democritus,४७०–३९९B.C._ भने झैं शिक्षाबाट ज्ञानको मार्ग त खुल्छ तर प्रत्येक समाज निश्चित सर्वव्यापी मूल्य र सिद्धान्तबाट निर्देशित हुन्छ । त्यतिमात्रै नभएर त्यहाँ सामाजिक तथा सांस्कृतिक प्रथाहरुले भूमिका खेलिरहेका हुन्छन् । यहाँनेर एउटा प्रश्न खडा हुन्छ के वृद्धाश्रममा आफ्ना बाबु आमालाई छाड्ने सन्तानले शिक्षा पाएका थिएनन् त ? यस्को जवाफ हामी हाम्रै समाजमा भेट्न सक्छौं ।
हामी हाम्रो दैनिक जीवनलाई कति सहज र व्यवस्थित रुपमा विताउँदै छौं भन्ने विषयले मानिसको जीवनचर्यामा फरक ल्याउने गर्दछ । सामान्यतया आफ्नो कमाईको तुलनामा बढी खर्च गर्ने अनुपात हाम्रो समाजमा बढ्दै गएको पाइन्छ । हामीले समाज कता जाँदैछ भन्ने विषयमा ध्यान दियौंं भने हाम्रो समाजमा आपसी सम्बन्धमा दरार पैदा गर्ने घट्ना बढेका समाचार सुन्छौं, सुन्छौं मात्रै होइन प्रत्यक्ष ती घटनाकोे साक्षी हुन्छौं, शिकार बन्छौं । अझ कतिपय अवस्थामा पीडक र पीडितको भुमिकामा आफैलाई पाउँछौं ।
छिट्टै धन आर्जन गर्ने, उपलब्ध सुख सुविधा भोगगर्न सबैजना ललायित हुन्छन् । हामीले आफ्नो आर्थिक अवस्थामा चित्त बुझाउन नसक्दा समाजमा आफूलाई अलग पाउँछौं अनि आफूले पाएको शिक्षा, संस्कारलाई भत्काउँदै सफलताको नाममा जे पनि गर्न उद्यत हुन्छौं । तर सफलता भनेको के हो, के भयो भने सफल भनिन्छ ? भन्ने विषय हाम्रो मस्तिष्कभन्दा बाहिर जान्छ । सफलताकोे प्रसगं आउँदा एक अमेरीकन खेलाडी अर्थर आसेको भनाई –…success is a journey, not a destination. The doing is often more important than the outcome.Ú सम्झना आउँछ ।
पूर्वीय दर्शनमा आधारित हाम्रो समाज अहिले थुप्रै पश्चिमा प्रभावले ग्रस्त हुँदैगइरहेको छ । यो अवस्थामा केही पश्चिमा अध्येयताहरुका दर्शनलाई समाजको मनोविज्ञानसँग जोडेर हेर्दा हामी कहाँ छौं भन्ने कौतुहलतालाई केवल सान्त्वनाका रुपमा मात्रै हेर्ने चलन स्थापित भैसकेको छ ।
हाम्रो समाज मात्रै नभएर विश्व नै अहिले उपभोक्तावादी संस्कृतिबाट ग्रस्त भैसकेको छ । यदि मार्कसवादी नजरबाट हेर्ने हो भने यो वैज्ञानिक समाजवादको उल्टो संस्कृति हो भन्न सकिन्छ । समानता, न्याय र मानवतामा आधारित समाज हो भन्न सक्ने हामीसँग कुनै आधार छैनन् । समाजको एक अंग व्यक्ति अहिले केवल सम्पत्ति आर्जनको बाटोमा कुदीरहेको पाइन्छ । उन्नत चेतना भन्दा उपभोक्तावादी सोच हावी छ अहिलेको जुनसुकै समाजमा ।
हाम्रो समाज प्रत्यक्षरुपमा राजनीतिक विचारधाराबाट प्रभावित हुन्छ । खासगरी समुदाय केन्द्रित सामाजिक आर्थिक पद्धतिमा आधारित समाज हाम्रा लागि आवश्यकता हो । जसलाई राजनीतिक रुपमा वैज्ञानिक समाजवाद पनि भनेर व्याख्या गरिएको छ । जुन व्यवस्थामा सबै नागरिकलाई कामको प्रकृतिको आधारमा समान वितरण र उपभोगको व्यवस्था परिकल्पना गरिएको थियो ।
ग्रिक दार्शनिक एरिस्टोटल -Aristotle,३२४–३२२B.C._ले भनेजस्तो मानिस सामाजिक प्राणी हो । समाज मानिसले सहज जीवनयापन गर्न सकोस भन्ने हेतुले निर्माण भएको हो । तर अहिले हामी आडम्बरी सोचबाट यति ग्रस्त हुँदै गयौं कि समाजले के भन्ला भन्ने प्रश्न जताततै तेर्स्याई दिन्छौं
वास्तवमा मानविय विषयवस्तु -Human Phenomena_ नै समाज हो । विद्वान एपिक्युरस -Epicurus,३४१–२७० B.C._को सिद्धान्त मान्ने हो भने मानिसले स्वयं आफ्नो सामाजिक अस्तित्वको निर्माण गरेको हो । उनको मान्यता थियो, मानिसले आफ्नै इच्छा वा चाहनाले समाजलाई परिवर्तन गर्न सक्छ ।
अब सन्दर्भ आउँछ मध्यकालको । युरोपियन मध्यकाल जसलाई Medieval भनेर पनि बुझ्दछ दुनियाँले । कतिपय आधुनिक अध्येयताहरुले यो अवधिलाई Dark Ages को नामले पनि सम्बोधन गर्ने गर्दछन् । यो बेला पनि ब्रह्माण्ड, समाज र मानव ईश्वरका रचना हुन भन्ने मान्यताले चर्चा पायो । ग्रिक र रोमन दर्शनमा जिसस क्राइस्टले धर्मका नाममा झण्डै पूर्ण विराम लगाई दिए । यहीँबाट क्रिस्चियन धार्मिक परम्पराले पुरै मानवीय चिन्तनलाई ओझेलमा मात्रै पारेन समाजिक चिन्तन पनि रोक्न बाध्य बनाइदियो । यसै सन्दर्भको पैरवी र वकालत गर्नेहरुमा सेनेका -Seneca,३ B.C.–६५A.D._, एपिकटेटस
-Epictetus,,५०–१३८A.D._ लगायतको नाम आउँछ । जतिबेला मानिस शक्तिशाली देवता र दैविकशक्तिसँग संबन्धित रहेको भन्दै ईश्वरप्रति मानवीय निर्भरतालाई महत्वकासाथ अघि बढाइयो । त्यति मात्रै नभएर धार्मिक मान्यतालाइ झनै मजवुत बनाइयो । यस धारणाको जगको रुपमा भने जिसस नै थिए ।
तर मध्यकालिन युगमा लेखिएका केही पुस्तकहरुको सन्र्दभ यहाँ प्रस्तुत गर्न सान्दर्भिक होला – Story of the Mongols, Book of Diversities / The Travels of sir John Mandeville.
अब थोरै कुरा कोलम्वसको, रेड इण्डियनका विषयमा बताउन सक्ने उनी नै पहिला ब्यक्ति थिए । उनले सन् १४९२ ताका नै निना , मिण्टा र सान्ता मारिया जहाज चढेर उनको खोजको थप यात्रा प्रारम्भ गरेका थिए ।
सोह्रौं शताब्दीसम्म त फ्रेन्चहरु पनि अगाडी आइसकेका थिए ति मध्येका एक हुन माइकल डे -Michel de Montaigne,,१५५३–९२A.D._ उनको चर्चित निबन्ध Cannibals मार्फत उनले सांस्कृतिक प्रथाहरुले मानवीय जीवनलाई नियन्त्रण गर्छ भन्ने मान्यता अघि सारे ।
तर सत्रौं शताब्दीमा आएर विश्वमा भएका घट्ना र वस्तुहरुलाई कारण र प्रभावका आधारमा विष्लेशण गर्ने अध्याय प्रारम्भ भयो । यस सिद्धान्तलाईफ्रान्सिस बेकन -Fransic Bacon,,१५६१–१६२६ A.D._ र रेने डेसकार्टीस १५९६–१६५०A.D.ले अघि बढाए ।
यसरी हामी हाम्रो समाजलाई कसरी अघि बढाउन सक्छौं भन्ने विभिन्न मान्यताको सेरोफेरोमा १८ औं शताब्दी जुन युगलाई युरोपेली बौद्धिक जागरणको अवधिका नामले पनि चिनिन्छ । सोही समय गियाम बाटिष्टा १६८८–१७४४ A.D.ले परिवर्तन एउटा नियमित प्रक्रिया भएकाले त्यसका पनि निश्चित नियम हुने चिन्तनलाई The New Science, 1725 मा विस्तृत रुपमा उजागर गरे ।
यसरी लगातारको खोज, अनुसन्धान र अध्ययनले विभिन्न चिन्तन र सिद्धान्तलाई स्थापित गर्दै विश्व समाज यहाँसम्म आइपुगेको छ । यसबीचका अर्का दार्शनिक ज्याक रुसों को योगदान पनि कम छैन् । उनको चिन्तन सँग अहिलेको समाज विज्ञान जोडिन्छ । त्यसयता चेतनाभित्र नै द्वन्द्व हुन्छ, त्यही द्वन्द्वले नै परिवर्तन गराउँछ भन्ने मान्यताका प्रवर्तक जर्ज विल्हेम फ्रेडरिक हेगेल -George Wilhelm Friedrich Hegel,१७७०–१८३१ A.D._ हुन् । उनले स्थापित गरेको अवधारणा Social Contract Theory को मूल आशय नै द्वन्द्व विकासको आधार हो भन्ने छ । पछि आएर कार्ल माक्र्स -Karl Marx,1818-1833_ले द्वन्द्वात्मक भौतिकवाद Dialectical Materialism प्रतिपादन गरे । एक सिधारेखाबाट निश्चित तहहरु पार गर्दै प्रगति सम्भव हुन्छ भन्ने मान्यताले २० औं शताब्दीलाई चिन्तन गर्न बाध्य तुल्यायो ।
आज हामी २१औं शताब्दीमा हाम्रो समाजको अवस्थालाई सहज रुपमा चित्रण गर्न सकिरहेका छैनौं । राजनीतिक र आर्थिक विषयहरु जहाँ पश्चिमी पूँजिवाद, उपनिवेशवाद र जातिवाद हावी छ । हामी हाम्रो समाज, संस्कृति, चिन्तन र व्यवहारमा भएको असमन्जस्यताबीच बाँचिरहेका छौं । अझै भनौं समाजमा एकआपसको विरोधी वर्गकाबीचको द्वन्द्वात्मक अवस्थाबाट गुज्रिरहेका छौं । यहाँको विद्यमान समस्या हरेक कुरामा राजनीतिकरण अनि त्यसमा मिसिएको अपराधीकरण हो । हामीकहाँ भ्रष्टाचार निकै उकालो लाग्दो अवस्थामा छ । सामाजिक द्वन्द्वका सूचकांक हाम्रा लागि हानिकारक हुन् ।
यदि हामी हाम्रो समाजलाई सही दिशामा लैजान चाहन्छौं र हाम्रा संस्कृति र परम्परालाई जोगाई राख्न चाहन्छौं भने यहाँको मानवशास्त्रको विकासलाई सही ढगंले अध्ययन अनुसन्धान गरी अघि बढाउन जरुरी छ । यति लेखीसकेपछी उत्तरआधुनिकतावादी मान्यतालाई आधार मानेर भन्नुपर्दा सिद्धान्त र व्यवहारीक जीवन दुई फरक कुरा हुन् । त्यसैले हाम्रो समाज जे जस्तो छ यसलाई कुनै सिद्धान्तले हुबहु प्रतिविम्वित गर्न सक्दैन्, भन्न सकिन्छ । यहाँ सकारात्मकवादको प्रभावलाई शंकाको सुविधा दिंदै वस्तुपरक ढगंबाट समाज र संस्कृतिको समय सापेक्षतालाई अवलम्बन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
नोटः सन्दर्भ श्रोत,The Origin Of the Family, Private Property and the state, -Engels Friedrich,1884.The development of French Anthropology. Journal of the History of the Behavioral Sciences by Donald Bender, People Centered Development in Nepal; An Innovative Approach. New Delhi: Ph.D. Dissertation Submitted to department of Delhi University, By Padam Lal Devkota, in 2000._