भाजपाद्वारा घोषणा पत्र जारी

भाजपाद्वारा घोषणा पत्र जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत २५, २०७५

भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतीय जनता पार्टीको घोषणा पत्र जारी गरेका छन् । 

उक्त कार्यक्रममा प्रधानमन्त्री मोदीले भाजपाको घोषणापत्र मुख्यतया राष्ट्रवाद, अन्त्योदय र सुशासन जस्ता तीनवटा कुरामा आधारित रहेर तयार पारिएको बताए । उनले राष्ट्रवादलाई प्रेरणा, अन्त्योदयलाई दर्शन र सुशासनलाई मंत्रको रुपमा लिइएको बताए ।   

भाजपाले आफ्नो घोषणा पत्रलाई ‘संकल्प पत्र’ भनेको छ । र घोषणा पत्रमा उसले राष्ट्रवाद भाजपा सरकारको प्राथमिकता रहेको पनि जनाएको छ । 

भाजपाको घोषणा पत्रमा रहेका मुख्य कुराहरु 

राष्ट्रीय सुरक्षा
आतंकवाद तथा उग्रवादको विरुद्ध शुन्य सहनशीलताको नीति अपनाउने साथै सुरक्षा निकायलाई थप मजबुत बनाइने छ । जसका लागि आधुनिक उपकरण तथा हात हतियारले सुसज्जित गरिने छ । पूर्वी राज्यमा अवैध घुसपैठ नियन्त्रणका लागि आवश्यक कदम उठाउने पनि घोषणा पत्रमा उल्लेख गरिएको छ । 

जम्मु कश्मीरमा सुरक्षाका लागि आवश्यक सबै कदम उठाउने तथा कश्मीरी पंडितहरुलाई पुनस्र्थापित गर्ने साथै धारा ३५ब् भेदभावपूर्ण रहेको र धारा ३७०को उसको अडानमा परिवर्तन नभएको पनि उल्लेख छ । 

अयोध्यामा राम मंदिर निर्माणका सम्बन्धमा संविधान अन्र्तगत रहेर हर–सम्भव प्रयास गरिने छ ।

कृषिको सम्बन्धमा घोषणापत्रमा प्रधानमंत्री किसान सम्मान निधि योजना लागु गरिने तथा साना किसानका हकमा ६० वर्ष पछि पेंसनको व्यवस्था गरिने साथै कृषिको उत्पादकत्व वृद्धिका लागि २५ लाख करोड रुपैयाँ कृषिमा लगानी गरिने पनि उल्लेख छ । 

आधारभूत संरचना र व्यापारको हकमा १०० लाख करोड लगानी गर्ने तथा १७५ गिगावट नवीकरणीय उर्जाको लक्ष्य हासिल गरिने छ । 

महिलाको हकमा संविधानमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिने तथा मुस्लिम महिलालाई तीन तलाकको अन्त्य गरि न्याय प्रदान गरिने छ । 

देशभर ७५ मेडिकल कलेज खोलिने छ भने १ः१४०० प्रशिक्षित डाक्टरको संख्या बनाइने छ । 

अन्य व्यवस्थामा भने साना पसलेहरुलाई पेंशनको व्यवस्था गरिने साथै गरीबीको रेखामुनिका जनताको प्रतिशत १० भन्दा कम गर्ने तथा प्रत्येक ५ किलोमिटरको दूरीमा बैंकको व्यवस्था गर्ने समेत उल्लेख छ । 

घोषणा पत्र बनाउनका लागि भाजपाले संकल्प पत्र समिति गठन गरेको थियो जसको अध्यक्षता गृहमन्त्री राजनाथ सिंहले गरेका थिए । 
एजेन्सीको सहयोगमा