भाइरसले गर्दा गंगाको पानी  कहिल्यै बिग्रदैन !

भाइरसले गर्दा गंगाको पानी  कहिल्यै बिग्रदैन !

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत २६, २०७५

गंगा नदीको पानीका विशेषताबारे प्रायः यस्ता कुरा सुन्न पाइन्छः गंगाको पानी बिग्रिदैन, त्यसमा किरा पर्दैन, त्यसबाट दुर्गन्ध आउँदैन, आदि आदि ।

गंगा नदीमा ढल मिसिएका छन, फोहोर तथा शव फाल्ने गरिएको छ तर पनि पानीको प्रभावकारितामा कुनै फरक पर्ने गरेको छैन् ।  

खासमा गंगाको पानी कहिल्यै नबिग्रिनुको कारण भाइरस हो ।

त्यसमा केही यस्ता भाइरस पाइन्छन् जसले पानीलाई बिग्रन दिदैनन् ।

करिब सवा सय वर्ष पहिलेको कुरा हो । सन् १८९० को दशकमा प्रसिद्ध ब्रिटिश वैज्ञानिक अर्नेष्ट ह्यान्किनले गंगा नदीको पानीबारे अनुसन्धान गरिरहेका थिए ।

त्यसबेला हैजाको महामारी फैलिएको थियो । मान्छेहरुले शव गंगा नदीमै फालिरहेका थिए ।

गंगा नदीमा नुहाउने मानिसहरु पनि हैजाको शिकार होलान् भन्ने डर ह्यान्किनमा थियो तर त्यस्तो भइरहेको थिएन ।

ह्यान्किन आश्चर्यमा थिए किनकि युरोपमा दूषित पानी खाँदा मान्छेहरु बिरामी पर्थे । तर गंगा नदीको पानीको प्रभाव देखेर उनी चकित थिए ।

गंगा नदीको पानीमाथिको ह्यान्किनको अनुसन्धानलाई २० वर्षपछि एक फ्रान्सेली वैज्ञानिकले अगाडि बढाए ।

ती वैज्ञानिकले थप अनुसन्धान गरेपछि गंगाको पानीमा पाइने भाइरसले हैजा फैलाउने ब्याक्टेरिया नष्ट गर्ने गरेको उनले पाए ।  

तिनै भाइरस गंगा नदीको पानीलाई शुद्ध बनाइराख्न जिम्मेवार थिए त्यसकारण गंगा नदीमा नुहाउनेहरुमा हैजाले असर गरेको थिएन । 

यसको अर्थ ब्याक्टेरियामाथि राज गर्ने यी भाइरस मानिसका लागि निकै सहयोगी साबित हुन सक्छन् ।

ती भाइरस निन्जा भाइरस भनेर चिनिन्छन् अर्थात् ती भाइरस जसले ब्याक्टेरियालाई नष्ट गरिदिन्छन् । 

आजभन्दा करिब १०० वर्ष पहिले चिकित्सा जगतमा एन्टिबायोटिकका कारण एउटा क्रान्ति भएको थियो  ।

चोटपटक, घाउ वा कतिपय रोगका कारण मरिरहेका मानिसहरुका लागि एन्टिबायोटिक वरदान साबित भएको थियो ।

एन्टिबायोटिकको मद्दतले कैयौँ रोगमाथि नियन्त्रण गर्न सकियो।

तर अहिले आएर कतिपय ब्याक्टेरियामाथि एन्टिबायोटिकले असर गर्न छाडिसकेको छ ।

विश्वका लाखौं मानिसले त्यस्ता ब्याक्टेरियाका कारण ज्यान गुमाउनु परिरहेको छ ।

सन् २०१४ को एउटा अध्ययन प्रतिवेदन अनुसार सन् २०५० सम्ममा एन्टिबायोटिकको असर यति कम भइसक्नेछ कि करिब एक करोड मानिस त्यस्ता ब्याक्टेरियाका कारण मृत्युको शिकार हुनेछन् ।

अहिले क्यान्सरका कारण त्यति संख्यामा मानिसले ज्यान गुमाउने गरेका छन् ।

यदि एन्टिबायोटिकको असर कम हुँदै गयो भने सामान्य चोटपटकबाट पनि मानिसहरुले ज्यान गुमाउन थाल्नेछन् जस्तो कि १८ औं र १९ औं शताब्दीमा हुने गर्दथ्यो ।

युद्धमा घाइते हुने धेरै मानिसको मृत्यु हुन थाल्नेछ ।

यस्तो अवस्थामा गंगा नदीमा पाइने भाइरसहरु काम लाग्न सक्छन् । त्यस्ता भाइरस प्रकृतिमा ठूलो संख्यामा पाइन्छन् ।

पृथ्वीमा जति मानव छन्, त्यति संख्यामा एक ग्राम माटोमा भाइरस पाइन्छन् । त्यसमध्ये कतिपय भाइरस यस्ता छन् जसले आक्रमण गरेर ब्याक्टेरियालाई नष्ट गरिदिन्छन् ।

तर यस्ता भाइरसले सबै प्रकारका ब्याक्टेरियालाई नष्ट गर्न चाँहि सक्ंदैनन् । तिनीहरुले खास किसिमका ब्याक्टेरियालाई मात्र नष्ट गर्ने गर्छ । 

यस्ता भाइरस मान्छेका लागि निकै उपयोगी साबित हुन सक्छन् । तिनीहरु एन्टिबायोटिकको विकल्प पनि हुन सक्छन् ।

न्युजिल्याण्डको म्यासी विश्वविद्यालयकी हिथर हेन्ड्रिक्शनले निन्जा भाइरसमाथि अनुसन्धान गरिरहेकी छन् ।
उनी भन्छिन, एन्टिबायोटिकको प्रतिरोध गर्ने ब्याक्टेरियाको खतरा बढ्दै गएको छ । हामी एन्टिबायोटिक आउनुअघिको समयतर्फ फर्किंदैछौँ ।

हेन्ड्रिक्शन थप्छिन्, यदि यस्तो अवस्थाबाट हामी जोगिनुछ भने निन्जा भाइरसमाथिको कामलाई अगाडि बढाउनुपर्छ ।

आफ्ना विद्यार्थीहरुसँग मिलेर उनले ब्याक्टेरियालाई नष्ट पार्ने भाइरसको सूची तयार पारिरहेकी छन्।

यी भाइरस निकै साधारण हुन्छन् जो मात्र प्रोटिनबाट बनेका हुन्छन् ।

जब ती भाइरसले ब्याक्टेरियामाथि आक्रमण गर्छन् तब तिनीहरुका डीएनए सखाप पारिदिन्छन् र आफ्नो संख्या बढाउन थाल्छन् ।

अन्ततः ब्याक्टेरियामा विस्फोट भएर तिनीहरुको अन्त्य हुन्छ। त्यस्ता भाइरसले ब्याक्टेरियाका खास नस्ललाई निशाना बनाउँछन् ।

जबकि एन्टिबायोटिक अणु बम जस्तै हो । त्यसले निशाना बनाउने ब्याक्टेरिया एन्टिबायोटिकबाटै मर्छन् ।

हाम्रो शरीरभित्र हुने केही राम्रा कीटाणु पनि एन्टिबायोटिकबाट मर्न पुग्छन् । तर निन्जा भाइरसले रोग फैलाउने ब्याक्टेरियालाई मात्रै नष्ट पार्नेछन्।

उसो त पश्चिमा मुलुकमा त्यसमाथि भइरहेका अनुसन्धान नयाँ हुन् तर पूर्वी युरोपेली देशले लामो समयदेखि भाइरसको सहयोगले कतिपय रोगहरुको उपचार गर्दै आएका छन् ।
उनीहरुका अनुसन्धान अंग्रेजीमा नछापिएकाले बाँकी दुनियाँलाई त्यसबारे थाहा हुनसकेको थिएन ।

हेन्ड्रिक्शन भन्छिन, जर्जिया, रुस र पोल्याण्डमा वैज्ञानिकहरुले त्यस्ता भाइरसमाथि धेरै अनुसन्धान गरेका छन् जुन भाइरसले ब्याक्टेरियालाई नष्ट गरिदिन्छन् ।

उनले पनि आफ्नो प्रयोगशालामा त्यस्ता भाइरसको सूची तयार पारिरहेकी छन, जसले एन्टिबायोटिकको स्थान लिन सक्छन् ।

पछिल्लो समय कैयौँ देशमा यस्ता पट्टीहरु तयार गरिएका छन् जसमा निन्जा भाइरस हालिएका हुन्छन् । ती भाइरसले घाउ पुर्न सघाइरहेको वा नरहेको हेरिँदैछ ।

हेन्ड्रिक्शनका अनुसार पहाड चढ्ने क्रममा घुँडामा चोट लागेको अल्फ्रेड गर्टलर नाम गरेका एक व्यक्तिको घाउ कुनै पनि एन्टिबायोटिकले निको भइरहेको थिएन् ।
उनको खुट्टा नै काट्नुपर्ने एक मात्र विकल्प रहेको बताइँदै थियो ।

त्यसपछि परीक्षण गर्ने हिसाबले उनको घाउमा निन्जा भाइरसको प्रयोग गरियो र १० दिनपछि घाउ निको भयो ।

अर्थात् अब ब्याक्टेरियालाई भाइरसले नष्ट पार्नेछन् ।