सन्तोष थेबे | साहित्य | मंसिर २०, २०७७
सुदूर समुद्र किनार
समाउँदै
साँझ यतैकतै बास
बसिसकेको छ।
प्रयास त गरेकै हुन्
तर किट्पतङ्गहरुले
मलाई
दिनको उज्यालोमा
गर्भधारण गर्न सकेनन् ।
अब तिमिले एउटा वेगले
मलाई
वैंसको हाँगा लतारेझैं
लतार्नुछ।
मलाई अँध्यारै अँध्यारो
हिँडेर
स्मृतिको एकलास गल्ली
हुँदै,
मेरो सालनाल गाडिएको
ठाउँसम्म पुग्नुछ।
यो त एक बहानामात्र हो,
खासमा मलाई तिमिले
अनाहकमा कैयौंचोटि
प्रहार गरेको...तिम्रो
पुरुषार्थको अन्तिम
परिक्षण गर्नुछ .....!