सुमन थापा 'सङ्गम' | साहित्य | मंसिर २०, २०७७
किन बग्छन् आँसुहरु उही उस्तै बाटो
पाइतालाले बिर्सेछ कि आफ्नै टेक्ने माटो
भत्किएर मनका भित्ता पहिरो बनी झर्छ
जहाँ टेकुं उस्तै लाग्छ बगर मात्रै पर्छ
चर्किएका अधरहरू बोझ नहोस् भन्छु
परेलिमै बसोस आँसु नझरोस् भो भन्छु
झर्छन् सधैं आँसुहरू उही उस्तै बाटो
पाइतलाले बिर्सेछ कि आफ्नै टेक्ने माटो
खेल जस्तै ठान्यौ माया लत्याएर हिंड्यौ
नफुल्दैका फुलका डाली लछारेर हिड्यौ
भत्काएर मनको बाँध चोटहरू दियौ
टेकि हिड्ने भिरको बाटो सबै भत्काई गयौ
हिड्छन् किन आँसुहरू उही उस्तै बाटो
पाइतलाले बिर्सेछ कि आफ्नै टेक्ने माटो ।