सीताराम नेपाल | साहित्य | मंसिर १३, २०७७
हानौँ कुचोले
फुटाल्ने छानि छानि
विकल्प त्यति
अनन्त यात्रा
झगडाको देखियो
मुहान मैलो
बाझ्दा बाझ्दै लौ
बिताए दिन बर्ष
मौका गुमाए
चट्टान पग्ल्यो
बर्षौँको कोशिशमा
पग्लेन मन
भो ऊ भुतुक्क
मनपरि हुन्न भन्दा
सामन्ती चेत
चपाइ राछ
खाएको हैन भन्दै
कस्तो फट्याइँ
थुतुने माते
मेरो शीरमा नाची
म पछारिएँ
मुखाले रैछ
रट्यो विकासे नारा
काम त सुन्ना
बनाए पानी
खूनपसिना सबै
शहिद रोए
नहानौ ढुङ्गा
शिशाको घरतिर
शिशाले लाग्ला