६४ वर्षपछि उचाइ नाप्न सगरमाथाको टुप्पोमा जाँदै सरकारी टोली

६४ वर्षपछि उचाइ नाप्न सगरमाथाको टुप्पोमा जाँदै सरकारी टोली
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत २७, २०७५

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदै छ ।

नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चार जनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए । 

चार जनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानेछन् । गौतमले सन् २०११ मा निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्य भई सगरमाथाको आरोहण गरिसकेका छन् । सुरजसिंह भण्डारी र युवराज धिताल भने सगरमाथा आधार शिविरमै बस्ने संयोजक डंगोलले जानकारी दिए ।

यसअघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको समाचार नयाँ पत्रिकामा दिवाकर पन्तले लेखेका छन् ।