लोकसंवाद संवाददाता | समाचार | चैत २७, २०७५
काठमाडौं । ‘ब्रुमरले बढारेको सडक रे, सास फेर्नै गाह्रो हुने गरी धुलो उडिरहेको छ, उफ !’ सोमबार दिउँसो सुन्धारामा हिँडिरहेकी रुक्मिणा केसी भनिरहेकी थिइन् । मास्क र चस्मा लगाएर हिँडिरहेकी उनी काठमाडौँ मल अगाडि उडेको धुलो हेर्दैै निराशा र आक्रोश पोखिरहेकी थिइन् ।
१२ चैतबाट काठमाडौँ महानगरपालिकाले पाँच ब्रुमरमार्फत सडक सफा गरिरहेको छ । केही ठाउँमा धुलो कम पनि भएको छ भने केही ठाउँको अवस्था पहिलेको जस्तै छ ।
विशेषगरी, निर्माण कार्य भइरहेका स्थान आसपासका सडकमा घुलो नघटेको समाचार नयाँ पत्रिका दैनिकमा छ ।